देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २७ सांसदको हस्ताक्षर !
- शुक्रबार, ७ जेष्ठ, २०७८
- 1 year ago
- राजनीति

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्दै सत्तारुढ नेकपा एमालेका २७ जना सांसदले हस्ताक्षर गरेका छन् ।
देउवालाई प्रधानमन्त्री बनाउनको लागि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमाले नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव संघीय परिषद् अध्यष डा. बाबुराम भट्टराई लगायतका नेताहरुबीच छलफल भएको थियो ।
माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटेको हो । पुनका अनुसार कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।
नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 58 minutes ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 1 hour ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
बङ्गलादेशमा ५—१२ बर्षका बालबालिकालाई खोप लगाइने
- 1 hour ago

एजेन्सी । बङ्गलादेशमा ५ देखि १२ बर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।