शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

  • मंगलबार, ११ कार्तिक, २०७७
  • 1 month ago
  • पर्यटन

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले  संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ । 

 

मकवानपुरका आठ गाउँपालिका, एक नगरपालिका र  एक उपमहानगरपालिका क्षेत्रमा बसोबास गरेका आदिवासी जनजातिको वेशभूषा, रीतिरिवाज, धर्मसंस्कृतिका झलक तथा उनीहरुले प्रयोगमा ल्याएका भाँडावर्तन र औजार संग्रहालयमा राखिने शहीद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर रानाले जानकारी दिए ।

  

स्मारक परिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गरी शहीदको जीवनी र तिनले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानबारेका सामग्री पनि राखिने छ । शहिद स्मारकमा एउटै ठूलो ढुङ्गामा कुँदिएको १२ शहीदको आकृति र  छुट्टै चिडियाघर पनि स्थापना गरिएको छ ।

 

स्मारकको उत्तररित प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनका नेता बिपी कोइराला, गणेशमान सिंह, पुष्पलाल,   मनमोहन अधिकारी र मदन भण्डारीको शालिक स्थापना गरिएको छ ।

 

स्मारक अहिले झोलुंगेपुल, थाहा स्तम्भ, बुद्ध प्रतिमा, मनमोहन उद्यान, पौडी पोखरी, वनभोजस्थललगायत एक सिंँगे गैँडाको प्रतिमा स्थापना गरी बाह्य र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको  समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले बताउनुभयो । स्मारकमा भारतका विभिन्न शहर तथा भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्सलगायत देशका पर्यटक पनि  अवलोकनका लागि आउने गरेका छन् ।

 

बन्दाबन्दी र निषेधाज्ञाका कारण स्मारकमा बाह्य एवम् आन्तरिक पर्यटक आउन नपाउँदा अहिले  समितिलाई आर्थिक संकट उत्पन्न भएको छ । त्यहाँ कार्यरत प्रशासनिक एवम् अन्य मजदूर, कर्मचारीलाई बडादशैँका अवसरमा पनि तलबभत्ता बाँड्न कठिनाइ उत्पन्न भएकाले अन्य स्रोतबाट रु ३० लाख ऋण लिई  वितरण गरिएको  न्यौपानेले राससलाई जानकारी दिए ।

 

 समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५÷०७६ मा बाह्य र आन्तरिक पर्यटक गरी चार लाख १० हजार पर्यटकले स्मारकको अवलोकन गरेको र त्यसबाट रु एक करोड २५ लाख आम्दानी गरिएको  छ ।  समितिलाई अझ प्रभावकारी रुपमा सञ्चालनमा ल्याउन परिसरभित्र आन्तरिक पर्यटन सूचना केन्द्र, तालीम कक्ष, अतिथि भवन आदि निर्माण गर्ने सोच पनि छ । 

 

सहिद स्मारक परिसरबाट उत्तरतर्फ रहेको पुण्य क्षेत्रको शक्तिपीठमा जान करीब दुई किलोमिटर सडक निर्माणका लागि प्रदेश सरकार, भौतिक पूर्वाधार  मन्त्रालय र  उपमहानगरपालिकालाई समितिका तर्फबाट पत्राचार गरिको छ ।  स्मारक भित्र हरियाली वातावरणलाई अझ संरक्षण गरी जिल्लाका अन्य क्षेत्रमा रहेका  पर्यटन स्थानको व्यवस्थापन गरी बाह्य पर्यटक भित्र्याउन  थानाभया¥याङदेखि भैरव डाँडाको मनमोहन भ्यु टावर र  स्मारक जोड्ने थप सडक निर्माणका लागि वाग्मती प्रदेश सरकारलाई आग्रह गरिएको छ  ।

 

तत्कालीन मकवानपुर जिल्ला विकास समिति र हेटौंँडा नगरपालिकाको पहलमा वडा नम्बर ११ नवलपुरमा विसं २०५० वैशाख १५ गते स्मारक स्थापना गरिएको थियो । तत्कालिन जिविस सभापति वीरबहादुर लामाले उक्त स्मारकको शिलान्यास गरेका थिए । तत्कालिन नेकपा(एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री मनमोहन अधिकारीले विसं २०५१  माघ १७ गते स्मारक उद्घाटन गरेका थिए ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले करीब डेढ वर्षअघि  समितिको परिसरमा स्थापित कोइराला, सिंह, पुष्पलाल र   अधिकारीको शालिक अनावरण गरेका थिए । हेटौंडा बजारबाट करीब चार  किलोमिटर उत्तरतर्फ  करीब २० हेक्टर क्षेत्रफल स्मारक क्षेत्रले ओगटेको बताइएको छ । स्मारकमा तत्कालीन स्थानीय विकास र शहरी विकास मन्त्रालय, तत्कालीन जिविस, हेटाँैंडा नगरपालिका, विभिन्न गैरसरकारी संघसंस्था तथा बाह्य दातृ संस्थाको प्रत्यक्ष सहयोगसमेत गरी करीब रु  २४ करोड अनुदान खर्च भइसकेको समितिले जनाएको छ । उक्त स्मारक विकास समितिमा हाल करीब ३० मजदूर र कर्मचारी कार्यरत  छन् ।  


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

  • 14 minutes ago
कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

एजेन्सी । कंगना रनौतको ट्विटर एकाउन्ट सस्पेनड गर्न मुम्बईको उच्च अदालतमा माग गरिएको छ। उच्च अदालतमा एउटा याचिका दायर गरिएको छ, जसमा भनिएको छ कि कंगना रनौतले आफ्नो ट्वीटरबाट देशभर घृणा र वितृष्णा फैलाउ

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

  • 15 minutes ago
मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फो

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 21 minutes ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।