प्रशान्त महासागरमा बिमान खस्यो

Global IME
Norvic Hospital

वेलिङ्टन, न्यूजिल्यान्ड । प्रशान्त महासागरको तटीय किनाराको झिलमा पपुआ न्यू गिनी -पिएनजी-को एउटा हवाइजहाज शुक्रबार दुर्घटनाग्रस्त भएको छ । माइक्रोनेसियाको हवाइ मैदानमा उत्रन लाग्दा पिएनजीको जहाज विमानस्थल नजिकको झिलमा खसेको थियो । 

 

पानीमाथि तैरिएको उक्त हवाइजहाजका यात्रुलाई स्थानीय डुङ्गाको सहयोगमा तत्कालै सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरुले बताएका छन् । विमानमा यात्रु र चालक दलका सदस्यसहित ४७ जना सवार थिए । 

 

विमानमा यात्रारत एकजना यात्रुले पानीमा डुब्दै गरेको जहाजभित्र पानी पस्न थालेपछि विमानका कर्मचारी र यात्रुहरु आपतकालीन ढोकाबाट बाहिर निस्केको बताए । 

 

स्थानीय डुङ्गाहरुले विमानमा रहेका सबै ४७ जनाको उद्धारका लागि सहयोग गरेका थिए । यो बिमान माइक्रोनेसियाली द्वीपको चूक आइल्यान्ड ९द्वीप० मा अवतरण गर्न लागेको थियो । 

 

बिमानका एक यात्रु बिल जेनेसले एयर न्यूजिनी बिमान धेरै तलबाट उडेको बताए । “मैले बिमान यति तलबाट उडेकामा आश्चर्य मान्दै थिएँ । पानीमा झर्नासाथ बिमानको माथिल्लो भागबाट पानी भित्र पस्न थालेको थियो ।” 

 

जेनेसले डुब्दै गरेको बिमानको आपतकालीन ढोकाबाट बाहिर निस्केर पानीमा हाम फालेको बताए । आफूलाई सामान्य चोट लागेको बताउँदै जेनेसले बिमानमा सवार पत्नी पनि चिच्याइरहेको जानकारी दिए । 

 

यो दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन । बिमान कम्पनीले हवाइजहाज बिमानस्थलमा उत्रनुअघि नै बिमान पानीमा झरेको जानकारी दिएको छ । जेनेसले धावनमार्गमा छोएर पानीमा झरेको बताए । 

 

उक्त हवाइजहाज ३० मिटरजति पानीमा डुबेको थियो । बिमान डुब्नुअघि सबै मानिसलाई उद्धार गरिएको थियो । 

सन् २००९ मा अमेरिकाको न्यूयोर्कमा पनि एउटा बिमान हड्सन नदीमा खसेको थियो, तर बिमानका यात्रुलाई हवाइजहाज डुब्नुअघि नै उद्धार गरिएको थियो । यो घटनालाई “हड्सनको चमत्कार” पनि भनिन्छ । 

 

बिमान कम्पनीका अनुसार बोइङ ७३७ बिमानमा ३५ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए । कम्पनीले बिमान अवतरण गर्नेक्रममा मौसम राम्रो नभएको, ठूलो पानी परेको र दृश्यता (भिजिबिलिटी) कम रहेको जनाएको छ । 

 

एयर न्यूगिनी पपुआ न्यू गिनीको राष्ट्रिय ध्वजाबाहक बिमान हो । यो कम्पनीले हालैका दिनहरुमा मनिला, सिड्नी र सिंगापुरमा पनि उडान गरिरहेको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

  • 37 minutes ago
रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्र

बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

  • 1 hour ago
बाघको आक्रमणबाट कञ्चनपुरकी एक महिलाको मृत्यु

कञ्चनपुर। बाघको आक्रमणबाट कञ्चनपुरको पुनर्वासकी एक महिलाको मृत्यु भएको छ। नेपाल–भारत सीमामा पर्ने भारतको दुधुवा नेशनल पार्कमा बाघको आक्रमणबाट पुनर्वासकी ३२ वर्षीया कलसा सार्कीको मृत्यु भएको हो।

नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

  • 1 hour ago
नेकपा ब्युँताउन प्रचण्डलाई माधव नेपालको प्रस्ताव

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्कालीन नेकपा ब्युँताउने प्रस्ताव राखे



पर्यटन

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

रानीपोखरी बिहान ६ देखि बेलुका ८ बसेसम्मका लागि खुला

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बिहान ६ देखि ८ बजेसम्मका लागि ऐतिहासिक रानीपोखरी सबैका लागि खुला गरेको छ। पुनःनिर्माणपछि रानीपोखरी पहिलोपटक सर्वसाधारणका लागि बिनाशुल्क खुला गरिएको हो। नगर प्रहरीले सरसफाइ गरेपछि एक साताअघिबाट सर्वसाधारणका लागि उक्त ऐतिहासिक पोखरी खुला गरिएको हो।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।