प्रचण्ड–नेपालको सिटी जुलुस (फोटोमा)
- मंगलबार, १३ माघ, २०७७
- 1 month ago
- राजनीति

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज सिठी जुलुस गरिरहेको छ । तेस्रो चरणको आन्दोलनको पहिलो दिन यो समूहले सिठी जुलुस गरेको हो ।
यो समूहले दिउँसो ३ बजेबाट सिठी जुलुस सुरु गरेको हो । यसको लागि काठमाडौँको लैनचौर क्षेत्रमा यो समूहका कार्यकर्ताहरुको भेला दिउँसैदेखि सुरु भएको थियो । सोमबार एक विज्ञप्ति जारी गर्दै संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले माघ १३ गतेदेखि आन्दोलनका कार्यक्रममा सुरु हुने बताएका थिए ।
त्यस्तै, यो समूहले जारी गरेको विज्ञप्तिका अनुसार माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संघीय सांसद एवम् प्रदेश सांसदहरुले धर्ना दिने कार्यक्रम रहेको छ । त्यस्तै माघ १६ गते शहीदहरुलाई श्रद्धान्जलीसहित दिउँसो १ बजे शान्तिबाटिकाबाट लैनचौरमा प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
माघ १५, १६ र १७ गते क्रमशः बुटवल, विराटनगर र धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम रहेको छ । माघ २२ गते काठमाडौँमा युवा र्याली, माघ २६ गते देशव्यापी मसाल जुलुस र माघ २८ गते काठमाडौंमा मसाल जुलुस र सभा गर्ने कार्यक्रम रहेको संयोजक श्रेष्ठले जानकारी दिएका छन् ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि ओलीसँग राजनीतिक रुपमा विभाजित भएर अलग–अलग कार्यक्रम गरिरहेको प्रचण्ड–नेपाल समूह चरणबद्ध आन्दोलनमा छ।
फोटोहरुः सुरेन्द्र बस्नेत





ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !
- 1 minute ago

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।
तौल घटाउने सजिलो उपाय
- 6 minutes ago

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो
- 13 minutes ago

काठमाडौँ । प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ । काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ
पर्यटन
महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय

काठमाडौं । कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ ।
जीवनशैली
तौल घटाउने सजिलो उपाय

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।
विचित्र विश्व
दाउद इब्राहिमबारे एउटा रोचक रहस्य !

एजेन्सी । संसारमा दाऊद इब्राहिमसँग डराउँछन् तर दाऊद मात्र एक व्यक्तिसँग डराउँछन् जसलाई रियल डन भनिन्छ ।