अमृतले ल्याए ‘मेरो प्यारो सिन्धुपाल्चोक’

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । नव गायक अमृत भारतीको ‘मेरो प्यारो सिन्धुपाल्चोक’ गीति चलचित्र सार्वजनिक भएको छ । 

 

गजलकारसमेत रहेका सिन्धुपाल्चोक कुञ्चोकका भारतीको गीति चलचित्र मेरो प्यारो सिन्धुपाल्चोकलाई पूर्व सूचना तथा सञ्चार मन्त्री अग्नीप्रसाद सापकोटाले कोटेश्वरको सिटी टावरमा एक कार्यक्रमकाबीच सार्वजनिक गरेका हुन् ।

 

यसअघि देशभरका रेडियो स्टेशनबाट गीत सार्वजनिक गरिसकेका भारतीले भिडियोमा नयाँ प्रयोग गरेका छन् । उनले गीतलाई एउटा कथाको रुप दिई संवादसमेत भरेर गीति चलचित्रको उपमा दिएका छन् । 

 

लिगेश भट्टराईको निर्देशनमा बनेको गीतमा प्रज्वल गिरी, सोनिया गिरी, सरिता राजोउपाध्याय, रिना थापा मगर, अर्जुन थापा, सुरज पराजुली, बिमल काफ्ले र संजीव ठकुरीको अभिनय रहेको छ । गीति चलचित्रले समाज विकासका लागि सकारात्मक सन्देश प्रवाह गरेको छ । 

 

नयाँ शैलीको भिडियो भएकाले अहिले भारतीको गीति चलचित्रले युवाहरुको मन जितेको छ । अहिले बजारमा गित संगितमा युवाहरुको नयाँ सोच र प्रयोगले नेपालको विभिन्न क्षेत्रलाई नेपाली माझ र विदेशी माझ चिनाउन सहज भएको छ ।

 

गीति चलचित्रका नायकले आफ्नो गृह जिल्ला सिन्धुपाल्चोकलाई विश्वमा चिनाउन निकै संघर्ष गरेको कथा छ । परिवार, प्रेमिका र साथीहरुको सहयोग बिनै गीति चलचित्रका नायकले सफलता चुमेको कथालाई अहिलेका युवापुस्तले मन पराएको गायक भारतीले दाबी गरे । 

 

‘कामप्रतिको लगाव, इमान्दारिताले मान्छेलाई सफल बनाउँछ भन्ने सन्देश प्रवाह गर्न खोजेको छु,’ भारतीले भने, ‘विचलित नभई आफ्नो लक्ष्यप्राप्तिमा पुग्न सकिन्छ भन्ने देखाइएको छ ।’

 

गीतमा सिन्धुपाल्चोकका पर्यटकीय क्षेत्रहरुको वर्णन गरिएको छ । ‘जुगल हिमाल शीर, किन मान्छौ पीर, जान्छौ भने घुम्न लान्छु सिन्धुपाल्चोक तिर’ जस्ता शब्द कुँद्दै भारतीले सिन्धुपाल्चोकका विभिन्न पर्यटकीय गाउँ घुम्न गीतमार्फत आग्रह समेत गरेका छन् । 

 

भारती आफैको शब्द रहेको गीति चलचित्रमा समावेश गीतमा जिल्लाका प्रमुख पर्यटकीय गाउँ हेलम्बु, आमा यांग्री, ओखरेनी, पाँचपोखरी, भैरवकुण्ड, दुगुनागढी, तातोपानी, बाह्रविसे, मेलम्ची, भोटेचौरको सौन्दर्यको समेत बयान गरिएको छ ।

 

भारती र राजकुमार नेपालीले संगीत भरेको गीतमा लय तथा शब्द भने गायक भारतीकै छ । गीती चलचित्रको छायांकन भने सिन्धुपाल्चोक र काठमाडौंको विभिन्न स्थानमा गरिएको छ । 

 

गायक भारतीको भिडियोमा सिन्धुपाल्चोकबाट प्रकाशन हुने पत्रपत्रिका, प्रशारण हुने रेडियो तथा अनलाइनलाई मिडिया सहयोगीका रुपमा देखाइएको छ । गजल सिर्जनामा अब्बल रहेका भारतीको गजलकृति अमृत प्रकाशन भइसकेको छ ।

 

https://youtu.be/XT3pJc1XoR8


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 5 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 5 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 5 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।