‘सिल्क रोड’ र हुवावे विवादबीच चिनियाँ राष्ट्रपति सीको यूरोप भ्रमण

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

बेइजिङ, चीन । व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी चिनफिङको बिहीबारदेखि शुरू हुने यूरोप भ्रमणले प्रष्ट पार्ने चिनियाँ अधिकारीले बताएका छन् । 

 

सीले आफ्नो भ्रमणलाई इटालीबाट शुरू गरी मोनाकोका लागि पहिलो भ्रमण गर्दै आफ्नो पाँच दिने भ्रमणलाई फ्रान्समा लगेर टुङ्ग्याउने कार्यक्रम रहेको चीनले जनाएको छ । 

 

यूरोपियन यूनियनले -इयू- १०–बुँदे योजना सार्वजनिक गर्दै बेइजिङसँगको सम्बन्धमा थप विश्वासको वातावरण बनाउँदै अघि बढ्ने प्रतिवद्धता आएको एक हप्तापछि हुन लागेकोले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । इयूले आफ्नो योजनामा चीनलाई उक्त समूहको एक ‘प्रतिस्पर्धी’ का साथसाथै एउटा ठूलो व्यापारिक साझेदार मुलुकका रूपमा अथ्र्याएको छ । 

 

तर सीले आफ्नो भ्रमणका क्रममा चीनले इटालीसँग बेल्ट एण्ड रोड ९बिआरआई० कार्यक्रम आरम्भका लागि एक ट्रिलियन डलर बराबरको गैर–बन्धनकारी सहमति गर्ने अपेक्षा गरिएको छ । 

 

चीनले जलमार्ग, रेलमार्ग तथा सडकमार्गसम्बन्धि आयोजनाका लागि एशियाली, यूरोपेली तथा अफ्रिकाली मुलुकहरूमा बिआरआई आयोजनामार्फत ठूलो आर्थिक लगानी गरेको छ, तर आलोचकहरूले उक्त कार्यक्रमले मुलतः चिनियाँ कम्पनी तथा फर्मलाई लाभ हुने भन्दै चीनले आर्थिक रूपमा अस्तव्यस्त रहेका मुलुकहरूमा ‘ऋणको बन्धन’ कसिरहेको आरोप लगाइरहेको छ । 

 

यो महत्वाकांक्षी अभियानमा अन्तराष्ट्रिय मुद्रा कोषले विकशित अर्थतन्त्र भएका मुलुकहरू, जुन जी सेभेन समूहमा पर्छन्, मध्ये इटाली सहभागी हुने कुराले उसका सहयोगी पश्चिमी मुलुकहरू क्यानडा, बेलायत, संयुक्त राज्य अमेरिका, जापान, जर्मनी, फ्रान्स भने आशङ्का व्यक्त गरेका छन् । 

 

इयू सदस्य राष्ट्रहरू ग्रीस र पोल्याण्ड पनि ‘नयाँ सिल्क रोड’ आयोजनामा जोडिएका छन् तर इयू समूहका अन्य राष्ट्रहरूले पर्ख र हेरको अवस्थामा रहेका छन् । उक्त आयोजनाका कारण आफ्नो क्षेत्रमा चिनियाँ सरकारको बढ्दो राजनीतिक तथा आर्थिक प्रभाव पर्नसक्ने भय उनीहरूले पालेका छन् । 

 

ह्वाइट हाउसका अधिकारी गारेत माक्युसले गत हप्ता ट्वीट गर्दै इटालीले चीनको महत्वाकांक्षी पूर्वाधार आयोजनालाई अनुमोदन गर्न यससँग जोडिन ‘आवश्यक नरहेको’ उल्लेख गरेका थिए । 

 

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले यूरोपेली मुलुकहरूले बेइजिङसँग ‘समन्वयकारी दृष्टिकोण’ राख्नुपर्ने र ‘समानताको भाव तथा पारस्परिक आदानप्रदान’ का लागि सहकार्य गनुपर्ने बताउनुभएको छ । 

 

तर इटालीका प्रधानमन्त्री जिसेफे कोन्टी, जसले बिहीबार चिनियाँ राष्ट्रपतिलाई स्वागत तथा भेटवार्ता गर्नुहुनेछ, ले जी सेभेन राष्ट्रका अन्य नेताले गरेको आशङ्कालाई अनावश्यक भन्दै आयोजनामा जोडिँदा कसैलाई पनि घाटा नहुने बताउँदै आउनुभएको छ । 

 

“हाम्रा लागि, चीनसँग मिलेर बिआरआईमा जोडिनु शुद्ध आर्थिक र व्यवसायिक प्रकृतिको छनोट हो, यो हाम्रा एटलान्टिक गठबन्धन तथा इयू सदस्यसँगको सम्बन्धजस्तै पूर्णरूपमा उपयुक्त छ, कोन्टेले कोरेइरे देल्ला सेरा पत्रिकासँगको अन्तवार्तामा भन्नुभएको जनाइएको छ । 

 

इटालीयाली सञ्चारमाध्यममा प्रकाशित गैर–बन्धनकारी सम्झौता पत्रको प्रस्तावनाबाट चीन र इटालीबीच आपूर्ति, पूर्वाधार लगानी, आर्थिक तथा वातावरणीय क्षेत्रमा समन्वय गर्न चीन र इटाली सहमत भएका छन् । 

 

बेइजिङले ट्रिएस्टे र जेनोआजस्ता इटालीका बन्दगाहहरूमा लगानी गर्न चाहेको छ, जसका कारण यूरोपका बजारका लागि चिनियाँ पहुँचलाई सहज बनाउनेछ, मिलान पोलिटेक्निक व्यवसायिक विद्यालयका चीन मामिला विज्ञले एएफपीलाई बताउनुभयो । उहाँले भन्नुभयो, कुनै पनि सम्झौताले ‘बन्दरगाह इटालीको नै रहने’ कुराको प्रत्याभूत गर्नुपर्छ । ग्रीक बन्दगाह पाइरेअसको जस्तो नमूना इटालीलाई मान्य नहुने उहाँको भनाई थियो । पाइरेअस बन्दरगाहलाई चिनियाँ विशाल कम्पनी कोस्कोले सन् २०१६ मा आफ्नो प्रभावमा लिएको थियो । 

 

चीनको सञ्चार विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका जानकार प्राध्यापक सु थेइविङले भन्नुभयो, ‘संयुक्त राज्य अमेरिकाको दवाव’का बावजुद इटालीले समन्वयकारी धारणाको अवलम्बन गरेको छ । 

 

अमेरिकाले यूरोपेली मुलुकलाई जासुसीका लागि ‘ब्याकडुअर’ का रूपमा हुवावेको फाइभ–जी नेटवर्क चीन सरकारले पठाएको चेतावनी दिँदै आगामी पुस्ताको उक्त नेटवर्कको प्रयोग नगर्न भनीरहेका समय राष्ट्रपति सीको भ्रमण भएको हो । 

 

चीनका उच्च कूटनीतिज्ञ वाङ यीले ब्रसेल्समा भउको इयूका विदेशमन्त्रीहरूसँगको भेटमा हुवावेमाथि ‘असाधारण र अनैतिक’ आक्रमण भएकोप्रति दुःख व्यक्त गर्नुभयो । 

 

अमेरिका र अष्ट्रेलियाले हुवावेको नेटवर्कमाथि संसय व्यक्त गर्दै उसको फाइभ–जी नेटवर्क प्रयोग नगर्ने बताइसकेका छन् भने यूरोपेली मुलकहरूले अझै यसबारे ढोका बन्द गरिसकेका छैनन् । सीको भ्रमणले उनीहरूको आशङ्का निवारण गर्ने आशा चिनियाँ अधिकारीको छ । 

 

इटालीको गठबन्धन सरकारमा संस्थापन विरोधी फाइभ स्टार मुभमेन्टका प्रमुखले हुवावेलाई परीक्षण गर्न इच्छुक देखिएपछि अति–दक्षिणपन्थी समूहका उप प्रधानमन्त्री भने देशको सुरक्षा खतरालाई लिएर विशेष सतर्क हुनुपर्ने मत व्यक्त गर्दै आएका छन् । 

 

सीले फ्रान्समा म्याक्रोनलाई भेटी फोर–जी सेवामा हुवावे कम्पनीको सामान प्रयोग गरेका दुई टेलिकम सञ्चालकलाई फाइभ–जी सेवाको परीक्षणका लागि पहल हुने विश्वास गरिएको छ । 

 

हुनत फ्रान्स सरकारले हुवावेको सेवा लिँदा सुरक्षा खतरा हुने भन्दै तत्काल हुवावको फाइभ–जी सेवा नलिन कम्पनीहरूलाई आग्रह गरेको छ यद्यपि फ्रान्सले सेवा नलिने निर्णय नै गरिसकेको छैन । 

 

यूरोप भ्रमणका लागि सीको दोस्रो गन्तव्य मोनाकोले भने फाइभ–जी प्रयोगका लागि यस पहिले नै सम्झौता गरिसकेको छ । हुवावेको ‘फाइभ–जी नेशन’ कार्यक्रमले आफुजस्ता गरिब मुलुकका लागि ठूलो सहयोग हुने, मोनाकोको टेलिकम कम्पनीका अधिकारीहरूले बताएका छन् । 

 

सीले क्यासिनो तथा ग्रान्ड प्रिक्स मोटर प्रतिस्पर्धाका लागि ख्यातिप्राप्त स्वतन्त्र राज्य मोनाकोका राजकूमार अल्वर्ट द्वितीयसँग भेटवार्ता गर्ने कार्यक्रम छ । 

 

भूमध्यसागर तथा ब्लाक सी क्षेत्रमा चीनको बिआरआई आयोजनाकोे असाधारण गन्तव्यका रूपमा बिस्तार गर्न सकिने सम्भावना रहेको छ, पेरिसस्थित इन्स्टिच्युट मोन्टाग्नीका एशियाका लागि सल्लाहाकार फ्रान्कोँ गोडमेन्टले भन्नुभयो । 

 

मोनाको सरकारको एक पर्यटकीय गन्तव्य भएकाले यहाँको अर्थतन्त्र मजबुत रहेको छ । चीनले सम्बन्ध बिस्तारका लागि सानो देशलाई पनि उत्तिकै महत्व दिने गर्छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

  • 4 hours ago
रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

  • 8 hours ago
इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

रुसको एक विद्यालयमा गोली चल्यो

  • 9 hours ago
रुसको एक विद्यालयमा गोली चल्यो

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।



पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”