स्मार्ट लाइसेन्स छाप्ने मास प्रिन्टर आइपुग्याे, प्रयाेगमा आउन डेढ महिना लाग्ने

फाइल फाेटाे

काठमाडौँ । झण्डै १० लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी रहँदा सरकारले ‘मास प्रिन्टर’ भित्र्याएको छ । आज दिउँसो मात्रै प्रिन्टर आइपुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।

 

एक-डेढ महिनापछि सो उपकरण प्रयोगमा आउने विभागका प्रवक्ता तीर्थराज खनालले बताए । उपकरण आएपछि त्यसको जडान, परीक्षणलगायतका काम सकिएपछि नियमित रुपमा सञ्चालनमा आउने उनले बताए । विभागले मद्रास प्रिन्टर प्रालिमार्फत प्रिन्टर खरीद गरेको हो । 

 

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरणमा रहेको ढिलाइ हटाउनका लागि ‘मास प्रिन्टर’ खरीद गरिएको उनले बताए । प्रवक्ता खनालले भने, ‘प्रिन्टरले नियमित रुपमा काम गर्न सुरू गरेपछि अहिले रहेको समस्या समाधान हुनेछ ।’

 

सरकारले गतवर्ष ग्लोबल बोलपत्रमार्फत प्रिन्टर खरीद प्रक्रिया अघि बढाएको थियो । प्रिन्टर खरीदका लागि तोकिएको अवधि गत महिनामा नै सकिएको थियो । तोकिएको अवधिमा प्रिन्टर नआएपछि आफूहरु ठेकेदार कम्पनीलाई नियमित रुपमा घचघचाइरहेको विभागले जनाएको छ । 

 

विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेसिन) को क्षमताभन्दा धेरै कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमा चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ । 

 

विभागमा अहिले नौ वटा उपकरण रहेका छन् । तीमध्ये छ/सात वटाले मात्रै नियमित काम गरिरहेको प्रवक्ता खनालले बताए । विभागले नयाँ वा नवीकरणका लागि परेका आवेदनबाट एक वर्ष वा त्योभन्दा पहिलेदेखिको कार्ड छाप्न बाँकी छ । 

 

सरकारले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमति सुरू गरेदेखि नै सेवाग्राहीले समयमै चालक अनुमतिपत्र पाएका थिएनन् । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तीर्ण गरेकाको चालक अनुमतिपत्र छपाइ यातायात व्यवस्था विभागले गर्दै आएको छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना नियन्त्रणमा 'असफल' भएपछि आत्मसमपर्णको बाटोमा सरकार

  • 6 minutes ago
कोरोना नियन्त्रणमा 'असफल' भएपछि आत्मसमपर्णको बाटोमा सरकार

नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६१ हजार ६०० भन्दा बढी पुगेको छ । शुक्रबार हालसम्मकै उच्च २ हजार २० जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या बढेको हो । शुक्रबार जम्मा ११ हजार ४५८ स्वाब परीक्ष

आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

  • 46 minutes ago
आज छैटौं संविधान दिवस, प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । आज असोज ३ गते अर्थात् संविधान दिवस । आज देशभर विभिन्न कार्यक्रम गरी छैटौं संविधान दिवस मनाइँदै छ ।

इराकको कमाइ बिर्साउने व्यवसाय

  • 58 minutes ago
इराकको कमाइ बिर्साउने व्यवसाय

गलेश्वर । वैदेशिक रोजगारीका लागि सात वर्षअघि इराक गएका म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर हुलाकेका नरबहादुर थापाको कमाइ राम्रै थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।