गृहपृष्ठ ∕
राजनीति ∕
विद्या भण्डारी देखाएर एमालेमा समस्या ल्याउने प्रयास हुँदै छः ओली विद्या भण्डारी देखाएर एमालेमा समस्या ल्याउने प्रयास हुँदै छः ओली
काठमाडौँ। प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र समस्या ल्याउन सकिन्छ कि भनेर कोसिस भइरहेको टिप्पणी गरेका छन्। आइतबार पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा ल्याउने प्रयास भइरहेकोबारे सञ्चारकर्मीको जिज्ञासामा ओलीले पार्टीमा समस्या ल्याउन त्यस्तो बताएका हुन्। उनले भण्डारी पार्टीका सबै नेताहरुको आदरणीय व्यक्तित्व भएको समेत बताए।
‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरुको राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि हुनुहुन्छ। त्योभन्दा अघि हाम्रो नजिकको मित्र हो नि,’ ओलीले भने, ‘हाम्रो पार्टीको उपाध्यक्ष नै हो नि। हाम्रो पार्टीको आदरणीय व्यक्ति नै हो नि।’
पार्टीका नेताहरुले भण्डारीलाई भेट्नु नौलो कुरा नभएको ओलीको भनाइ छ। उनले भेटेका कुरालाई मलजल नगर्न आग्रह समेत गरे।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।
इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम– २ मा बैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भएका छन्
काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।
काठमाडौँ । गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७
राँझा (बाँके) । रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको
काठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको