तीन प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै सभापति देउवा
- सोमबार, ७ आषाढ, २०७८
- 1 year ago
- राजनीति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार पनि केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने तयारी गरेका छन् ।
देउवाले शनिबारदेखि प्रदेशअनुसार केन्द्रीय सदस्यलाई भेट गरेर आफू महाधिवेशनमा सभापति उठ्ने बताउँदै सहयोग गर्न भनेका छन् ।
देउवाले भदौमा हुने महाधिवेशनमा फेरि सभापति उठ्ने तयारीका बारेमा छलफल गर्न केन्द्रिय सदस्यहरुसँग परामर्श गर्न लागेका हुन् ।
देउवानिकट एक केन्द्रीय सदस्यले दिएको जानकारीअनुसार बुढानिलकण्ठमा बिहान ९ बजे देउवाले केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाइएको छ ।
आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका आफूनिकट केन्द्रीय सदस्यहरूसँग देउवाले कुराकानी गर्न लागेका छन् ।
आइतबार देउवाले बागमती र गण्डकी प्रदेशका आफूनिकट केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए भने शनिबार प्रदेश नम्बर १ र २ का केन्द्रीय सदस्यसँग कुराकानी गरेका थिए ।
पार्टी चलाएको र प्रधानमन्त्रीसमेत भएर अनुभव सँगालेको भन्दै देउवा पुनः एक कार्यकाल कांग्रेस नेतृत्वमा रहन चाहेका छन् ।
कांग्रेसले भदौ १६ देखि १९ सम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेपछि देउवाले सक्रियता बढाएका हुन् । यसपटक सभापतिमा देउवा समूहकै दुई जना नेताले दावी गरिरहेका छन्।
उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सभापतिमा दाबी गरेका छन्। उनीहरू लामो समयदेखि देउवालाई सघाउँदै आएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बागमती प्रदेश सरकारको बजेट बहुमतले पारित
- 3 minutes ago

हेटौँडा। बैठकले सरकारले ल्याएको ७० अर्ब रुपैयाँ भन्दा बढीको बजेट बहुमतले पारित गरेको हो। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेलले गत असार १ गते बुधबार प्रदेशसभ
आयल निगम व्यापारीको हातमा दिने तयारी भइरहेको छः रामचन्द्र पौडेल
- 15 minutes ago
काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौँ को आर्थिक चलखेर गरेर सरकारले नेपाल आयल निगमलाई पनि व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। उनले नेपाल आयल निग
नेप्सेमा उच्च अंकको वृद्धि
- 23 minutes ago
काठमाडौँ। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उच्च अंकले वृद्धि भएको छ। आज नेप्से ७४.९३ अंकले बढेर २ हजार ३७.६४ विन्दुमा पुगेको हो। बुधबार पनि नेप्से ४१.३९ अंकले बढेर १ हजार ९ सय ६२.७१ व
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।