हिमपहिरोमा परी मृत्यु हुने पर्वतारोहीको सङ्ख्या १० पुग्यो, अझै १८ वेपत्ता

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको मृत्यु भएको पुष्टि भएको छ भने आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

 

भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वित्तीय’ हिमालको चुचुरोनजिक मङ्गलबार बिहान भएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी वेपत्ता भएका थिए । उनीहरूमध्ये चार जनालाई सोही दिन मृत अवस्थामा भेटिएको थियो । 

 

भारी हिमपात र वर्षाका कारण रातिमा खोजी असम्भव भएको थियो । यद्यपि भारतीय वायु सेना र स्थानीय विपद् एजेन्सीले उद्धार कार्यमा सहयोग गरिरहेका बताइएको छ । “उद्धार टोलीले १० जनाको शव फेला पारेको छ,’ उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा भनेको छ ।

 

समुन्द्री सतहबाट करिब चार हजार ९०० मिटर ९१६ हजार फिट० को उचाईमा रहेको हिमपहिरोबाट हालसम्म १४ जनाको उद्धार गरिएको छ भने पाँच जनाको उत्तरकाशीको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रहरी फुटेजमा उद्धार गरिएका धेरै आरोहीहरू शहरमा आइपुगेको र अधिकारीहरूको सुरक्षामा बिना कुनै सहायता हिँडडुल गरिरहेको देखिएको छ ।

 

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ट्वीटरमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी भारतीय आरोही सविता कंसवालको मृत्यु भएको पुष्टि गरेका छन् ।

 

विश्वको सर्वोच्च शिखर र नजिकैको मकालु हिमाल १६ दिनमा आरोहण गरी महिलाहरूतर्फको रेकर्ड बनाएकी थिइन् । धामीले हिमपहिरोमा परी घाइते भएका र मृतकका परिवारलाई सरकारले तत्काल आर्थिक सहयोग गर्ने बताए ।

 

राज्य विपद् निकायका प्रवक्ता रिधिम अग्रवालले एएफपीलाई बताएअनुसार हिमपहिरो खसेपछि आरोहीहरू हिउको चिरामा फसेका थिए । नेहरु इन्स्टिच्युट अफ माउन्टेनियरिङका अनुसार आरोहणमा ३४ जना प्रशिक्षार्थी, सात जना प्रशिक्षक र एक जना नर्सिङ असिस्टेन्ट रहेका छन् ।

 

उद्धारकार्यमा सघाउन वायु सेनाका दुई वटा हेलिकप्टर पठाइएको विपद् व्यवस्थापन विभागका वरिष्ठ अधिकारी देवेन्द्रसिंह पटवालले एएफपीलाई जानकारी दिए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड परिवारसहित सुकुटे पुगे

  • 3 hours ago
प्रचण्ड परिवारसहित सुकुटे पुगे

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नो परिवारसहित सुकेटे पुगेका छन्। प्रचण्ड रिफ्रेस हुन परिवारसहित सिन्धुपाल्चोकको सुकेटे पुगेका हुन्। बुधबार दिउँसो सुकुटे पुगे

आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

  • 4 hours ago
आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको गगन थापाको भनाई

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टी संसदीय दलको चुनावमा केन्द्रित रहेको बताएका छन्। बुधबार महिला सुरक्षा दबाब समूह नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै क

समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

  • 4 hours ago
समानुपातिकतर्फ एकीकृत समाजवादीले ल्यायो २.९ प्रतिशत मत

काठमाडौँ। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमालेले २७ लाख २० हजार ६९२ मत ल्याएको छ। निर्वाचन आयोगको अनुसार १ लाख ७१ हजार ३६३ मत गणना गर्दा एमालेले २७.३ प्रतिशत मत ल्याएको हो। समानुपातिकको दो



पर्यटन

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

पर्वतमा जिपलाइनबाट साइकलयात्रा

विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाएका छन् । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाएका हुन् । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउँछन् । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उनले भने । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताए ।

जीवनशैली

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

किन केही मानिसहरू कालो लुगा लगाउन रुचाउँछन् ? शास्त्र र मनोविज्ञान के भन्छ जान्नुहोस्

एजेन्सी । हाम्रो जीवनमा रंङहरुको फरक फरक महत्व हुन्छ । हरेक रङले केही विचार, विचार र ऊर्जा ल्याउँछ। कालो रंगको कुरा पनि त्यस्तै हो । वास्तवमा तपाईले देख्नु भएको होला कि केहि मानिसहरु लगातार कालो कपडा लगाउन रुचाउँछन्।

विचित्र विश्व

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

पेन्टागनको प्रतिवेदनः चीनले बढाउँदै छ आणविक हतियार, २०३५ सम्ममा १५ सय आणविक बम बनाउने

एजेन्सी । पेन्टागनले हालै आफ्नो प्रतिवेदन जारी गर्दै आणविक हतियारबारे चिन्ता व्यक्त गरेको छ । पेन्टागनले आफ्नो प्रतिवेदनमा चीनसँग अहिले ४ सय आणविक बम रहेको र सन् २०३५ सम्ममा कम्तीमा १५ सय आणविक बम बनाउने दाबी गरेको छ ।