स्थानीय तहसँग समन्वय गर्ने–मुख्यमन्त्री राई

तस्बिर : रासस

विराटनगर । प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले सञ्चालन गर्ने योजनामा स्थानीय तहसँग समन्वय गरेर अघि बढ्ने बताएका छन् । 

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आयोजित ‘प्रदेश समन्वय परिषद्को तेस्रो बैठक’ को आज समापन अवसरमा  उनले भने, “सङ्घीय सरकारको ठूला, प्रदेशको मझौला र स्थानीय तहको सानो योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ ।” 

 

मुख्यमन्त्री राईले अगामी हुने राष्ट्रिय जनगणना र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय तहले अहम भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं योजनाहरुको अनुगमन प्रभावकारी ढङ्गले गर्न एउटा सशक्त समिति बनाउने जानकारी दिए । 

 

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले राजश्वबिना सरकार सञ्चालन गर्न नसकिने हुँदा यसको दायरा फराकिलो पार्नुपर्नेमा जोड दिदैं स्थानीय तहले कानून बनाएर कर उठाउनुपर्ने सुझाव दिए । 

 

दुई दिने सो बैठकमा प्रदेशभरिका स्थानीय तहका अध्यक्ष एवं उपाध्यक्ष, जिल्ला समन्वय समितिका संयोजक र प्रशासकीय अधिकृतको सहभागिता थियो । 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 2 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 2 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।