शनिबारका दिन भुलेर पनि गर्नै नहुने यी काम !

काठमाडौं । आज वि.सं.२०७६ साल साउन २५ गते, शनिबार । ईश्वी सन् २०१९ अगष्ट १० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण शुक्लपक्ष । काठमाडौंमा सूर्योदय ०५ बजेर ३१ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ४४ मिनेट । 

 

शनिबारलाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ । शनिबार गरेका धार्मिक कार्यको फल तत्काल मिल्ने मानिन्छ । तर शनिबार केही काम गर्न भने निषेध गरिएको छ । 

 

यहाँ शनिबार गर्न नहुने केही कामको बारेमा चर्चा गरिएको छः

 

– भारी कपडा धुनु र फोहोर हुँदैनः शनिबारको दिन भारी कपडा धुनु राम्रो मानिँदैन । शनिबार को दिन ठूला–ठूला कपडा धुँदा अशुभ हुने मानिन्छ । शनिबार घरमा भएको फोहोर बाहिर फाल्नु पनि नराम्रो मानिन्छ । शनिबार  घरमा भएको फोहोर बाहिर फाल्दा अशुभ हुने मानिन्छ । घरको सरसफाइ सकेसम्म शनिबार नगर्नु नै राम्रो हुन्छ ।

 

– कपाल नुहाउनु हूँदैनः शास्त्रमा शनिबार कपाल नुहाउन नहुने उल्लेख छ । खासगरी महिलाहरुले शनिबार कपाल नुहाउनु अशुभ मानिन्छ । महिलाको जन्मकुण्डलीमा वृहस्पति पतिकोरुपमा रहने हुँदा यो दिन कपाल नुहाउनु नराम्रो मानिन्छ । शनिबार कपाल नुहाउँदा पति र सन्तानलाई अशुभ हुने शास्त्रमा उल्लेख छ ।

 

– रौं काट्नु हुँदैनः शनिबारको दिन कपाल वा दारी काट्नु अशुभ मानिएको छ । वृहस्पतिलाई जीवन भनिएको छ । शनिबार रौं काट्दा गुरु ग्रह कमजोर हुने भनिन्छ । यसो गर्दा शिरमा असर गर्ने र उमेर समेत कम हुने शास्त्रमा उल्लेख छ ।

 

– दारी काट्ने वा नङ काट्नेः शनिबार नङ काट्नु र दारी काट्नु अशुभ मानिन्छ । यस्ता कार्य विहीबार गर्दा जागिरमा समस्या हुने र पदोनन्ती हुनुको साटो घटुवा हुने समेत सम्भावना हुने शास्त्रमा उल्लेख छ ।

 


थप समाचार

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

  • 11 minutes ago
फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौं । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।

प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

  • 28 minutes ago
प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

काठमाडौँ । अभिनेत्री पुजा शर्माप्रति टेलिभिजन कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीले गरेको टिप्पणीको व्यापक आलोचना भएपछि उनले माफी मागेका छन्।

धनगढीमाई नगरपालिका ‘लकडाउन’

  • 28 minutes ago
धनगढीमाई नगरपालिका ‘लकडाउन’

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।