सामाजिक संजालमा शेरबहादुर देउवाले लगाएको ‘महँगो’ जुत्ताको चर्चा
- मंगलबार, १६ भदौ, २०७७
- 1 year ago
- राजनीति
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लगाएको जुत्ताको बारेमा सामाजिक संजालमा पुनः चर्चा हुन थालेको छ । पटक–पटक प्रधानमन्त्री समेत बनेका देउवाले फेसन कम्पनी ‘लुइ भिटोन’को महँगो जुत्ता लगाएको बारेमा बिभिन्न खालका टिकाटिप्पणी हुन थालेको हो ।
नेपालको सबैभन्दा दुगर्म मध्येको एक जिल्ला डडेलधुरामा जन्मेका देउवा प्रधानमन्त्री भएर महँगो जुत्ता लगाउन सक्ने हुने तर, गरिब नेपाली अझै खाली खुट्टा हिड्नु परेको भन्दै उनको आलोचना भएको हो ।
देउवाले लगाएको जुत्ताको मूल्य करिब ३ लाख पर्ने बताइएको छ । यद्यपी, देउवाले लगाएको जुत्ता सक्कली हो या ‘कपी’ हो भन्नेबारेमा प्रष्ट भइसकेको छैन ।
यदी उनले लगाएको जुत्ता सक्कली हो भने उक्त रकमले ५ जनाको परिवारलाई २ वर्षसम्म सामान्य जीवन बिताउन मिल्ने तर्क पनि सामाजिक संजाल प्रस्तुत गरिएको छ ।
तर, कतिपयले भने देउवाले लगाएको जुत्ता सक्कली नभएको बताएका छन् ।
कम्युनिष्ट भनिएका नेताहरुको जीवनशैली पनि भड्किलो हुँदै गएकोले यस्ता उदाहरणहरु मुलुकमा हजारौं रहेको त्यसैले केहीको व्यक्तिगत विकास भए पनि समग्र विकास हुन नसकेको भन्दै नेताहरुको आलोचना भएको छ । र यस्ता खालका नेताहरुबाट विकास सम्भाव नभएको तर्क पनि गरिएको छ ।
देउवाले चुनावमा भोट हाल्न जाँदा उक्त जुत्ता लगाएका थिए । सोही समयमा पनि उक्त कुरा सामाजिक संजालमा उठेको थियो । यो कुरा पुनः चर्चामा आएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 43 seconds ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 4 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 17 minutes ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।