नेप्से परिसूचक ओरालो यात्रामा

सांकेतिक तस्वीर

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार कारोबार मापक नेप्से परिसूचक २.७८ अङ्कले घटेर एक हजार २३१.०७ मा पुगेको छ । 

 

त्यस्तै सेन्सेटिभ परिसूचक ०.५८ अङ्कले घटेर २६७.१४ मा पुगेको छ । स्टकका अनुसार आज कूल १६५ कम्पनीका १८ लाख ९६ लाख ४५४ कित्ता शेयर रु. ४८ करोड १६ लाख २९ हजार ७६० मा खरीद बिक्री भएको छ । कारोवार भएका कूल ११ मध्ये एक उपसमूहको शयेर मात्र बढेको छ ।

 

सामूहिक लगानी कोषको शेयर शुन्यमा रहँदा बैंकिङ १.३१, होटल २२.५२, विकास बैंक ७.२४, जलविद्युत १, वित्त २.३६, निर्जीवन बीमा ४.५१, उत्पादन ८.८१, अन्य ४.७७, लघुवित्त १.४२ र जीवन बीमा १९.४ अङ्कले घटेका छन् । 

 

कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको शेयर रु. १२ करोड ९६ लाख ७१ हजार २७ मा खरीद बिक्री भए । 

 

त्यस्तै लक्ष्मी बैंक रु. आठ करोड ६१ लाख एक हजार ४३०, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर रु. एक करोड ९१ लाख ८२ हजार ५००, नेपाल बैंक लिमिटेड रु. एक करोड ४५ लाख ६६ हजार ३६५ र रसुवागढी हाइड्रोपावर कम्पनीको शेयर रु. एक करोड ४३ लाख ४५ हजार ५७३ मा खरीद बिक्री भए ।

 

परिसूचक घटे पनि युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले ७.६२ प्रतिशतले कमाए । त्यस्तै वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ४.६३, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था ४.२२, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.४५ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.१७ प्रतिशतले कमाए । 

 

एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले ३.७२ प्रतिशतले गुमाउँदा प्रुडेन्सीयल इन्स्योरेन्स कम्पनी ३.४६, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ३.३७, पाँचथर पावर कम्पान्ट लिमिटेड ३.१७ र ज्योति विकास बैंक लिमिटेडका लगानीकर्ताले ३.१४ प्रतिशतले गुमाए ।


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 1 hour ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 1 hour ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 2 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।