खल्तीको ‘स्मार्ट छोरी’ अभियान सुरु

काठमाडौँ । दस हजार किशोरी र महिलाहरुलाई डिजिटल तथा वित्तिय साक्षरता प्रदान गर्ने उद्धेश्यका साथ खल्ती डिजिटल वालेटले बुधबारदेखि  स्मार्ट छोरी अभियान सुरु गरेको छ । देशव्यापी रुपमा संचालित यस अभियानले किशोरी र महिलाहरुमाझ पुगेर उनीहरूको जीवन र समुदायमा परिवर्तन ल्याउने लक्ष्य राखेको छ ।

 

नेपालमा अझै पनि घरका अधिकांश निर्णयहरु पुरुष सदस्यले मात्रै लिने गरेको पाइन्छ । साथै, हाम्रो देशमा पुरुषको तुलनामा महिलामा बेरोजगारीको समस्या धेरै छ । डिजिटल शीपको अभाव नै उनीहरुको क्यारियर अगाडि नबढ्नुको एउटा अड्चनको रुपमा देखिएको छ । स्मार्ट छोरी अभियानले उनीहरुलाई बिभिन्न जीवन उपयोगी सीप प्रदान गरी क्षमता अभिबृद्धि गर्ने र सशक्तीकरणमा टेवा पुर्याउने लक्ष्य लिएको छ ।

स्मार्ट छोरी खल्ती एप भित्र संचालित एउटा ई–लर्निङ प्लाटफर्म हो जहाँ सहभागिहरुले सुचना तथा सञ्चार प्रविधीको सहि सदुपयोग गर्न सिक्नुका साथै डिजिटल भुक्तानी, अन्लाईन  सुरक्षा र वित्त व्यबस्थापन लगायतका कुराहरु सिक्नेछन् । स्मार्टफोन बोक्ने र इन्टरनेटको पहुँचमा रहेका १५ देखि ३५ वर्ष उमेर समूहका नेपाली किशोरी तथा महिलाहरु यो अभियानमा सामेल हुन सक्नेछन् । 

 

यस अभियानले किशोरी र महिलाहरुमा ज्ञान र शीप प्रदान गर्नेछ जसले गर्दा उनीहरु आफैमा स्वरोजगार भई आत्मनिर्भर बन्न, बचत गर्ने बानी बिकास गर्न र आफ्नो समुदायमा उदाहरणिय व्यक्तित्व बन्न सक्नेछन् । 

अभियानको घोषणा गर्दै ‘खल्ती’का निर्देशक तथा ’स्मार्ट छोरी’का संयोजक अमित अग्रवाल ले भने, “पछिल्लो समयमा डिजिटल नेपाल र स्मार्ट सिटीका बारेमा धेरै चर्चा हुन थालेको छ । तर अधिकांशको ध्यान भौतिक पूर्वाधार विकास गर्नेतर्फ मात्रै छ । भौतिक पूर्वाधारको विकासले मात्रै डिजिटल नेपाल कदापि सम्भव छैन । यसका लागि डिजिटल साक्षर जनशक्ति र जनसहभागिता उत्तिकै आवश्यक पर्छ । दक्ष जनशक्तिको कुरा गर्दा आधाभन्दा बढी जनसंख्या भएका महिलाहरुको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

 

“नेपालको गाउँगाउँमा जसरी महिला स्वास्थ्य स्वयंसेविकाहरु सामुदायिक स्वास्थ्य सेवाको मेरुदन्डका रुपमा काम गर्नुभएको छ, त्यस्तै गरी हाम्रा छोरी र दिदीबहिनीहरुलाई इन्टरनेट प्रविधीको प्रयोग मार्फत मानिसको जीवन सरल परिवर्तनको संवाहकका रुपमा सहभागि गराउन आवश्यक छ । अनि मात्रै डिजिटल नेपालको सपना पूरा हुन सक्छ ।” 

 

यो अभियानले नेपाल सरकारको स्मार्ट सिटि र डिजिटल नेपालको सपनालाई टेवा पुर्याउने अग्रवालको विश्वास छ । 

 

सबै इच्छुक दिदीबहिनीहरुलाई यस अभियानमा सामेल भई आफ्नो डिजिटल र वित्तीय क्षमता अभिवृद्धि गर्न र समुदायमा रोल मोडेल भई मानिसहरुको दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन आह्वान गरिएको छ । 

 

स्मार्ट छोरी अभियानमा कसरी सहभागी हुने ?

 

१५ देखि ३५ वर्षसम्मका किशोरी तथा महिलाहरुले ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी उक्त एपको गृह पृष्ठमा दिइएको ‘स्मार्ट छोरी’ ब्यानरमा क्लिक गरी यो अभियानमा जोडिन सक्नेछन् । यो इ(लर्निङ प्लाटफर्म महिला प्रयोगकर्ताहरुलाई मात्रै उपलब्ध छ । 

खल्ती एप गुगल प्ले स्टोर तथा एप स्टोरमा गई खल्ती टाइप गरेर वा यो लिङ्क (https://play.google.com/store/apps/details?id=com.khalti) मार्फत डाउनलोड गर्न सकिन्छ ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आजको मौसमः बिहानैबाट वर्षा, सतर्क रहन आग्रह

  • 10 minutes ago
आजको मौसमः बिहानैबाट वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । हाल भारतको छत्तिसगढको उत्तरी क्षेत्रमा न्युन चापीय क्षेत्र रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । यस्तै यो न्युन चापिय क्षेत्र पश्चिम/उत्तरपश्चिमतिर सरेको पनि महाशाखाले जनाएको छ

क्यानले गर्यो क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

  • 18 minutes ago
क्यानले गर्यो क्रिकेट खेलाडीको वर्गीकरण र सम्झौता

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पुरुष र महिला खेलाडीसँग एक वर्षका लागि सम्झौता गरेको छ ।

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

  • 28 minutes ago
असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।



पर्यटन

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

सिद्ध मकरीकोट पदमार्गमा ८ हजार २८२ खुट्किला निर्माण हुँदै

दार्चुला । सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार र अपी हिमाल गाउँपालिकाको लगानीमा अपी हिमाल गाउँपालिका–४ देखि वडा नं ५ जोड्न निर्माण हुँदै गरेको सिद्ध मकरीकोट पदमार्ग । हालसम्म एक हजार ४७४ मिटरमा तीन हजार ७०० खुट्किला निर्माण भइसकेको छ भने पदमार्ग सम्पन्न हुँदा आठ हजार २८२ खुट्किला निर्माण हुनेछन् ।

जीवनशैली

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

असल बुहारीमा हुनुपर्ने यी १० गुणहरु !

काठमाडौं । जब कोही महिला बिहे गरेर बेहुलाको घर जान्छन् तब उनको मनमा अनेक प्रश्नहरु पैदा हुन्छन्, की उनले बेहुलाको परिवारमा आफ्नो कर्तव्य राम्रो सँग निभाउन सफल हुन्छु या हुँदिन भनेर ।

विचित्र विश्व

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

कतिपयले ढिलो विवाह गर्नुको कारण यस्तो पनि !

एजेन्सी । अमेकिाको ओहियो स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताका अनुसार महिला जसको विवाह कम उमेरमा भएको छ तर विवाह टिकेको छैन वा डिभोर्स भएको छ भने उनीहरुको बच्चाहरु विवाह गर्न ढिला रुचाउने गर्छन् ।