शेयर बजारमा झिनो अंकको सुधार

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार कारोवार मापक नेप्से परिसूचकमा आज भने झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.१३ बिन्दुले सुधार आई एक हजार २३३.८५ बिन्दुमा कायम भएको छ ।

 

यस्तै सेन्सेटिभ परिसूचक ०.१२ बिन्दुले बढेर २६७.७२ बिन्दुमा पुगेको छ । नेप्सेमा सामान्य सुधार भए पनि कारोवार रकममा भने सुधार देखिएको छैन । कूल १७१ कम्पनीको १८ लाख २१ हजार ८२२ कित्ता शेयर रु. ३१ करोड ४२ लाख २८ हजार ९२१ मूल्यमा खरीद बिक्री भए ।

 

स्टकका अनुसार कारोवार भएका १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ ०.४२, व्यापार ६.२५, जलविद्युत २.५२, निर्जीवन बीमा ३४.३२ र अन्य उपसमूह ०.८५ बिन्दुले घटेको छ । यस्तै होटल २०.५९, विकास बैंक ५.२१, वित्त २.९१, उत्पादन ८.१५, लघुवित्त ५.०५, जीवन बीमा १९.६१ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले बढेको छ ।

 

स्टकका अनुसार कारोवारका आधारमा रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु. दुई करोड ५९ लाख तीन हजार ४०० मूल्य बराबरको शेयर खरीद–बिक्री भए । यस्तै साञ्जेन जलविद्युत कम्पनी रु. एक करोड ४९ लाख ४२ हजार ३८०, प्रभुु बैंक रु. एक करोड ३८ लाख ४४ हजार ७१, मेघा बैंक लिमिटेड संस्थापक शेयर र एक करोड २६ लाख ९४ हजार, एनसिसी बैंक रु. एक करोड २४ लाख ९२ हजार ६६६ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

 

आज बढी कमाउनेमा नाडेप लघुवित्त वित्तीय संस्था ९.८९, बल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ९.०९, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ७.७३, जोशी हाइड्रोपावर ७.३५ र मिथिला लघुवित्त वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै, विशाल बजार कम्पनी ५.२६, एनआइबिएल प्रगति फण्ड ४.७२, एनआइबिएल समृद्धि फण्ड एक ३.९१, नेपाल एग्रो लघुवित्त वित्तीयी संस्था ३.३७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.३२ प्रतिशतले गुमाएका छन् ।


थप समाचार

उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

  • 12 minutes ago
उपत्यका प्रवेश गर्ने साँगा नाकामा कडाइ

काठमाडौं । विभिन्न जिल्लाबाट साँगा नाका हुँदै उपत्यका प्रवेश गर्न रोक लगाइएको छ । उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएपछि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरिएको हो ।

फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

  • 26 minutes ago
फुटबल खेलाडीको कोरोना परीक्षण आजदेखि

काठमाडौं । नेपाली राष्ट्रिय टोलीको पुरुष खेलाडीको कोरोना भाइरसको परीक्षण आजदेखि गरिने भएको छ । कोरोना परीक्षणको नतिजाका आधारमा उनीहरूलाई आगामी भदौ १ गतेदेखि थालिने प्रशिक्षणमा सहभागी गराइने छ ।

प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

  • 42 minutes ago
प्रकाश सुवेदीले अभिनेत्री पुजा शर्मासँग माफी मागे

काठमाडौँ । अभिनेत्री पुजा शर्माप्रति टेलिभिजन कार्यक्रममा चलचित्र पत्रकार प्रकाश सुवेदीले गरेको टिप्पणीको व्यापक आलोचना भएपछि उनले माफी मागेका छन्।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।