यी ५ देश जहाँ साउदी अरबका मानिसलाई जान प्रतिबन्धित छन्
- शुक्रबार, ६ बैशाख, २०७६
- 3 years ago
- विचित्र विश्व

वर्तमान समयमा जति पनि मुस्लिम देशहरु रहेका छन् तीमध्ये साउदी अरबलाई सबैभन्दा प्रसिद्ध मानिन्छ । मुस्लिमहरुको पवित्र धार्मिक स्थल मक्का मदिना पनि यही देशमा भएको कारणले पनि चाहे हज होस् या उमराहको लागि पनि यो देश प्रसिद्ध छ ।
यसबाहेक पर्यटनको कारणले पनि यो देश चर्चित छ । हरेक वर्ष लाखौं पयर्टकहरु पुग्ने गरेका छन् तर, केही मामिलामा साउदी अरब पुरै विश्वमा बदनाम छ ।
उदाहरणको लागि यहाँको कडा र बर्बर कानुन व्यवस्था अथवा २२ फेब्रुअरी १९४८ को घटना जहाँ साउदी अरबले जेरुसेलममा बम आक्रमण गरेको थियो । उक्त आक्रमणमा परी ५० जनाको मृत्यु भएको थियो ।
आज हामी तपाईहरुलाई बताउन गइरहेका छौं कि ती ५ देशहरुका बारेमा जहाँ साउदी अरबका मानिसहरुलाई जानको लागि साउदी सरकारले नै रोक लगाएको छ ।
१. थाइल्याण्ड
विश्वकै उत्कृष्ट पर्यटकिय गन्तव्यको रुपमा थाइल्याण्ड चिनिन्छ । थाइल्याण्ड आफ्नो नाइट लाइफको लागि विश्वभरमा प्रसिद्ध रहेको छ । यसै कारणले यहाँ हरेक वर्ष करोडौं मानिसहरु घुम्न आउने गर्छन् ।
तर, तपाई यो कुरा सुनेर आश्चर्य चकित हुनुहुन्छ कि साउदी अरबका मानिसहरुलाई यस देशमा जान रोक लगाइएको छ । अब तपाई सोच्नुभइरहेको छ किन साउदी अरबको सरकारले मानिसहरुलाई थाइल्याण्ड जान रोक लगाइरहेको छ ?
केही वर्ष अघि साउदी अरबका केही कुटनीतिज्ञहरुको थाइल्याण्डमा हत्या भएको थियो । त्यसैको कारणले यो प्रतिबन्ध लगाइयो । यदि साउदी अरबको कुनै मानिस थाइल्याण्ड जान्छ भने उसमाथि तीन वर्षको भ्रमण प्रतिबन्ध र करिब तीन लाख रुपैंयाको जरिवाना लगाइन्छ ।
२. पाकिस्तान
साउदी अरबका मानिसहरुलाई पाकिस्तान जानको लागि सबैभन्दा पहिले साउदी सरकारसँग अनुमति लिनुपर्छ । किनभने पाकिस्तानको कमजोर सुरक्षा प्रवन्ध र तालिवानी गतिविधिहरुको कारणले यो देशमा जानको लागि साउदी अरबले प्रतिबन्ध लगाएको छ ।
३. इरान
जनवरी २०१६ मा इरान स्थित साउदी अरबको राजदुतावासमा इरानका मानिसहरुले हमला गरेका थिए यसपछि नै यी दुवै देशबिचको हरेक खालको कुटनीतिक सम्बन्धहरु तोडिएको छ । साथै साउदी सरकारले आफ्नो देशका नागरिकहरुलाई इरान जान प्रतिबन्ध लगाएको छ ।
४. इजरायल
बास्तवमा साउदी अरबले अहिले पनि इजरायललाई एक स्वतन्त्र र अलग देशको रुपमा स्विकार गर्दैन । यी दुई देश बिचमा कुनै पनि प्रकारको कुटनीतिक सम्बन्ध रहेको छैन । यसै कारणले साउदी अरबका मानिसहरुलाई इजरायल जाने अनुमति दिइँदैन ।
५. अफगानिस्तान
यो देशमा पनि पाकिस्तानमा जस्तै आतंकवादीहरुको संगठनहरु र तालिवानी लडाकुहरुको कारणले साउदी अरबका मानिसहरुलाई अफगानिस्तान जानको लागि भिषा मिल्दैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद फैसला
- 35 minutes ago

निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा न्यायाधीश सुमनकुमार न्यौपानेको मंगलबारको इजलासले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको
पिएसजीको मुख्य प्रशिक्षकमा गल्टियर नियुक्त
- 1 hour ago

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)ले मुख्य प्रशिक्षकमा क्रिस्टोफ गल्टियरलाई नियुक्त गरेको छ । पिएसजीले मंगलबार मौरिसियो पोचेटिनोलाई बर्खास्त गर्दै गल्टियरलाई मुख्य प्रशिक
सन्दीपले लंका प्रिमियर लिग खेल्ने
- 1 hour ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।