राष्ट्रपति भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

  • शुक्रबार, १४ कार्तिक, २०७७
  • 1 month ago
  • नेपाल

भादगाउँ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएको छ ।

 

कोरोना भाइरसरको महामारीका कारण राष्ट्रपति भक्तपुर नआउने भएपछि देवगणले आउँदो मङ्गलवार नवदुर्गालाई विः ट्ङकेगु (महानवमीको मध्यराति वध गरिएको महिषासुरको प्रतिक खःमेय्को संकलित रक्तिसेवन) विधि सकाएर शीतल निवासमा प्रसाद दिन जाने तयारी गरिएको नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सचिव रत्नमान बनमालाले जानकारी दिए । उनले राष्ट्रपतिलाई प्रसादका रुपमा बिमिरो, पञ्चरङ्गी धागो, फूलमालालगायत प्रसाद दिने तयारी भएको बताए ।

 

विसं। २०४५ पछि पहिलोपटक कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुख नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि भक्तपुर नआउने भएकी हुन् । उक्त दिन राष्ट्रप्रमुख भक्तपुर गँछेंस्थित नवदुर्गा द्यछें पुगेर नवदुर्गा भवानीको दर्शन तथा प्रसाद ग्रहण गर्ने प्रचलन तत्कालीन राजा वीरेन्द्रले शुरु गरेका थिए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

युकेले कोरोना भ्याक्सिन हतारमा अनुमोदन गरेको टिप्पणीप्रति फाउचीले माफी मागे

  • 37 seconds ago
युकेले कोरोना भ्याक्सिन हतारमा अनुमोदन गरेको टिप्पणीप्रति फाउचीले माफी मागे

लण्डन । संयुक्त राज्य अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले बेलायतको खोप स्वीकृति प्रक्रियाको आलोचनाप्रति माफी मागेका छन।

मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

  • 14 minutes ago
मालपोतविरुद्ध परेको रिटमा लिखित जवाफ पेश गर्न आदेश

सुर्खेत । उच्च अदालत सुर्खेतले जिल्ला मालपोत कार्यालयलगायत रिट निवेदनमा विपक्षी बनाइएका निकायलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

बालसुधार केन्द्रका १६ वर्षीय कैदीबन्दी फरार

  • 16 minutes ago
बालसुधार केन्द्रका १६ वर्षीय कैदीबन्दी फरार

डोटी । डोटी जिल्लाको बालसुधार केन्द्रमा पुर्पक्षका लागि राखिएका बझाङका १६ वर्षीय राजेन्द्र बोहरा गए राति फरार भएका छन् । बोहरा फरार भएपछि जिल्लामा गए रातिदेखि तनाव उत्पन्न भएको छ ।



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।