सोचको सार्थकता ?

विविधता भित्रको एकता भित्र देखिने अन्तरंगहरुमा पनि अनेकता देख्न सकिन्छ । आफैमा शुद्धता रहनु र भोगाईको गहिराईतामा पुग्नु शाव्दिकतामा एक  भएता पनि यसमा पनि असमानता हुदो रहेछ । यहि पेरिफेरिमा गुज्रिएको कालखण्डहरु परापुर्वकाल देखी निहित स्वार्थ विना गतिशिल वनेता पनि त्यसको आरोह अवरोह जीवनको भोगाई वन्दो रहेछ । यहि भोगाईको परिवन्धित स्वरुप नै जीवनको यहि एउटा अंश रहेछ । त्यहि अंशको कणमा हामी गुज्रिरहेका छौ । 

 

सधै झयालको सानो प्वालमा आँएर वस्ने चरि पनि एक दिन नदेख्दा बेचैन हुने आत्मा, अन्य जीवित आत्माको करुणामा किन विक्षिप्त वन्न सक्दैन । रातको त्यो प्रहरमा सधै देखिने त्यो जीवमा मायाको गुन्जायस हुँदापनि मानव जीवनमा भोग्ने पिडा किन सहज हुन्छ ? भोगाई र देखाईको जीवनमा अविच्छिन्न दुरी रहेको हुन्छ । शाव्दिकतामा भन्दा सतहीमा वाँच्नेहरुका वीचमा हुने अन्तर नगण्य हुने रहेछ । 

 

पल निरन्तर चलिरहयो । समयको यो गतिमा किन तादात्म्यता मिल्न सकेन, अथवा मिलाउन सकिएन । यो सोच जीवनको अमुल्य पलहरु व्यतित हुदाँ किन वोध हुन सकेन ? जीवनको परिभाषा हरेकको उमेर अनुसार फरक फरक हुन्छ, त्यसमा व्यक्तिको चेतनाले मह्त्वपुर्ण भुमिका खेल्दछ । देखिने र भोगिने सम्वन्धमा फरकपनको जव महसुस हुदैन । जीवन स्वतः निरन्तरताको अंश मात्र वन्ने रहेछ । त्यहि अध्यायको शुरुवाती र अन्त्यमा नै जीवनको परिभाषा लुकेको हुदाँे रहेछ ।

 

सोचको गतिशिलता भित्र चेतनाको पनि मुख्य भुमिका रहने रहेछ । देखेको र सुनेको लाई सत्य ठाँन्ने प्रवृक्तिमा उसको चेतनास्तरले मलजल गर्ने रहेछ । नचाहेर पनि यो गतिको सारथी वन्नुपर्ने वाध्यता र समयको घर्किदो पलसँगै जीवनको सोचमा आउने अतिरंजनालाई मलमपट्टि लगाउने साधन नहुँदा  जीवन साच्चै नै कहालीलाग्दो हुदो रहेछ । यहि कहाली लाग्ने जीवनको त्यो अत्यासलाग्दो छट्टपटिलाई समाधान गर्नका लागी यो रफतारमा धेरै नै सोचको विकास हुन पुग्यो, तर त्यसले नतिजा निकाल्न सकेन । सोच र चेतनाको तादात्म्यतामा समयको गतिलाई पक्रन नसक्दा सोचहरु नै थप मानसिक रुपमा पीडाको प्रतिक बनिदियो ।

 

साच्चै कहालीलाग्दो यो जीवन भित्र सरल, रोचक र खुशीका पलहरु सदावहार प्राप्त गर्न सकिदैन होला । अतृप्त भौतिक सम्पतिको प्राप्ति नै जीवनको मुख्य उद्येश्य सोच्नेहरु कालान्तरमा गएर के सोच्लान् ? प्रश्नको पहाडले ढाक्न प्रयत्न गरेता पनि त्यसले सार्थकता पाउन सकेन । कमजोरीलाई सफलताउन्मुख वनाउन सानो सोच र आत्मविश्वासले सम्भव नहुने रहेछ । खुशीको त्यो क्षण समान्य भएता पनि कर्तव्यपथका लागी त्यो वाधक वनिदिदो रहेछ । भएको र हुने भनेको सत्य यहि मात्र रहेछ । जुन हामी सवैले व्यतित गरिरहेका छौ । समयको त्यो प्रहरलाई फर्केर हेर्ने र भोलिको त्यो पललाई सोच्ने कार्यले समाज रुपान्तरणलाई कति मलजल गर्ला, अथवा मस्तिष्कमा झन पिडा वनेर वसिदेला ? जीवनको अर्थ खोज्नेहरुका जीवन सजिलो र आनन्दमा वितेको नजिर छैन । त्यसलाई आत्मासात गरेर अगाडी वढ्ने प्रयत्नले जीवनलाई पिडादायी वनाएर परिवर्तनका लागी अगाडी वढ्ने कि क्षणिक खुशीमा आत्मासन्तुष्टि लिएर वाकी जीवन स्वार्थकेन््िरद्रत, कुष्ठा र व्यक्तिवादी वनाउने ? प्रश्नका संशयवीच रहेको यो सोचले जीवन वाच्न असहज वनाईदियो । समय आफनै गतिमा वग्दै जादाँ समाजिक, भौतिक, शारिरिक परिवर्तनको आभास किन जीवनको उर्वर उमेरमा हु्दैन ? सोचको सार्थकता प्राप्तिमा कार्यन्वयनका लागी किन अग्रसरता लिन सक्दैन ? सार्थकता सहज छैन, तर पनि यो न सोच वाट हट्न सक्दछ, न आत्मासात नै । यो समाज अथवा परिवारको चेतनास्तरले मात्र निर्धारण गर्दछ कि व्यक्तिको सोच र अद्भुत क्षमताले । परिवर्तनलाई आत्मासात समान्य रुपमा मात्रै गर्ने हो भने यो सोचको प्रार्दुभाव किन भयो ? अरुलाई समान्य लाग्ने जीवनगाथा किन यति धेरै जटिल लाग्यो ? मानवताको त्यो कसिमा किन आत्मिक सन्तुष्टिको त्यो विराट सपना र कल्पनाको आभास खोज्न लालयित वनिदियो ? जीवन समान्य वनाउने त्यो अभिलाषा किन कार्यन्यवनमा तदारुकता देखिएन ? मानव जातिको भुमिका र धर्तिमा जीवित प्राणीको भुमिका समान हुन्छ भन्ने हेक्काले किन पाईलाहरु रोकिए ?

 

बाँच्नका लागी न्युनतम आवश्यकता होईन, खोज र सोच नै प्रधान बनिदियो । चुनौतीको पहाडमा किन सिगेरी खेल्ने अभिलाषाले पटक पटक झस्काईदियो ? दिनको प्रहर होस वा रातको त्यो चकमन्नतामा पाईलाको वोझ धर्तिका लागी किन आभास बनिदियो ? जन्म र मृत्यृ वीचको प्रहरमा देखिने गतिविधि समान्य भन्दा असमान्य ठान्ने सोचमा किन यति धेरै विविधता ?

 

शरिरको वोझ पाईलाको माध्यामवाट धर्तिका लागी वोझ भएको अनुभुति प्रत्येक दिनका पलपलमा भईरहयो । यति धेरै आभासले जीवनमा कसरी सन्तुष्टि दिन सक्दछ ? सन्तुष्टिको अनेकन परिभाषामा रङ्गिएको आकारहरुले जीवनलाई सधै सोधिरह्यो, के जीवनको सार्थकता पुरा भयो ?

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

  • 55 minutes ago
रहेनन् बेलायतको नेपाली समाजका अगुवा तथा बुद्धिजिवी डा. चन्द्र लक्सम्बा

लन्डन । बेलायतको नेपाली समाजका अगुवा तथा पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । डा. लक्सम्बालाई कोरोनाको लक्षण देखिएपछि फ्रिम्ली पार्क अस्पताल बेलायतमा भर्ना गरिएको थियो । उनको उपच

'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

  • 2 hours ago
'प्रतिनिधिसभा पुनःस्थापनाका नाममा सडकमा आउन जरुरी छैन'

काठमाडौँ । अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले मुलुक ताजा जनादेशका लागि अग्रसर भइसकेको बताएका छन् । “निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुन्छ”, नेपाल प्रेस सङ्गठन रुपन्

भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

  • 2 hours ago
भोलिदेखि भ्याक्सिन लगाउन शुरु गरिने छ: उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट लगाउन शुरु गरिने बताएका छन् । राजविराज रङ्गशालामा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बृहत कार्यकर्ता भ



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

खाली पेटमा खान नहुने यी चिजबारे जानौं

एजेन्सी । हामी अफिस जाने हतारोले खाली पेटमा जेसुकै खाएर पनि जाने गछौं । यो बानी हाम्रै लागि ठिक होइन । चिकित्सकहरुले केही चिज नखान भनेका छन् ।भर्खरै गरेको एक अध्ययनले अब यो कुरालाई प्रमाणित पनि गरिदिएको छ । जानौं कुन चिज खाली पेटमा खानु हुँदैन, जसले स्वास्थ्यलाई हानी गर्छ ।