Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियगाजामा १ हजार मानिसलाई बन्धक बनाएका हमासका यी लडाकु इजरायली सेनाको कारबाहीमा मारिए

गाजामा १ हजार मानिसलाई बन्धक बनाएका हमासका यी लडाकु इजरायली सेनाको कारबाहीमा मारिए


एजेन्सी । इजरायली सेनाले गरेको हवाई हमलामा हमासका अर्का प्रमुख आतंकवादी मारिएका छन् । मारिएका हमास कमाण्डर उत्तरी गाजामा मानिसहरूलाई बन्धक बनाउन जिम्मेवार रहेको बताइएको छ ।

आईडीएफका अनुसार ती आतंककारीले गाजा स्ट्रिपको रान्तिसी अस्पतालमा एक हजार मानिसलाई बन्धक बनाएको थिए।

मिडिया रिपोर्टका अनुसार इजरायली सेना र वायु सेनाले एकैसाथ आक्रमण सुरु गरेका थिए। उक्त कारबाहीमा हमास कमाण्डर अहमद सियाम मारिएका थिए।

उनी हमास आतंकवादी संगठन नासेर रदवान कम्पनीका कमाण्डर थिए।

यसअघि हमासका अन्य कमाण्डर पनि इजरायली आक्रमणमा मारिएका छन् । इजरायली सेनाको कारबाहीमा हमासका करिब २००० आतङ्ककारीलाई मारिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

आक्रमणमा हमासका अधिकांश भूमिगत आधारहरू, प्रक्षेपण केन्द्रहरू र युद्ध भण्डारण केन्द्रहरू ध्वस्त भएका छन्।

इजरायली सेनाले उत्तरी गाजामा पनि भूमिगत कारबाही गरिरहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतले प्याज निर्यातमा लगायो अनिश्चितकालीन प्रतिबन्ध

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध अनिश्चितकालका लागि लम्ब्याएको छ । यस अघि भारतले मार्च ३१ सम्म प्याजको

आयरल्याण्डमा ३७ वर्षिय साइमन ह्यारिस प्रधानमन्त्री बन्ने निश्चित

लण्डन । आयरल्याण्डमा ३७ वर्षीय युवा नेता सिमोन ह्यारिस प्रधानमनत्री बन्ने भएका छन् । सत्तारुढ दल ‘फाइन गेल’को नयाँ नेता

मस्को आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो

काठमाडौँ । रुसको राजधानी मस्कोको मस्को कन्सर्ट हल आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ । बन्दुकधारीहरुको गोलावारीका क्रममा लागेको

दिल्लीका मुख्यमन्त्री केजरीवाल गिरफ्तार

काठमाडौँ । भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली रक्सीः घोटाला प्रकरणमा त्यहाँका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । उनी

भियतनामको कार्यवाहक राष्ट्रपतिमा जुआन नियुक्त

काठमाडौँ । भियतनामका उपराष्ट्रपति भो थि एन्ह जुआन कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् । भियतनामका राष्ट्रपति भो भान थुहाङले राजीनामा

इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३१ हजार ५५३ पुग्यो

एजेन्सी । इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या ३१ हजार ५५३ पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शनिवार जानकारी

Techie IT