मैले चिनेको शेरबहादुर देउवा
- भीम उपाध्याय
- बुधबार, ३० आषाढ, २०७८
- 11 months ago
- बिचार


सबैले बुझ्नुहोला, अहिले नबोली–नबोली मिति पुर्याउन सक्ने अनुभवी सिजण्ड बिपी, कृष्णप्रसाद, गणेशमान गिरिज जस्ता श्रद्धेय संस्कारी नेताहरूको सत्संग र संगत गरेका नेता शेरबहादुर देउवा हुन् । यिनले राजनीति सिकेका गुरूहरूअब्बल थिए । यिनी बेलायतमा पनि पढेका हुन् । टियूमा पढ्दा नेविसंघको सभापति पनि थिए ।
आफू गरिव साधारण परिवारमा, दुर्गम डडेलधुराको दुर्गम गाउँमा जन्मेर पनि शेरबहादुर देउबाले आफूले आफैलाई बनाएका ‘सेल्फ मेड’ हुन् । कसैको आशिर्वादले बनेका नेता होइनन् । त्यसरी जसरी बिपी नेता बनेका हुन् । राजनीतिक संस्कारीहरूको सही संगत पाउनु यिनको भाग्य र कर्म हो ।
सत्ता राजनीति कसरी चलाउनुपर्छ यिनले आफ्ना अग्रजबाट राम्ररी सिकेका, जानेका छन् । संगठन गर्न पनि चतुर र सफल छन् । सत्ता साझेदार दलका नेताहरू सबैलाई मिलाउन पनि खप्पिस छन् । यिनी लहैलहैमा कसैको पछि कुद्दैनन् । नबोले पनि चुपचाप बसेर सबैलाई मिलाउन भने सक्छन् । यिनका अगाडि पर्दा यिनका सबै कार्यकर्ता र परिवारका सदस्यसमेत पनि डराउछन् ।
गिरिजाप्रसाद कोईराला जस्ता टावरिंग र नबोल्ने कोईराला परिवारसंग टक्कर लिने हिम्मतले गरेरै यिनी यसरी गिरिजाप्रसाद जतिकै पॉच पटक प्रधानमन्त्री बन्न सफल भएका हुन्, लुरूलुरू पछि लागेर हैन ।
यिनले नयॉ दल खोले, पुरानोसंग पुनः एकिकरण गरे, अनि प्रधानमन्त्री भए, सभापति भए र अझै सभापति छन् । अरू कुनै दलका नेता यसरी दल फोडेर गएपछि पुनः एकिकरण गरेर, एकिकृत दलको सभापति र प्रम भएको पाईदैन । बामदेव, महन्थ, उपेन्द्र र बाबुरामलाई हेर्नुस् । शेरबहादुर अपवाद हुन् ।
यिनी त एकिकृत नेकॉको एकछत्र नेता बन्न आजसम्म सफल भएका छन् र अझै पनि यिनलाई टक्कर दिन सक्ने दलभित्र कोही नेता देखिदैनन् । अब बुढा पनि हुदै गएका छन् । तर, यति धेरै अवसर पाएर पनि शेरबहादुर देउबाले मुलुकलाई ठोस योगदान दिन सकेको देखिएको छैन । तर, यिनी प्रम हुँदा विश्वका लोकतान्त्रिक मुलुकहरूको सहयोग बामपन्थीहरूलाई भन्दा कैयन गुणा बढी हुन्छ नै ।
शेरबहादुरका समान उमेरका दौतरी नेताहरू दलमा र बाहिर पनि कोही छैनन्, सबै जुनियर छन् । त्यसैले दलभित्र ईगो फाईट छैन जस्तो एमाले, माओवादी, मधेशी दलहरूमा छ, जहॉ कसैले कसैलाई टेर्दैनन् किनकी सबै जस्तो समकालिन छन् । त्यसैले शेरबहादुर सबैभन्दा धेरै उमेर फरक भएको दलभित्र र बाहिर जेठा नेता पनि हुन्, एकदम सक्रिय शिर्ष जीवित सिनियर नेताहरूमध्येमा ।
उनको काम गर्ने शैली यस्तो रहेको मैले भोगेको छु । सरकारमा सहभागी रहेका दलहरूका कुनै मन्त्रीको काममा यिनले खासै हस्तक्षेप गरेको मेरो अनुभवमा छैन । सबैलाई स्वतन्त्र छाड्छन् । पटक्कै बोल्दैनन्, कुरा गर्न गयो ठिक छ, ठिक छ, बुझेँबुझेँ मात्र भन्छन् । यी मुसुक्क हॉसेको देख्न पाउदा पनि कुरा बुझे होलान् भनेर सन्तोष गर्नुपर्छ। अरूसंग हास्नै नचाहने मसंग कुरा गर्दा मुसुक्क परेको पाएको छु । सबै कुरा बिर्सन्छन् जस्तो लाग्छ र बिर्सन्छन् पनि। भेटेपछिको पिरलो नै यही हो, बिर्सने भएपछि भेटेर भनेको कुराहरूको के अर्थ ? के काम ? सबै कुरा यिनका युवा सहयोग पीए भानु देउबाकै भरमा हुन्छ जस्तो लाग्छ । भानुले गरिदिए काम बन्यो नत्र भेटेको मतलबै नहुने । मेरो निजी काम भने बनाउन कहिल्यै परेन, सरकारी काम बने प्रम उनकै सुनाम हुने हो ।
सरकारी वा राजनीतिक समन्वय पत्नी आरजु राणाले गर्छिन् जस्तो लाग्छ ।श्री ३ मोहन सम्शेरकी नातिनी भएर पनि आरजु राणा ज्यादै मिलनसार, सिम्पल, सहज ब्यवहारकी लाग्छ । यिनले सबैलाई पदले मान गरेरै सम्बोधन गरेको भेटेको छु । आरजुको मीठो बोली छ, बडप्पन देख्दिनँ । हुन त मेरो केही काम परेको पनि छैन तर पनि जागिरमा हुदा सरकारी कामले मेरै मन्त्रालयको बिभागीय मन्त्री भएका कारणले प्रम शेरबहादुर देउबा, आरजु राणा र भानु देउवासंग बेला बेला भेट गर्न पर्थ्यो नै । बस् यति हो मेरो चिनजान ।
(लेखक नेपाल सरकारको पूर्वसचिव हुन् ।)
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
संसदमा अर्थमन्त्रीलाई बोल्न नदिने प्रमुख प्रतिपक्षको तयारी
- 18 seconds ago

काठमाडौं । आज बस्ने संसद बैठकमा विवादित अर्थमन्त्री जनार्दन शर्माले बजेटका बारेमा उठेका प्रश्नको प्रतिनिधिसभामा जवाफ दिने भएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रीलाई संसदम
अर्थमन्त्री विवादबारे एमालेसँग छलफल गर्ने माओवादीको निर्णय
- 42 seconds ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अर्थमन्त्री जनार्दन शर्माबारे प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ।
युक्रेनका राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच सुरक्षासम्बन्धी वार्ता
- 12 minutes ago

लण्डन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्किी र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच कुराकानी भएको छ । उनीहरुका बीचमा युक्रेनको पछिल्लो सुरक्षाका सम्बन्धमा कुराकानी भएको युक्रेनी राष्ट्रपति भोलो
पर्यटन
पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
लिसिचान्स्कमा रुसले कव्जा गरेपछि रूसी अन्तरिक्ष यात्रीहरूले स्पेसमा उत्सव मनाए

एजेन्सी । रुस–युक्रेन युद्ध भएको आज १३२ औं दिन हो । रुसी सेनाले लुहान्स्कको लिसिचान्स्क सहर कब्जा गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई अभिवादन गरेका छन्।