टोखा नगरलाई सुशासानसहितको समृद्ध र सुन्दर नगर बनाउछुः शेखर श्रेष्ठ
- मंगलबार, २० बैशाख, २०७९
- 1 month ago
- राजनीति
- अन्तर्वार्ता

काठमाडौँ। बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा काठमाडौँमा रहेको टोखा नगरपालिकाको नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार शेखर श्रेष्ठ यति बेला चर्चामा रहेका छन्। उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो।
टोखा नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट माग्दै हिडिरहेका छन्। टोखाको समस्या नजिकबाट बुझेका र त्यसलाई समाधान गर्ने सक्ने क्षमता भएको कारण पनि उनी टोखा नगरबासीको आशाको केन्द्र बनेका हुन्। उनी टोखाका नगरको विकास र समृद्धिका लागि इमान्दार र निष्ठाको साथ काम गर्न प्रतिबद्ध रहेको बताएका छन्। उनी जनताको प्रतिक्रियाबाट उत्साहित भएका छन्। जनताको सेवामा आफु सधै लाग्ने स्पष्ट पारे। उनी आफुले बाँचा गरेका कुरा पुरा गर्ने बताए। बोलेर होइन काम गरेर देखाउँछु। एक मौका दिन मतदातालाई आग्रह गरेका छन्। मतदातालाई कहिले पछुतो हुन नदिने श्रेष्ठ बताउँछन्।
विभिन्न सामाजिक संस्थाहरुको सफलता पुर्वक नेतृत्व गरिसकेका श्रेष्ठले आफुले काम गर्ने योजनाहरु सार्वजनिक गरेका छन्। उनी राजनीतिलाई सेवाको रुपमा लिन्छन् र भन्छन् म जनताको सेवाको लागि आएको हो, म जनताको सेवक हुँ। उनले आफुले गर्ने कामलाई मुख्य रुपमा आठ कुरालाई उठाएको छन्। समावेशिता र उत्कृष्टताको सिद्धान्तलाई लागु गर्ने, समृद्ध र सुन्दर टोखा नगर सांस्कृतिक तथा कृषि पर्यटन, प्रकृतिमैत्री उद्योग, फोहोरको दीगो व्यवस्थापन, नदीहरुको सफाई, वृक्षारोपण तथा हरियाली पार्कहरु निर्माण गर्ने, शान्ति र सुरक्षा नगरको आकांक्षा सुरक्षा निकायहरुलाई सशक्त बनाउँदै टोल सुधार समितिहरुलाई संस्थागत गरी शान्ति र सुरक्षाकी लागि स्थानिय तहबाट नै सुधारका कार्यक्रमहरु लागु गर्ने रहेका छन्।
साथै सामुदायिक हितका कार्यक्रमहरुलाई प्राथमिकतामा राष्ट्रिय गौरवका कार्यक्रमहरु निर्माण गरी लागु गर्ने, सांस्कृतिक र मौलिक शहरको रुपमा परिचित गराउने सांस्कृतिक खोज तथा अनुसन्धान गरी विभिन्न माध्यमबाट यसको प्रचार प्रसार गर्ने, सांस्कृतिक पर्यटनको विकासलाई प्राथामिकतामा राखि काम गर्ने छन्।
त्यसका साथै सुशासनको प्रत्याभुति दिलाउने, पारदर्शीता, कानुनको पालना, शिध्र प्रतिक्रिया, सहमति, समावेशीकरण, स्रोत र साधानको सदुपयोग, उत्तरदायित्व, सहभागीताको सिद्धान्तलाई आत्मासात गरी कार्य गर्ने रहेका छन्। त्यसैगरी सुचना हक स्थापित गराउने । सुचनाको हक नागरिकको मौलिक अधिकार भएकोले नगरका सबै गतिविधिमा सुचनाको पहुँच पु¥याउने, जेष्ठ नागरिक, युवा र बालबालिका तिन पुस्ताको खुशीको लागि प्रभावकारी कार्यक्रमहरु निर्माण गरी लागु गर्ने रहेका छन्।
टोखा नगरलाई इमान्दारिताका साथ नमुना नगर बनाउन आफु प्रतिबद्ध रहेका बताए। उनी भन्छन्– अरु धेरै बोल्छन् काम गर्दैनन् म कम बोल्छु धेरै काम गर्छु।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 16 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की
- 23 minutes ago

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवक
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै
- 34 minutes ago

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।