बेलौरीको शोभाताल

  • बिहीबार, ६ कार्तिक, २०७७
  • 9 months ago
  • पर्यटन

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

 

नगरपालिकाले शोभाताल क्षेत्रको विकास लागि विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० निर्माणको कार्य पूरा भएको छ । “सङ्घीय सरकारको सहयोगमा डिपिआर तयार गरेका छौँ”, नगरप्रमुख पोतिलाल चौधरीले भने, “पर्यटकीय क्षेत्रको सौन्दर्यकरणसँगै भौतिक पूर्वाधार विकासका लागि कार्य अगाडि बढाइएको छ ।” पुरिँदै गएको ताल क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने, ताल क्षेत्रमा रहेका पोखरीको सुदृढीकरण गर्ने, ताल क्षेत्र नजिकै बसोबास गर्ने मुक्तकमैया परिवारको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि माछापालनको कार्यलाई समेत अगाडि बढाइने उनले बताए ।

 

ताल क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका  लागि ठेक्का प्रक्रियामार्फत योजना अगाडि बढाइएको छ । “ताल क्षेत्रमा भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले रु ५० लाख र सङ्घीय सरकारको रु एक करोड बढी बजेट परिचालन गरिने छ”, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमप्रसाद चौधरीले भने, “नगरकै गौरवको योजनाअन्तर्गत शोभाताल क्षेत्रलाई विकास गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउँछौँ ।”

 

उनका अनुसार पर्यटकका लागि ताल क्षेत्रसँगै नजिकको वन क्षेत्रको मनोरम दृश्य नियाल्नका लागि भ्यूटावर निर्माण गर्ने, तालमा पर्यटकलाई लक्षित गरी नौका विहारसँगै मोटरबोट सञ्चालन गर्ने योजना छ । आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नका लागि पहिलो चरणमा पाँचवटा होमस्टे (घरवास) सञ्चालन गर्ने योजनासमेत नगरपालिकाको छ । स्थानीय थारू समुदायको संस्कृतिसँगै मौलिक परिकार घरवासमा बस्न आउने पर्यटकलाई उपलब्ध गराइने छ ।

 

“घरवास सञ्चालन भएपछि ताल क्षेत्र नजिकै बस्ने मुक्तकमैया परिवारको जीविकोपार्जनमा समेत सघाउ पुग्ने विश्वास लिएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने, “जसबाट नगरपालिकाको आयमा समेत वृद्धि हुनेछ ।” ताल क्षेत्रमा एकनासको पानीको व्यवस्था गर्न बोरिङ जडान गर्ने र पर्यटकलाई पौडीको मज्जा लिनका लागि स्वीमिङ पोखरीसमेत निर्माण गरिने छ ।

 

प्राकृतिक ताललाई विभाजित गरी विगतमा माछापालनका लागि प्रयोग हुँदै आएको थियो । ताललाई खण्डखण्डमा विभाजित गर्दा संरक्षणको अभावमा अधिकांश हिस्सामा माटोलगायतको पदार्थ भरिएर ताल पानीविहीन अवस्थमा रहेको छ । तालको केही ठाउँमा स्थानीय बासिन्दाले कब्जा गरी खेतीसमेत गर्दै आएका छन् । ताल क्षेत्रलाई अतिक्रमणमुक्त गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नका लागि स्थानीय बासिन्दाले समेत नगरपालिकासँग ऐक्यबद्धता गरेका छन् । ताल नजिकैको वन क्षेत्रमा मयुर, चित्तललगायतका जनावरको अवलोकनसमेत गर्न सकिन्छ ।


Reliable Life Insurance

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

  • 7 hours ago
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक, माधव नेपाल पनि सहभागी

काठमाडौं । बालुवटारमा सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । उक्त बैठकमा एमाले नेता माधव नेपाल पनि सहभागी रहेका छन् ।

अमेरिकी थप अधिकारी र संस्थामाथि चीनद्वारा प्रतिबन्ध

  • 7 hours ago
अमेरिकी थप अधिकारी र संस्थामाथि चीनद्वारा प्रतिबन्ध

एजेन्सी । हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाइएको जवाफमा चीनले कैयौँ अमेरिकी नागरिक र संस्थाहरूमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

'हिजोका सरकारले गरेका राम्रा कामलाई ध्वस्त बनाउन खोजियो भने त्यसविरुद्ध पार्टीसँगै युथफोर्स अगाडि बढ्नेछ'

  • 7 hours ago
'हिजोका सरकारले गरेका राम्रा कामलाई ध्वस्त बनाउन खोजियो भने त्यसविरुद्ध पार्टीसँगै युथफोर्स अगाडि बढ्नेछ'

काठमाडौँ । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको रक्षा, कानूनको पालना, शान्तिपूर्वक प्रतिस्पर्धाको राजनीतिमा जोड दिने बताएका छन् । राष्ट्रिय युवा सङ्घको युथफोर्स काठमाडौँ उपत्यका कमाण्ड घोष



पर्यटन

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न शुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र(भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ । सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिले गुरुयोजना निर्माण गरी समितिको स्वामित्वमा रहेको ५६ रोपनी जमिनमा धार्मिक र पर्यटकीय पूर्वाधार निर्माणको काम अहिले धमाधम भइरहेको हो ।

जीवनशैली

आफ्नो शत्रुदेखि कदापि डराएर नभाग्नुहोस् !

आफ्नो शत्रुदेखि कदापि डराएर नभाग्नुहोस् !

एजेन्सी । आचार्य चाणक्यलाई अर्थशास्त्र, राजनीति विज्ञानको जानकारका साथै एक महान दार्शनिक मानिन्छ। चन्द्रगुप्त मौर्यलाई राजा बनाउन आचार्य चाणक्यका नीतिहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए।