जसले बुबाको स्मृतिमा ६ करोड खर्चेर विद्यालय भवन बनाए

बलेवा । बागलुङ जिल्लाको अमलाचौरका दुई व्यवसायीले आफैँले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा रु छ करोड खर्चेर पक्की विद्यालय भवन निर्माण गरेका छन् ।

 

देशकै प्रतिष्ठित आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनका भाइ हेमराज ढकालले बागलुङ नगरपालिका–१२ को अमलाचौरमा रहेको पृथ्वी हीरण्य माध्यमिक विद्यालयमा करीब रु छ करोड २४ लाख खर्चेर विद्यालय भवन निर्माण गरेका हुन् । उनीहरुका बुबा स्व. समाजसेवी हीरण्यप्रसाद ढकालको स्मृतिमा अत्याधुनिक १४ कोठे भवन निर्माण भएको छ ।

 

दुई तले भवन निर्माणका लागि रु पाँच करोड २८ लाख र विद्यालय पसिरसमा पर्खाल, खेल मैदानलगायतका संरचना निर्माणको लागि बाँकी रकम खर्चेको विद्यालयका प्रधानाध्यापक प्रेमप्रसाद चापागाईंले बताए । भवनसँगै चारकोठे शौचालयसमेत निर्माण गरिएको छ । सुविधा सम्पन्न भवन निर्माणपछि शैक्षिक क्रियाकलाप सञ्चालनमा सहज भएको उनले बताए । तीन वर्ष पहिले निर्माण थालिएको भवन यसै महीना निर्माण सम्पन्न भएको हो ।

 

विद्यालय भवनको हस्तान्तरण सोमबार एक कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् । भवन हस्तान्तरणको लागि आज राष्ट्रपति बागलुङ आउने कार्यक्रम तय भएको बागलुङ नगरपालिका–१२ का वडाध्यक्ष गुरुदत्त पाठकले जानकारी दिए । 

 

सोही विद्यालयका विद्यार्थीको सक्रियतामा स्थापना गरिएको मल्टिमिडिया सेन्टरको उद्घाटन गर्ने कार्यक्रम पनि तय भएको विद्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रियसभाका सदस्य तथा सत्तारुढ दलका नेता दीनानाथ शर्मा, सांसदद्वय डा सूर्य पाठक र देवेन्द्र पौडेललगायत पनि सहभागि हुनुहुने कार्यक्रम रहेको छ ।

 

सांसद डा पाठकका अनुसार राष्ट्रपति भण्डारीले सोही दिन अमलाचौरस्थित भैरव मन्दिरको दर्शन गर्ने कार्यक्रम छ । यसैबीच, अमलाचौर स्कूल ‘अलुमनाइ’का अध्यक्ष डा हेमराज शर्माले पूर्वविद्यार्थी तथा गैरआवासीय नेपालीबाट सङ्कलित रु ५० लाखको अक्षयकोषको चेक राष्ट्रपति भण्डारीको उपस्थितिमा विद्यालयलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

  • 2 minutes ago
भुटानमा कोरोना संक्रमण, कति पुग्यो संक्रमितको संख्या ?

एजेन्सी । भुटानमा कोरोना संक्रमितको संख्या ३२७ पुगेको छ । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या ३२७ पुगेको हो । कुल कोरोना संक्रमितमध्ये ३०१ जना निको भएर घर फर्किएका छन् ।

युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

  • 10 minutes ago
युकेमा कोरोना कहर, यस्तो छ पछिल्लो रिपोर्ट

लण्डन । युकेमा कोरोना संक्रमण तीब्र रुपमा फैलिएको छ । कोरोना नियन्त्रणका लागि युके सरकारले हरसम्भव प्रयास पनि गरिराखेको छ । पछिल्लो २४ घण्टामा युकेमा १८ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

सुज्यानको इन्टाग्राम एकाउन्ट ह्याक भएकाे थियाे

  • 20 minutes ago
सुज्यानको इन्टाग्राम एकाउन्ट ह्याक भएकाे थियाे

एजेन्सी । बलिउड अभिनेत्री ऋतिक रोशनकी पुर्व पत्नी सुज्यान खानको इन्टाग्राम एकाउन्ट ह्याक भएको खबर बाहिर आएको छ । यसको जानकारी स्वयम सुज्यान खानले नै गरेकी हुन् ।



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।