'किम नमानेको भए सोलेमानी झै मारिने थिए'

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । अमेरिकाले इरानका सैन्य  प्रमुखको हत्या गरेपछि विश्वभर तेस्रो विश्युद्धको सन्त्रास फैलिएको थियो । सोलीमानी अमेरिकाले नरुचाइएका व्यक्ति हुन् । 

 

अमेरिकाले उनलाई लामो समयदेखि निग्रानीमा राख्दै आइरहेको थियो । मिडिया रिपोर्टका अनुसार उनको हत्या गर्ने षड्यन्त्र लामो समयदेखि अमेरिकाले बुनिराखेको थियो । इराकमा सैन्य कार्यक्रमका लागि उनी पुगेको चाल पाएपछि अमेरिकाले उनीमाथि ड्रोन आक्रमण गरेको थियो । 

 

उनको हत्यासँगै विश्व पनि दुई भागमा बाडिएको छ । इरान पक्षधर र अमेरिका पक्षधर । इराकमा रहेको सैनिक बेसक्याम्पमा इरानले आक्रमण गरेपछि थप युद्धको संकेत बढिरहेको सुरक्षाविद्हरुले बताएका छन् । 

 

सुरक्षाविद्हरुले यो घटनालाई उत्तर कोरियासँग पनि जोडेर हेरेका छन् । उनीहरुले भनेका छन्,‘अमेरिकाका लागि कुनै पनि खतरनाक व्यक्ति होस् वा हतियार त्यो अमेरिकाले ध्वस्त पारेरै छोड्छ ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले समेत भनेका छन्,‘अमेरिकी नागरिक मार्नेलाई अमेरिकाले कुनै पनि हालतमा छोड्दैन । अमेरिकालाई धम्की दिने देश कसैलाई पनि माफी दिनेछैन ।’

 

सन् २०१७ को अप्रिलमा अमेरिका र उत्तर कोरियाको सम्बन्ध हालभन्दा पनि खतरनाक रहेको थियो । उत्तर कोरियाले एकपछि अर्को आणविक हतियार प्रक्षेपण गरेपछि अमेरिका लगायत विश्वका शक्तिशाली देशहरु तनावमा रहेका थिए ।

 

अमेरिका र उत्तर कोरियाबीच वाकयुद्ध लामै समय चल्यो । अमेरिकाले उत्तर कोरियामा आक्रमण गर्ने सोच बनाइसके पनि पछि मध्यस्तकर्ता बनेका केही देशहरुले समस्या समाधानका लागि पहल गरे ।

 

नभन्दै ट्रम्प र किमबीच दुईपटक भेटवार्ता भइसकेको छ । आज पनि उत्तर कोरिया र अमेरिकाबीच त्यति राम्रो सम्बन्ध भने रहेको छैन । तर, उत्तर कोरियाले सन् २०१७ मा केही घटना घटाएको भए उत्तर कोरियाका शासक किम जोङ उन सोलिमानेको झै मारिने निश्चित थियो भन्दै सुरक्षाविद्हरुले बताएका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल

  • 33 minutes ago
खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।

आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

  • 51 minutes ago
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक

नेपालमा थप ४० जनामा कोरोना संक्रमण

  • 1 hour ago
नेपालमा थप ४० जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक



पर्यटन

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

विदेशी पर्यटक आवागमनको संख्या घट्दै

काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।