कोरोना संक्रमण देखिएका काँग्रेस महामन्त्री कोइरालालाई निमोनिया, आइसियुमा राखेर उपचार हुँदै

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोेभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

 

उनका अनुसार महामन्त्री डा कोइरालाको अहिले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार भइरहेको छ । “अस्पताल आएदेखि नै हामीले आइसियुमा राखेर उपचार गरिरहेका छौँ”, उनले भने, “अहिले उनको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।” उनका अनुसार महामन्त्री डा कोइरालालाई निमोनिया भएको छ । 

 

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा विश्वनाथ कोइरालाको नेतृत्वमा डा सुवोधसागर ढकाल र डा प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ । उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

विप्लवका दाइलाई चन्द्रबहादुरलाई कोरोना पुष्टि

  • 1 minute ago
विप्लवका दाइलाई चन्द्रबहादुरलाई कोरोना पुष्टि

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’का दाई चन्द्रबहादुर चन्द ‘वीरजंग’लाई कोरोना पुष्टि भएको छ । विप्लव समूहका केन्द्रीय सदस्य एवं मध्यपश्चिम कमाण

जया बच्चन, ऋतिकमात्र नभई यी कलाकारहरुसँग पनि कंगनाको राम्रो सम्बन्ध छैन

  • 16 minutes ago
जया बच्चन, ऋतिकमात्र नभई यी कलाकारहरुसँग पनि कंगनाको राम्रो सम्बन्ध छैन

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रनावत । उनी लामो समयदेखि आफ्नो बयानका कारण लगातार विवादमा पनि उत्तिकै रहेकी छन् । उनले बलिउडका चर्चित कलाकार तथा फिल्म निर्माताहरुलाई कडा शब्दमा बयान दिदै

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

  • 40 minutes ago
ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले सिन्धुपाल्चोकको गोरथली र झापाको ज्यामिरगढीमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप २ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग स



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।