लाखे नाच्ने मान्छे नभएपछि संस्कृति धान्नै धाै धाै

फाइल फाेटाे

बागलुङ । जेनतेन सोमबार बागलुङ बजारमा लाखे नचाइयो । लाखे नाच्नेमा थिए, २२ वर्षीय आशिष शाक्य । अहिले पोखरामा बसेर अध्ययनरत उनलाई घर आएको बेला लाखे नाच्न जुर्‍यो । 

 

सोमबार पनि दिनभर नाचेर उनी सोही साँझ पोखरा फर्कंदै थिए । जिल्लास्थित शाक्य कल्याण समाजले आशिष घर आएको मौका छोपेर लाखे निकालेको हो । उनी नभएको भए लाखे नाच अझै पछि धकेलिन्थ्यो । परम्पराअनुसार साउन कृष्ण पक्षको चतुर्दशीका दिन पर्ने गठेमङ्गलदेखि लाखे नचाउने चलन थियो । 

 

अन्यत्र लाखेको रौनक सुरु भइसक्दा पनि बागलुङमा भने नाच्ने मान्छे नै नहुँदा अन्यौल थियो । शाक्य पोखरा फर्केपछि लाखे नाच फेरि के हुने हो ? भन्ने चिन्ता छ । उक्त नाचको कला र शिल्प पुस्तान्तरण नहुँदा यस्तो समस्या भएको हो ।

 

‘मेरो उमेरका मबाहेक लाखे नाच्ने अरू कोही पनि छैनन्’, आशिषले भने, ‘मैले सानैदेखि अरूले नाचेको हेरेर सिकेको हुँ ।’ लाखेको मुकुट गह्रुँगो हुने हुँदा नाच्न कठिन हुने र त्यसैमाथि पनि गर्मीले खप्नै गाह्रो हुने उनको भनाइ थियो ।

 

केही वर्षअघि नयाँ पुस्तालाई लाखे नाचको तालीम दिनेबारे कुरा चले पनि त्यो त्यत्तिकै हराएको आशिषको गुनासो थियो । लाखे नाच्ने अघिल्लो पुस्ताका बाबुलाल शाक्य, राजकुमार शाक्यलगायत बसाइँसराइ र अन्य कारणले जिल्ला बाहिर छन् ।

 

उक्त नाचमा ढोलक, झ्याली, बाँसुरीलगायत बाजा बजाउने थोरै मात्र कलाकार जिल्लामा छन् । पुस्तान्तरणको अभावमा ३०० वर्ष पुरानो लाखे नाचको अस्तित्व नै लोपहुने सम्भावना बढेको छ । 

 

नेपाल भाषा मंकाः खलःका जिल्ला अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले नेवार समुदायमा हुने बसाइँसराइ, युवाहरु पढ्न बाहिर जाने प्रवृत्तिले पुराना कला र संस्कृति सङ्कटमा पर्न थालेको बताए । 

 

‘पहिले कृषिमा आधारित जीवनशैली थियो, सबै एकै ठाउँ बस्थे’, उनले भने, ‘अहिले सानैदेखि पढ्न बाहिर जाने चलनले गर्दा युवामा पुरानो भाषा, कला हस्तान्तरण हुन सकेन ।’

 

लाखे नाच जस्तै अन्य परम्परागत नेवारी गीत, नाच र संस्कृतिको संरक्षणमा नेपाल भाषा मंकाः खलः र शाक्य कल्याण समाजले अगुवाइ गरिरहेका छन् । समाजका अध्यक्ष गगनलाल शाक्यले उक्त नाच पुस्तान्तरणका लागि प्रशिक्षणको आवश्यकता रहेको बताए । 

 

‘स्थानीय तहसँग समन्वय गरेर तालीम सञ्चालन गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘नयाँ पुस्ताले पनि आफ्नो कला, संस्कृतिप्रति चासो दिन जरुरी  छ ।’ तीन सय वर्षअघि भक्तपुरबाट बागलुङ आएका नेवारसँगै लाखे नाचको संस्कृति भित्रिएको संस्कृतिकर्मी मुकुन्द शाक्यले बताए । 

 

इतिहास बोकेको लाखे नाच हराउने हो कि भन्ने चिन्ता उनमा पनि छ । ‘लाखे नाच्ने मान्छे नै छैनन्, बाजा बजाउने पनि एकाध मात्र छन्’, उनले भने । लाखे नाच गठेमङ्गलमा सुरु गरी तीजमा अन्त्य गर्ने  चलन छ । प्राचिन कालमा राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति वियोगमा ह्विहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती छ ।

 

त्यसको प्रतीकस्वरुप नेवार समुदायले बर्सेनी लाखे नाच प्रदर्शन गर्दै आएको संस्कृतिकर्मी शाक्यको भनाइ छ । नेवारको जात र स्थानअनुसार फरक–फरक तरिकाले लाखे नाच नचाउने गरिन्छ । 

 

बागलुङमा भने वर्षे नाचसँगसँगै लाखे नाच निकाल्ने गरिन्छ । लाखे नाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिँगारेर लाखे नचाउने गरिन्छ ।

 

जिल्लाका नेवार समुदायले वर्षे नाचका रुपमा लाखे, होबा, कटुवाल, रोपाइँ, जोगीलगायत नाच संरक्षण गर्दै आएका छन् ।


थप समाचार

बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

  • 8 minutes ago
बल्ल पूर्णता पायो काँग्रेसको केन्द्रीय विभागले

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गर

एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वल्र्ड रेकर्ड

  • 17 minutes ago
एकै दिनमा नेपाललाई १७ विधामा १० फरक वल्र्ड रेकर्ड

काठमाडौँ । नेपाली गीत सँगीतबाट फेरी एउटा ईतिहाँस कायम भएको छ । यो इतिहाँस नेपालका लागि मात्र नभएर विश्वका लागि गीतकार डा. डि आर उपाध्यायले कायम गरेका छन् ।

यो हो विश्वकै अग्लो जिराफ

  • 42 minutes ago
यो हो विश्वकै अग्लो जिराफ

एजेन्सी । जनावरमा स्वाभाविक रुपमा अग्लो जनावर भनेर चिनिन्छ जिराफ । जिराफको समूहमध्ये पनि सबैभन्दा अग्लो जिराफ कुन होला ? भन्ने जिज्ञासा हामीमा हुन्छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

गर्मीमा छालाको समस्या, कसरी गर्ने छालाको सुरक्षा

चितवन । चितवनमा केही दिनदेखि तातो हावा चल्न थालेकाले जनजीवन अस्तव्यस्त बनेको छ । बढ्दो गर्मीका कारण छालाजन्य रोगबाट बच्न छालालाई घामबाट जोगाउन चिकित्सकले सुझाव दिएका छन् । गर्मीको मौसम छालाका लागि चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ ।