पद जोगाउन सर्वेन्द्र खनाल शक्तिकेन्द्रतिर

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल प्रहरीका महानिरिक्षकको विकल्पको खोजी भएको छ । वर्तमान महानिरिक्षक सर्वोन्द्रनाथ खनालको कार्यशैली र संगठन सञ्चालनमा देखिएको अक्षमतालाई लिएर बालुवाटारले विकल्पको खोजी सुरु गरेको बताइन्छ । बालुवाटारको यो सोच बुझेकै कारण नेकपा अध्यक्ष प्रचण्डले खनाललाई राजनीनामा दिन सुझाव दिनुभएको छ ।

 

दलभित्र सरकार सञ्चालन, शन्ति सुरक्षालगायतका विषयमा पार्टी र सरकार दुबै आफ्नै कार्यकर्ताको घेराउमा पार्न थालेको पाएपछि प्रचण्डले पार्टी र सरकारको बचाउको उपायका रुपमा खनाललाई पदबाट राजीनामा गराएर तत्कालको लागि कार्यकर्ता र विपक्षीसमेतको आक्रमणबाटक बच्ने सूत्रको रुपमा बुझिएको छ । 

 

विगतमा महानिरिक्षक पदका लागि प्रम केपी ओली पुष्कर कार्कीका पक्षमा रहनुभएको र सिंगो एमाले पक्षका नेतासमेत कार्कीकै पक्षमा लबिङ गरेको अवस्थामा प्रचण्डकै अडानका कारण खनाल महानिरिक्षकको कुर्सीमा आसीन हुन पाउनुभएको थियो । प्रचण्डकै अडानका कारण तीनपटकसम्म मन्त्रिपरिषद् बैठकले महानिरिक्षकको नियुक्तिका विषयमा निर्णय लिन सकेको थिएन । 

 

प्रचण्डले नवराज सिलवाल प्रकरणले उठाएको राजनैतिक तनावको विगतको दृष्टान्त देखाउँदै वरिष्ठताका आधारमा सरकारले निर्णय लिनुपर्ने अडान राखेकै कारणले खनाल उक्त पदमा पुग्नुभएको थियो । प्रचण्डले त्यतिबेला, अहिले खनाललाई बनाअ‍ैं पछि देखा जाएगा भन्दै ओलीलाई सम्झाउनुभएको थियो । अहिले ओलीले प्रचण्डलाई यसैमा पक्रेर खनाललाई राजीनामा गराउने नत्र सरकारले निर्मला पन्त प्रकरणसँग जोडेर अक्षमताको आरोपसहित पदबाटै बर्खास्त गर्ने बताएपछि प्रचण्डले खनाललाई राजीनामाका लागि सम्झाउन खुमलटार बोलाएको समाचारस्रोतको दावी छ । ओलीको ‘गुडबुक’मा नपरेको कारणले नै २०७४ चैत्र २७ गतेको मन्त्रिपरिषद्को दोस्रो बैठकबाट महानिरीक्षक बन्नुभएका खनालले राज्यकै प्रमुख कार्यकारी प्रमसँग साढे आठ महिना बित्दासमेत एक्लै भेट गर्न पाउनुभएको छैन । आजको विमर्श साप्ताहिकबाट ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 6 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 6 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 6 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।