गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताएका छन् ।

 

जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेपालले २०७९ असार १३ गते राजधानीमा आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर संवादमा महासचिव पोखरेलले आधुनिक नेपाल निर्माणका लागि जननेता भण्डारीको दृष्टिकोण मार्गदर्शक रहेको विचार व्यक्त गरे ।

 

‘दुनियाँमा दलहरूको संयुक्त आन्दोलनबाट व्यवस्था परिवर्तनका धेरै उदाहरण छन् तर दलहरूले संयुक्तरूपमा देश विकास गरेका उदाहरण भेटिँदैनन् भन्दै महासचिव पोखरेलले वर्तमान गठबन्धनबाट पनि विकास र समृद्धि सम्भव नभएको बताए ।  

 

उनले भने– देशको विकास र समृद्धिका लागि हामी एमालेलाई बलियो राष्ट्रिय पार्टीका रूपमा खडा गर्न चाहन्छौं ।

 

‘नेकपा (एमाले) का विरुद्ध चौतर्फी आक्रमण र घेराबन्दी हुँदा पनि भर्खर सम्पन्न स्थानीय तह निर्वाचनमा लोकप्रिय मतमा पहिलो पार्टीका रूपमा स्थापित हुन र अहिले पार्टीले जुन सामथ्र्य हासिल गरेको छ त्यसका लागि  जननेता भण्डारीको नवीनतम विचारले काम गरेको छ’ महासचिवले भने ।

 

महासचिव पोखरेलले संवैधानिक राजतन्त्रलाई सिद्धान्त मान्ने नेपाली काँग्रेसले आफ्नो मान्यता परित्याग  र सशस्त्र सङ्घर्षबाट मात्र व्यवस्था परिवर्तन सम्भव छ भन्ने माओवादीले आफ्नो कार्यदिशा बदल्न तयार भएपछि २०६२÷२०६३ को जनआन्दोलन सफल भएको र त्यसका पछाडिको वैचारिक आधार पनि जनताको बहुदलीय जनवाद रहेको धारणा राखे ।

 

जननेता भण्डारी कम्युनिष्ट आन्दोलनलाई दिशा प्रदान गर्ने नेता भएको विचार व्यक्त गर्दै महासचिव पोखरेलले भने– नेकपा (माओवादी केन्द्र) भण्डारीको बाटोमा हिड्दै छ तर भन्न सकिरहेको छैन ।

 

कम्युनिष्ट पार्टीहरूसँग सहकार्य गर्न नचाहने नेपाली काँग्रेससँग संयुक्त जनआन्दोलनका लागि क्रान्तिकारी स्वभावका नेता गणेशमान सिंहलाई सहमत गराउने, बाममोर्चा गठन गर्ने र त्यसमा अर्को कम्युनिष्ट पार्टीका पुराना नेतालाई नेतृत्व सुम्पने जस्ता जननेता भण्डारीका प्रभावकारी र सुझबुझपूर्ण कदमले नै २०४६ को जनआन्दोलन सफल भएको वताउँदै महासचिव पोखरेलले भने– जननेता भण्डारी नभएको भए पञ्चायत व्यवस्था अहिलेसम्म पनि रहनसक्थ्यो ।

 

महासचिवले भने– जननेता भण्डारीले पार्टीको पाँचौं महाधिवेशनमा धेरै र फरक फरक विचारहरू बहसका लागि प्रवेश गराई जनताको बहुदलीय जनवाद (जबज) पारित र स्थापित गर्ने काम गर्नुभयो ।

 

देशको राष्ट्रिय हितमा परराष्ट्र नीति हुनुपर्ने जननेता भण्डारीको दृष्टिकोण रहेको  स्मरण गर्दै महासचिव पोखरेलले भने– जननेता भण्डारीले विचार मिल्नेहरू तथा विकास र समृद्धिमा सहयोग गर्ने देशहरूसँग मित्रता हुनुपर्छ भन्नुहुन्थ्यो ।

 

अभिव्यक्ति स्वतन्त्रका सम्बन्धमा विचार प्रस्तुत गर्दै महासचिव पोखरेलले संविधानले अभिव्यक्ति स्वतन्त्रता प्रबद्र्धन गरेको र राजनीतिक दलहरूले पनि आफ्ना दस्तावेजमा प्रतिवद्धता जनाएका छन् तर सही नीति अगाडि सारेर मात्र पुग्दैन, कार्यान्वयनको पहलकदमी आवश्यक छ भने ।

 

महासचिव पोखरेलले भन्नुभयो– पत्रकारहरुले के छापिन्छ, के छापिँदैन भन्ने आधारमा ‘सेल्फसेन्सर’ गरी समाचार लेख्ने अवस्था छ किनकि त्यहाँ हाम्रा स्वार्थहरू गाँसिएका छन् र बोल्न सक्दैनौं ।

 

उनले कार्लमाक्सले भनेको ‘बर्ग उत्पीडनको अन्त्य भएपछि मात्र मानिस स्वतन्त्र हुन्छ’ भन्ने भनाइ राख्दै सञ्चारकर्मीको वर्तमान अवस्थाबारे बताएका थिए ।

 

कार्यक्रममा नेकपा (एमाले) प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विश्वमै कम्युनिष्ट व्यवस्था सङ्कटको अवस्थामा गुज्रिरहेको बेला जननेता भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट अगाडि बढाएको बताए ।

 

‘मदन भण्डारीले ४१ वर्षको युवा उमेरमै धेरै काम सम्पन्न गरेर हामीबाट विदा हुनुभयो,’ उनले भने, ‘पार्टी नेतृत्वमा उहाँ जम्माजम्मी चार वर्षमात्रै रहनुभयो । संसदीय राजनीतिमा उहाँ करीब दुई वर्ष मात्रै रहनुभयो । तर, उहाँले छोटो समयमै नेपालको कम्युनिष्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकर्षण गराउने काम गर्नुभयो ।’

 

छोटो समयमै नेपालको कम्युनिष्ट आन्दोलनलाई जनताका बीचमा स्थापित गराउने र झड्का दिने काम पनि मदनले गरेको रिजालले स्मरण गरे । 

 

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पनि सम्वोधन गरेका थिए । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

  • 1 hour ago
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्

देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

  • 1 hour ago
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा

कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने

  • 1 hour ago
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।



पर्यटन

‘जहाँ महादेव विराजमान रहन्छन्’

‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।

जीवनशैली

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”

विचित्र विश्व

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।