देउवा भन्छन् : बजेटले संघीयताकाे अपमान गर्न खाेज्याे
- भीष्मराज ओझा
- बिहीबार, १६ जेष्ठ, २०७६
- 3 years ago
- राजनीति


काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आव २०७६/७७ काे लागि हिजाे संसदमा प्रस्तुत भएकाे बजेटले संघीयताकाे अपमान गर्न खाेजेकाे आराेप लगाएका छन् । उनले सङ्घीयता नेपालका लागि नौलो प्रयोग भएको र यसलाई कसरी सफल बनाउने, कसरी प्रदेशअन्तर्गतका जनताको भावनाअनुसार अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बेला आएको बताए ।
काङ्ग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गणतन्त्र दिवसका अवसरमा आज आयोजना गरेको ‘सङ्घीयता कार्यान्वयनका चुनौती’ विषयक विशेष अन्तक्र्रियामा सभापति देउवाले भने, ‘सत्तारुढ दलबाटै नेतृत्व गर्ने प्रदेशका मुख्यमन्त्रीले अधिकार नपाएको गुनासो गर्न थालेका छन्, त्यसैले यो सरकार सङ्घीयताकोे पक्षमा छैन, सङ्घीयताको विरोधी छ ।’
सरकार स्थानीयस्तरमा गएको अधिकार केन्द्रीकरण गर्न खोजिरहेको आरोप लगाउँदै उनले प्रदेशले संविधानअनुसारको अधिकार पाउनुपर्ने र सोहीअनुसार काम गर्न पाउनुपर्ने बताए । प्रदेश र सङ्घबीचको सहयोगको सम्बन्ध हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको सभापति देउवाले बताए । काङ्ग्रेसले सङ्घीयतालाई सफल बनाउन लागिपरेको बताउँदै उनले प्रदेशका पक्षमा अगाडि बढ्नुपर्ने बेला आएको बताए ।
विगतमा राजाले प्रजातन्त्रसँग हिँड्न नमानेका कारण राजतन्त्र फाल्नुपरेको प्रसङ्ग उल्लेख गर्दै उनले सरकारले आज लोकतन्त्रलाई असफल र कमजोर बनाउन लागिपरेको टिप्पणी गरे । ‘त्यसका लागि काङ्ग्रेसले अर्को लडाइँ लड्नुपर्ने अवस्था आउन सक्छ’, उनले भने । सङ्घीयता सफलताका लागि प्रदेशबीच एकापसमा अन्तरनिर्भरता र सहयोग पनि आवश्यक हुने उनको भनाइ थियो ।
सिंहदरबारबाट मात्र सिङ्गो मुलुकको सर्वाङ्गीर्ण विकास हुन सक्दैन, सम्पूर्ण देशलाई न्याय हुन सक्दैन भनेर सङ्घीयता आएको र सङ्घीयताको महत्वपूर्ण कार्य भनेकै सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा लैजानु भएकाे बताउँदै उनले भने, 'सङ्घीयता स्थापनाको उद्देश्य परिपूर्ति गर्न स्थानीय जनताका माग सुनुवाइका निम्ति उनीहरुकै प्रत्यक्ष सहभागिताबाट बन्ने सरकारले नै विकास र अधिकार सुनिश्चित गर्ने सक्ने र त्यसका लागि सिंहदरबारको अधिकार प्रदेश र स्थानीय तहमा गएको हो ।’
कार्यक्रममा पार्टीका उपसभापति एवं प्रतिष्ठानका अध्यक्ष विमलेन्द्र निधिले सङ्घीयता प्रजातान्त्रिक मोडेल भएको र नेपालमा सङ्घीयता लागू गर्न काङ्ग्रेसले नै नेतृत्व गरेको बताउँदै यसलाई सफल बनाउन पनि काङ्ग्रेसजस्तो प्रजातान्त्रिक पार्टीको अहम् भूमिका हुने विचार व्यक्त गरे । सरकारका क्रियाकलाप सङ्घीयताको भावना र मर्म विरोधी भएको आरोप लगाउँदै उहाँले संविधानअनुसारको अधिकार, आवश्यक जनशक्ति र पर्याप्त स्रोतसाधन नपाउँदा सातै प्रदेशले अपेक्षाकृत काम गर्न नसकेको उल्लेख गरे ।
काङ्ग्रेस महामन्त्री पूर्णबहादुर खड्काले २००७ सालमा पार्टीका नेता बिपी कोइरालाले कोरेको राजनीतिक माार्गअनुसार नै काङ्ग्रेसको नेतृत्वमा संविधानसभाबाट नेपालको संविधान जारी भई सोहीअनुसार नै पार्टीकै अग्रसरतामा निर्वाचनमार्फत् सङ्घीयता कार्यान्वयनमा आएको उल्लेख गरे । उनले संविधानअनुसार पार्टीको विधान बनाउने काङ्ग्रेस पहिलो पार्टी भएको जानकारी गराउँदै नयाँ विधानअनुसारका पार्टीका अन्तरिम संरचना बनाउन आवश्यक छलफल र तयारी अघि बढेको बताए । (रासस)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्वीडेन र फिनल्याण्डलाई पुटिनको चेतावनी
- 11 minutes ago

मस्को रूस। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार फिनल्याण्ड र स्वीडेनलाई चेतावनी दिदै यदि उनीहरूले नेटो सेना र सैन्य पूर्वाधारलाई आफ्नो क्षेत्रमा स्वागत गरेमा मस्कोले ठुलै जवाफ दिने बताएका छन्।
चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छः मन्त्री कार्की
- 18 minutes ago

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवक
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै
- 29 minutes ago

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।