‘विश्वलाई नै आश्चर्य चकित पार्ने गरी विकास गरेको देश हो साउदी अरब'
- बुधबार, २५ भदौ, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । विश्वमा केही यस्ता देशहरु रहेका छन् जसले आश्चर्य चकित चमत्कार गरेका छन् । तीमध्येको एउटा देश साउदी अरब हो । यो देशमा नदी नै छैन । तर, मरभुमीलाई यसले उर्भरभुमी बनाउन सफल भयो । साउदी अरब मरुभूमिमा अवस्थित देश हो । जहाँ कुनै स्थायी नदी वा झरना छैनन् । देशमा पानी ज्यादै थोरै मात्रामा उपलब्ध छ भने धेरै नै महंगो पनि । देशमा पानीको प्रशोधनलाई लिएर कुनै प्रकारको बिकास छैन । तर पानीको माग लगातार बढीरहेको छ ।
आखिर कसरी पानीको यो कमी पुरा गर्दैछ साउदी अरब । अरबमा धेरै समस्याका बावजुत एक यस्तो नयाँ तरिका विकास गरिएको छ कि जसका कारण उनिहरु आफ्नो देशमा पानीको मागलाई पुरा गरिरहेका छन् ।
साउदी अरबको पानीको स्रोत भनेको अकवीफर्स हो । अकवीफर्समा पानीलाई जमिनमुनी भण्डार गरी त्यसलाई पानीको स्रोतका रुपमा प्रयोग गरिन्छ । सन् १९७० मा साउदी अरबले जल भण्डारणका लागि काम सुरु गरेको हो । अक्विफर्स निर्माणको काम अभियानका रुपमा देशमा सञ्चालन भए जसका कारण देशभर हजारौं अक्विफर्स बनाईएको छ । यसको प्रयोग शहरी तथा कृषि दुबै कार्यका लागि प्रयोग गरिएको छ ।
अरबमा खानेपानीको दोस्रो स्रोत भनेको समुद्र हो । समु्द्री पानीको पिउन लायक बनाउने प्रक्रियालाई डिसेलिनेशन भनिन्छ । साउदी अरबमा विश्वको डिसेलिनेसनेटेड पानीको सबैभन्दा ठूलो स्रोत छ ।
सेलिन वाटर कवर्जन कर्पोरेशन ९क्ध्ऋऋ० द्दठ डिसेलिनेसन स्टेशनको सञ्चालन गर्दछ । र यसबाट ३ मिलियन क्यूबिक मिटर पोटेवल पानी हरेक दिन निकालिन्छ । यो प्लान्ट सहरमा प्रयोग हुने ७० प्रतिशत पानीको पूर्ती गराउँदछ । साथै यसले उद्योग धन्दामा प्रयोग हुने पानीको अभावलाई पनि पुरा गर्छ । साउदीमा विद्युतीय उर्जा उत्पादनको पनि यो गतिलो स्रोत हो ।
अहिले समुद्रको पानीको नुनिलोपनाबाट मुक्त गर्ने प्रविधी अपनाउन धेरै महंगो छ । साथै यसको लागत १००० डलर प्रति फुट खर्च हुन जान्छ । डिसेलिनेशन प्रविधी विस्तारै विकसित हुँदै गईरहेको छ । विभिन्न देशका वैज्ञानिकहरु इसको समाधान खोज्न र यसलाई कम लागतवाला बनाउन कोशिसमा जुटेका छन् । र विस्तारै यसको लागत कम पनि हुँदै गईरहेको छ ।
डिसेलिनेशटेड (अ–लवणकृत) पानीको सबैभन्दा धेरै प्रयोग कर्ता साउदी अरब, कुवेत, संयुक्त अरब इमिरेट्स् कतार बहराइन आदि देशहरु छन् । यि देशहरु यस प्रकारको पानीको ७० प्रतिशत उपयोग गर्दछन् । उत्तरी अफ्रिका –लिबिया र अल्जेरिया) यस्तो पानी पुरै विश्वको उत्पादनको ६ प्रतिशत मात्र प्रयोग गर्दछन् ।
देशमा पानी प्रशोधन गरेर पनि त्यसको ठूलो मात्रामा प्रयोग गर्ने गरिएको छ । कमसेकम शहरी र घरेलु प्रयोगमा ४० प्रतिशत पानी प्रयोग होस् भन्ने साउदीको कोशिस रहेको छ । यहि कोशिशमा रियाद, जेहाद र अन्य ठूला औधोगिक केन्द्रमा रिसाइकल प्लान्ट तयार गरिएको छ । रिसाइकल पानी सिंचाईं र शहरका पार्कमा पनि प्रयोग गर्ने गरिएको छ ।



ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलायो, सन्दीप लामिछाने परेनन्
- 17 minutes ago

नेपाल क्रिकेट संघ (क्यान)ले लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले शुक्रबार नेपाल–नामीबिया र स्कटल्याण्डबीचको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडील
माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने
- 28 minutes ago

काठमाडौँ। बिहीबारदेखि सुरु भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू नेकपा एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भ
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुने
- 53 minutes ago
काठमाडौँ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ। राष्ट्रियसभाको शुक्रबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाको उपाध्यक्षको निर्वाचन माघ २३ गते सोमबार बिहान ११ बजेर
पर्यटन
जहाज दुर्घटनापछि सुस्तायो पोखराको पर्यटन

पोखरा। माघ १ गते पोखराको सेतीखोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ। अङ्गेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो।
जीवनशैली
साउना, स्टिम र जाकुजी लिने बढ्दै, शरीरलाई आनन्द र तनावमुक्त राख्ने

आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।