अभिनेता सिद्धार्थ भन्छन्, ‘फिल्ममा मेरो लुक्स भरपुर प्रयोग भइरहेको छ’
- सरद
- मंगलबार, ४ मंसिर, २०७५
- 4 years ago
- कला र मनोरञ्जन
- अन्तर्राष्ट्रिय

एजेन्सी । अभिनेता सिद्धार्थ मल्होत्राले आफ्नो आगामी फिल्मको लागि आफ्नो छुट्टै लुक्सलाई प्रयोग गरिरहेका छन् । अभिनेता मल्होत्राले गत आइतबार सम्पन्न भएको ‘लक्स गोल्डेन अवार्डस् २०१८’को दौरानमा मिडियाहरुसँग कुराकानी गरेका छन् । सिद्धार्थको आगामी फिल्ममा रोमान्स र कमेडीले भरिपूर्ण ‘जबरिया जोडी’, प्रेम कहानी ‘मरजावा’ र कारगिल युद्धमा शहिद भएका क्याप्टेन विक्रम बत्राको जीवनीमा बनिरहेको बायोपिक फिल्मा सामेल छन्, जहाँ उनी बेग्ला बेग्लै नजरमा देखिनेछन् ।
सोही अवार्डको दौरानमा मिडियासँग कुराकानी गर्दै उनले भने, ‘अहिले म ‘जबरिया जोडी’ फिल्मको सुटिङ गरिरहेको छु । यसै कारण म र परिणीति चोपडा लखनाउमा यसको सुटिङ गरिरहेका छौं । त्यसपश्चात म ‘मरजावा’ फिल्मको सुटिङ गर्नेछु । जहाँ मैले तारा (सुतरिया) र राकुल प्रित (सिंह)को साथमा काम गरिरहेको छु ।’
उनले थपे, ‘मैले फिल्म ‘जबरिया जोडी’ र अर्को फिल्म ‘मरजावा’को सुटिङ सकिसकेपछि विक्रम बत्राको बायोपिक फिल्मको सुटिङ सुरु गर्नेछु । त्यसैले अहिले यी फिल्महरुको लागि समय निकालिरहेको छु । म यसको लागि प्रशिक्षणमा छु । हामी यी फिल्महरुको लागि मेरो लुक्सलाई भरपुर प्रयोग गरिरहेका छौं ।’
सिद्धार्थले किन छोडे ‘कलंक’ ?
पछिल्लो समय समाचारमा आए अनुसार माधुरी दीक्षित नेने र सञ्जय दत्त (मुन्ना भाई) स्टार फिल्म ‘कलंक’मा अभिनेता सिद्धार्थले साइन् गरेका थिए । तर डीएनए वेबसाइटमा प्रकाशित एक समाचार अनुसार फिल्मको सुटिङ सेड्युलको मिति आएपछि सिद्धार्थले सो फिल्मबाट आफ्नो हात झिकेका छन् । अनुराग बसुको निर्देशनमा बन्दै गरेको यो फिल्ममा अभिनेता सिद्धार्थको अपोजिटमा अभिनेत्री तापसी पन्नुलाई लिइएको छ ।
यो फिल्मको लागि अभिनेत्री तापसीको साथमा अर्का अभिनेता अर्जुन कपूरलाई पनि साइन् गराइएको थियो । तर सुटिङको मिति नमिलेपछि उनले पनि फिल्मबाट आफ्नो हात झिकिसकेका छन् । अब यो फिल्मको लागि निर्माण पक्षले कुन अभिनेतालाई चुन्दै छन्, त्यो भने पछि नै थाहा हुनेछ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 40 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।