सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट पुरानो सुटकेस किन्दा...

प्रतिकात्मक तस्बिर

एजेन्सी । आजको समयमा इमान्दारिता कम नै भेटिन्छ । यदि तपाईको सामान हराएको छ या भुलबस छुटेको छ भने त्यसलाई कसैले फिर्ता गर्यो भने तपाईलाइ पक्कै खुसी मिल्छ ।

 

यस्तै अमेरिकाको एक घटनामा अचम्मको कुरा बाहिरिएको छ । सेन्ट्रल मिशिगन बस्दै आएका ५० वर्षीय हाबर्ड किर्बीले छुट्टै प्रकारको इमानदारिताको एक नमूना प्रस्तुत गरेका छन् ।

 

खासगरी उनले केही दिन पहिले एक सेकेन्ड ह्यान्ड शपिङ सेन्टरबाट एक पुरानो सुटकेस किनेका थिए । जब उनकी छोरीले उक्त सुटकेस खोलिन् तब उनीहरुको होस नै उड्यो । उक्त सुटकेसभित्र ४० लाख रुपैयाँ भन्दा बढी रकम थियो । मिडिया रिपोर्ट अनुसार सुरुमा परिवारलाई यति धेरै मोटो रकम देखेपछि त्यसलाई के गर्ने भनेर निर्णय लिन सकेनन् ।

 

हाबर्डले सोँचे कि उक्त पैसाले आफ्नो घरको ऋण तिरेर रिटायरमेन्ट लिएर राम्रो जीवन बिताउन सकिन्छ । उनले आफ्नो वकीललाई उक्त घटना सुनाए । वकीलले त्यो रकम आफूसँगै राख्न सल्लाह दिँदै त्यो रकमविरुद्ध कुनै कानुनी कारबाही नहुने पनि बताए । तर हाबर्डले त्यो पैसालाई उसको मालिकलाई फिर्ता गर्ने निस्कर्षमा पुगे ।

 

त्यसपछि सुटकेसलाई जहाँबाट किनेका थिए त्यहीँ लगे । जब त्यो सुटकेसको मुख्य मालिकको बारेमा खोज तलास भयो अन्तमा पत्ता लाग्यो कि उक्त सुटकेस न्युबेरीका एक परिवारको हो । उसको परिवारले पिताको निधन भएपछि सुटकेसलाई भित्र के रहेको छ भनेर खोजी नै गरेनन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आजै १२ औं पटक मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने ! सम्भावित मन्त्रीहरु को ?

  • 18 minutes ago
आजै १२ औं पटक मन्त्रिपरिषद् पुनर्गठन हुनसक्ने ! सम्भावित मन्त्रीहरु को ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १२ औँ पटक मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन् । आइतबार पेरिसडाँडामा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्ग

कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

  • 27 minutes ago
कोरोना संक्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु

बनेपा । कोरोना भाइरसको सङ्क्रमणबाट काभ्रेमा थप एक जनाको मृत्यु भएको छ ।

कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

  • 32 minutes ago
कोरोनामुक्त भएपछि समाजले हेर्ने दृष्टिकोण फरक

सर्लाही । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ ।



पर्यटन

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

तालपोखराका माछा अवलोकन गर्दै आन्तरिक पर्यटक

रामपुर । लामो समयपछिको बन्दाबन्दी खुकुलो भएपछि पर्यटकीय क्षेत्र पाल्पा रामपुरको तालपोखरामा रहेका माछा अवलोकन गर्दै आन्तरिक पर्यटकहरु । तस्वीरः सुशीला रेग्मी, रासस

जीवनशैली

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु

एजेन्सी–टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।