बलिउडका ‘सेक्स स्क्याण्डलहरु’
- मंगलबार, १६ असोज, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउडमा चर्चा पाउन कहिलेकाही सेक्स स्क्याण्डलको समेत मदत लिने गर्छन् । तर, सबैमा भने त्यसो लागु हुदैन । केही सेलिब्रिटी भने स्टिङ अप्रेशनको सिकार भएका थिए भने कतिको एसएमएस भिडियो लिक भएको थियो ।
सेक्स स्क्याण्डल सार्वजनिक भएपछि कतिको करिअर धरापमा पर्यो भने कतिको अझै पनि बलिउडमा बलियो पकड रहेको छ ।
यस्ता सेक्स स्क्याण्डल बाहिर आएपछि बलिउडमा धेरै जना आश्चर्यमा परेका थिए । कति सोच्दै नसोचेका अभिनेता तथा निर्देशक समेत सेक्स स्क्याण्डलमा मुछिएका थिए ।
आउनुहोस हेरौ बलिउडका केही चर्चित सेक्स स्क्याण्डलहरुः
अस्मित पटेल र रिया सेन
बलिउडमा कन्ट्रोभर्सीको कुनै पनि कमी रहेको छैन । सन् २००५ मा अस्मित पटेल र रिया सेनको सेक्स स्क्याण्डलले ठुलो चर्चा पायो ।
इन्टरनेटमा उनीहरुको भिडियो भाइरल भएको थियो । ९० सेकेण्ड लामो उक्त भिडियोले बलिउडमा उनीहरुको करिअर झण्डझण्डै धरापमा पारेको थियो ।
बिपासा बासु र अमर सिंह
बिपासको जीवनमा पहिला आए डिनो मरिनो । त्यसपछि उनको जीवनमा आए जोन अब्रहाम । पुरुषहरुको कुनै कमी नरहेको बिपासको जीवनमा एउटा अनौठो स्क्याण्डलले ठुलो चर्चा पायो ।
राजनीतिज्ञ अमर सिंहको सेक्स सम्वादले ठुलो चर्चा पाएको थियो । पछि दुवैले यसबारे कुनै प्रतिक्रिया दिएनन् । सन् २०११ मा अमर सिंह र बिपासाले बलिउड तताउने काम गरेका थिए ।
अमन बर्मा
कुनै समयका चर्चित टिभी एंकर तथा मोडल तथा सानो तथा ठुलो पर्दामा राम्रो नाम कमाएका अमन बर्मा एकाएक चर्चामा आए ।
फिल्मको प्रर्दशन कुरेर बसेकी नव नायिकामाथि उनको सम्वादले ठुलो चर्चा पायो । उनमाथि गरिएको स्टिङ अप्रेशनले उनको सेक्स स्क्याण्डलको भण्डाफोर समेत गरेको थियो ।
मधुकर भण्डारकर
बलिउडका हस्तीहरु तब हेरेको हेर्यै भए जब बलिउडमा संधर्ष गरिरहेकी अभिनेत्री प्रिति जेनले उनीमाथि बलात्कारको आरोप लगाइन् ।
निर्देशक मधुर भण्डारकरले फिल्ममा काम लगाइ दिने आश्वसनमा आफुमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् ।
पायल रोहतगी र दिवाकर बेनजीर्
फिल्ममेकर दिवाकर बेनर्जीले रियल लाइफलाई फिल्ममा उतार्ने काम फिल्म लब सेक्स वर धोकामा गरेका थिए ।
तर, उनीमाथि नै रियल आरोप लागेपछि बलिउडमा उनको पायलको ठुलो स्क्याण्डल मच्चिएको थियो । पायलले आफुमाथि शारिरीक शोषण गरेको आरोप उनीमाथि लागेको थियो ।
आदित्य पन्चोली
एक्स्ट्रा मरिटल अफयेरमा चर्चा कमाउने अभिनेता हुन् आदित्य पन्चोली । पुजा बेदीकी १५ वर्षीय काम गर्ने नोकरानीलाई बलात्कार गरेको आरोप यी अभिनेतालाई लागेको थियो ।
पछि कंगना रणावतसँगको अफयेरले पनि आदित्य चर्चामा आएका थिए ।
सुभाष घाइ र मनिषा कोइराला
सन् १९९० को दशकमा मनिषा कोइरालाकी आमाले फिल्ममेकर सुभाष घाइ माथि शारिरीक रुपमा फाइदा लिन खोजेको आरोप बारम्बार लगाएकी थिइन् ।
तर, पछि यिनीहरुबिच प्याचअप भएको थियो । त्यस घटना पश्चात मनिषाले सुभाष घाइको फिल्ममा काम गरिनन् ।
ममता कुलकर्नी र राजकुमार सन्तोषी
कुनै समय बलिउडमा राज गरेकी ममता कुलकर्नीले निर्देशक राजकुमार सन्तोषीमाथि यौन शोषण गरेको आरोप लगाएकी थिइन् । उनले शारिरीक रुपमा फाइदा लिन खोजेको र विभिन्न बाहनामा यौन शोषण गर्न खोजेको आरोप लगाएकी थिइन् ।
स्वेता बसु प्रसाद
सेक्स र्याकेटमा पछिल्लो समय यी अभिनेत्रीको नामले सबैलाई आश्चर्यमा पारेको थियो । फिल्ममा काम पाउन छोडेपछि यौन धन्दालाई अगालेकी यी अभिनेत्रीको केही वर्ष अघि पर्दाफास भएको थियो ।
बलिउडका धनीमानी देखि व्यापारीसम्म सम्बन्ध बनाएको स्विकारेकी यी अभिनेत्रीलाई केही समय रिमाण्डमा राखी छोडिएको थियो ।
साहिद कपुर र करिना कपुर
सन् २००४ मा साहिद कपुर र करिना कपुरको एमएमएस भिडियो लिंक भएको थियो । उनीहरुको यस भिडियोले बलिउडमा तहल्का नै मच्चाएको थियो ।
बलिउडमा राम्रो करिअर स्थापित गरेका यी अभिनेता तथा अभिनेत्रीको यस भिडियोले धेरै समयसम्म चर्चा बटुलेको थियो ।
शक्ति कपुर
स्टिङ अप्रेशनको सिकार भए शक्ति कपुर । फिल्म खेलाउने आशमा मोडलहरुसँग शारिरीक सम्बन्ध बनाउने गरेको रहस्य बाहिर आएपछि शक्ति कपुरको भण्डाफोर भएको थियो ।
उनलाई एक युवतीसँग आपतिजनक अवस्थामा फेला पारिएको थियो । पछि युवतीले फिल्ममा काम गराइदिने आशमा शक्तिले सेक्स प्रस्ताव गरेको रहस्य खुलाएकी थिइन् ।
साइनी अहुजा
करिअरको उच्च बिन्दुमा रहेका साइन अहुजा आफ्नै घरमा काम गर्ने नोकरानीसँग सम्बन्ध बनाएका कारण जेल गएका थिए । उनलाई बलात्कारको मुद्धा लागेको थियो । साइनले अदालतमा आपसी समझदारीमा नोकरानीसँग सेक्स रिलेशन राखेको स्वीकारेका थिए ।
उनले विल पाउनका लागि नोकरानीको डाक्टर रिर्पोेटमा मध्यनजर गर्न समेत भनेका थिए ।
नोकरानीको शरिरमा कुनै घाउ खरोच नभएका कारण पनि सहमतिमा यौन सम्बन्ध रहेको उनको दाबी थियो ।
तर ललाई फकाई लोभ देखाएका कारण यौन सम्बन्ध गरेको र यो बलात्कार भएको भन्दै अदालतले उनलाई जेल सजाय सुनाएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
इयुद्वारा भूकम्प प्रभावित टर्किएका लागि ३६ उद्धार टोली परिचालन
- 12 seconds ago

काठमाडौँ । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा (बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका
गण्डकीमा स्वास्थ्य बीमा गर्ने आठ लाख
- 11 minutes ago

गण्डकी । गण्डकी प्रदेशमा आठ लाखभन्दा बढीले स्वास्थ्य बीमा गरेका छन् । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयका अनुसार हालसम्म आठ लाख छ हजार नौ सय ४१ जना स्वास्थ्य बीमामा आबद्ध भएका हुन् । बिमित परिवारको
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 27 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।