‘म पूरापूरा महिलावादी नै हुँ नि, महिला आयोग मैले बनाएको हो’
- सोमबार, ५ असोज, २०७७
- 1 year ago
- राजनीति

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू महिलावादी भएको बताएका छन् । मंगलादेवी स्मृति प्रतिष्ठानले लौहपुरुष गणेशमान सिंहको २३ औं स्मृति दिवसको अवसरमा सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै देउवाले उक्त कुरा बताएका हुन् ।
‘नेपालमा महिला समानताको संवैधानिक तथा कानुनी वयवस्था र समावेशिताको वर्तमान अवस्था’ विषयक भर्चुअल छलफल कार्यक्रममा बोल्दै देउवाले महिलाको हक तथा अधिकारको रक्षाका लागि विभिन्न काम गरेको बताए ।
उनले भने, ‘म पूरापूरा महिलावादी नै हुँ नि । महिला आयोग मैले बनाएको हो । दलित आयोग मैले बनाएको हो, जनजाति प्रतिष्ठान मैलै नै बनाएको हो ।’
त्यस्तै, सभापति देउवाले कांग्रेसको जस्तो अन्य पार्टीले महिला, आदिवासी, जातजाति, थारु, मुस्लिमलाई आरक्षण नदिएको दाबी गरेका छन् । साथै उनले अझै पार्टीमा महिला मतदाताको संख्या बढाउन आग्रह गरेका छन् । उनले अहिले पार्टीमा बढीभन्दा बढी महिलालाई मतदाताका रुपमा भित्र्याउन सके आगामी दिनमा महिलानै पार्टीको सभापति, नेपालको प्रधानमन्त्री बन्न सक्ने पनि बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौं अपडेटः बालेनको अग्रता कायमै, यस्तो छ पछिल्लो अपडेट
- 48 minutes ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २
जजिराको विमान चरासँग ठोक्कियो, लुम्बिनीमै ‘होल्ड’
- 52 minutes ago

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको जजिरा एयरलायन्सको विमान चरासँग ठोक्किएपछि फर्कन सकेको छैन ।
पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- 1 hour ago

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् । आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
युक्रेनद्वारा युद्धविराम अस्वीकार

एजेन्सी । डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्धविरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्धविराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको हो ।