सख्त बिरामी नवाज सरिफ थप उपचारका लागि लण्डन जाने

एजेन्सी । केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि (सोमबार) लण्डन जाने भएका छन् ।

 

सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो ।  

 

स्रोतले भनेको छ, “नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्नुहुने भएको छ ।” उनी यही नोभेम्बर २७ तारिखमा फर्किने समेत तय भएको स्रोतले जनाएको छ ।

 

प्रधानमन्त्रीका विशेष सहयोगी नइम उल हकले सरिफको स्वास्थ्य सम्बन्धी सम्पूर्ण विवरण सरकारले अध्ययन गरेर उनको अवस्था नाजुक रहेको निश्कर्ष निकालेको संचारकर्मीहरुलाई जानकारी दिए । 

 

उनले भने, “हरेक पाकिस्तानीले आफूले चाहेको ठाउँमा उपचार गर्न पाउनु उनीहरुको अधिकार हो, त्यसैले पूर्व प्रधानमन्त्री सरिफलाई पनि विदेश उपचारका लागि सरकारका तर्फबाट कुनै रोकतोक छैन ।”

 

उनका धेरै विषय अदालतको आदेशका आधारमा हुने भएकाले उहाँ कहिले जाने र कहिले आउने भन्ने कुरा पनि त्यसैमा निर्भर हुने नइमले बताए ।  

 

“पूर्व प्रधानमन्त्री सरिफलाई कति पटक र कति लामो समय उपचारका लागि विदेश जान दिने भन्ने कुरा अदालतले निर्णय गर्नेछ,” उनले पत्रकारहरुसँग भने । 

 

भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहनु भएका सरिफ कारागारमै बिरामी भएपछि अदालतकै आदेशमा उहाँलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । 

 

स्वदेशकै अस्पतालमा केही दिन उपचारपछि उनलाई केही दिनदेखि जाटी उम्र स्थित निवासमै राखेर उपचार गरिएको छ । निवासमा उपचारका लागि उहाँलाई चिकित्सकहरुको टोली र अति विशिष्ट कक्ष (आइसियु) को व्यवस्था गरिएको थियो । 

 

पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार ६९ वर्षीय सरिफसँगै उहाँका भाइ तथा पाकिस्तान मुस्लिम लिग—नवाजका अध्यक्ष शहवाज सरिफ जानेछन् ।  


थप समाचार

बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

  • 2 hours ago
बुद्धबारेको भारतीय अधिकारीको अभिव्यक्तिबारे कुरा गर्न सरकारसँग आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जना

नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

  • 2 hours ago
नेकपाका महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका अंगरक्षक कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । अंगरक्षक नै कोरोना संक्रमित भएपछि पौडेल आजदेखि आइसोलेसनमा बसेका छन्

नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

  • 2 hours ago
नेकपाका ६१ सांसदहरूले जनाए पार्टी एकताका लागि प्रतिवद्धता

काठमाडौं । सिंहदरवारमा पत्रकार सम्मेलन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ जना सांसदहरूले पार्टी फुट्न नदिने प्रतिवद्धता जनाएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।