रुसमा क्षेप्यास्त्र परीक्षण गर्दा दुर्घटना भएपछि...

एजेन्सी । रुसको उत्तरी ध्रुवीय क्षेप्यास्त्र परीक्षण स्थलमा बिस्फोट हुँदा पाँच जना कर्मचारीको मृत्यु भएको रुसी आणविक विभाग (रोसाटोम)ले शनिबार जनाएको छ । 

 

तरल इन्धन सञ्चालित रकेट इन्जिनको परीक्षणका क्रममा बिहीबार उक्त दुर्घटना भएको थियो । यो घटना रुसको दुर्गम अर्खानजेलेस्क क्षेत्रमा भएको थियो । रोसाटोमले जारी गरेको वक्तव्यमा आफ्ना पाँच जना कर्मचारीको मृत्यु भएको र अरु तीन जना घाइते भएको उल्लेख छ ।

 

स्थानीयबासीले आणविक विकिरणको सम्भावना रहेको भन्दै सरकार र स्थानीय प्रशासन समक्ष सचेतता अपनाउन आग्रह गरेका थिए । तर रोसाटोमले आणविक चुहावटको सम्भावना नरहेको स्पष्ट गरेको छ ।

 

रुसी पनडुब्बीमा प्रयोग हुने आणविक क्षेप्यास्त्रको परीक्षण स्थलमै दुर्घटना भएकाले यसको प्रभाव स्थानीयबासीमा पर्न सक्ने बताइएको छ । स्थानीय सञ्चार माध्यमले स्थानीय शहरमा आणविक विकिरणको स्तर बढेको समाचार दिएका छन् ।

 

रोसाटोमले मृत्यु भएका र घाइतेहरुको शरीर परीक्षण र उपचारका लागि राजधानी मस्को ल्याइएको जनाएको छ । घाइतेहरुको विशिष्टीकृत मेडिकल सेन्टरमा उपचार भइरहेको रोसाटोमले बताएको छ । 

 


थप समाचार

प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

  • 15 seconds ago
प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

काठमाडौँ । अभिनेत्री पुजा शर्माप्रति टेलिभिजन कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीले गरेको टिप्पणीको व्यापक आलोचना भएपछि उनले माफी मागेका छन्।

धनगढीमाई नगरपालिका ‘लकडाउन’

  • 51 seconds ago
धनगढीमाई नगरपालिका ‘लकडाउन’

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ ।

वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

  • 15 minutes ago
वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । नारायणी कोरोना विशेष अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । मृत्यु भएकी ४५ वर्षीया महिला कोरोना संक्रमित रहेको पुष्टि भएको छ



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।