तुईनको समस्यामाथि गायक सोनाम शेर्पाको चिरफार

Global IME
Mega Bank
Norvic Hospital

नेपाली समाज आधुनिकतातिर लम्किरहेको छ । आधुनिकतासँगै प्रविधिमैत्री हुन विरलैलाई मात्रै छेकेको देखिन्छ । आधुनिक समाजमा समयसापेक्ष रुपमा आफ्नो इच्छाहरु जाहेरपनि उसैगरी गरिरहेका छन् । सामाजिक रुपान्तरण र चेतना अभिवृद्धिले यतिबेला सबैलाई छुनु स्वभाविक हो । 

 

यही सामाजिक विकासभित्र आफ्ना सन्तानका खुसीका सिमाहरु पनि निर्धारण गर्न थालेर नयाँ पद्धतीको विकास गरेका छन् ‘पेम्बा शेर्पा’ ले । रामेछाप गुम्देल पुख्र्यौली भएपनि भारतमा जन्मिए । पछि पेम्वाको राजधानी काठमाडौंमै कर्मथलो हुन थाल्यो । 

 

राजधानीको बेसीगाउँमा बस्दै आएका पेम्बा र डोमा शेर्पाको सानो सुखी परिवार छन् । छोराछोरी र आफूहरु गरी ४ जनाको परिवार यही शहरमा बस्दै आएका छन् । पेम्बा शैक्षिक परामर्श संस्था सञ्चालन गरेर अर्थोपार्जनतिर लागेका छन् भने डोमा वैदशिक रोजगारीका क्रममा इजारयलतिर नै बस्छन् र आफ्नो सन्तानको खुसीका लागि पसिना बगाउँछन् ।

 

यीनै सुन्दर परिवारमा जन्मिने भाग्यमानी हुन् ‘कुसाङ सोनाम शेर्पा !’ परिवारमा उनलाई गायक बनाउने बुबा र आमाको उत्कृष्ट चहनाले यतिबेला उनी ‘गायक’ बनेका छन्  । उमेरले १६  लाग्दै गरेका सोनामले भर्खरै ‘तुईन’ गीतमा स्वर दिए र म्यूजिक भिडियोमा मूख्य भूमिकामा अभिनय समेत गरे । उनको गीत सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक भएको छ । लगतै धेरैले मन पराएका छन् ।

 

हालका प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा पहिलो निर्णयमै नेपालमा रहेका अधिकांश तुईन विस्थापन गर्ने निर्णय गरे । तर सोचे अनुसार निर्णय कार्यान्वयन भने भएको पाइएन । पछि गायिका आनि छोइङ डोल्माले जनतासँग प्रधानमन्त्री कार्यक्रममा अत्यन्तै मर्मस्पर्शी शब्दसहित प्रधानमन्त्रीलाई सम्बोधन गर्दै १ करोड रुपैयाँ तुईन विस्थापनका लागि सहयोग गरे । 

 

यतिबेला त्यही तुईनमाथि शीर्ष गीत सोनामले बजारमा ल्याएर अर्को चर्चा छ । तुईनमार्फत यात्रा गर्दा खेप्नुपरेको सास्ती र अकालमा मृत्युवरण गर्नुपर्ने बाध्यात्मक अवस्था गीतमा चित्रण गरिएका छन् ‘कुसाङ सोनामले ।’ आबेश भूमरिको शब्द र चल्तीका संगीतकार टीका भण्डारीको संगीतले भरिएको गीतमा सोनामका साथमा सुप्रिय कट्वालले अभिनय गरेका छन् ।

 

व्यवस्थापन विषय अध्ययन, मोडल भन्ने धोको बोकेका सोनाम यतिबेला कक्षा ११ मा पढिरहेका छन् । होटल व्यवस्थापनमा उनी यतिबेला लिवर्ड एकेडेमी अत्तरखेलमा पढिरहेका छन् । पढाईसँगै मोडलिङ गायनलाई अघि बढाउने जीवन लक्ष्य बनाएर अघि बढेका सोनामको गायकी नयाँ भने होइन । 

 

कक्षा ८ मा पढ्दा नै अहिलेको गीत उनले गाउने चाहेका थिए तर परिवारले पढाईमा असर पुग्ने भन्दै गाउन दिएन । तर, दुई बर्षपछि अहिले उनले त्यही शब्दको गीत गाए । कान्तिपुर एकेडेमीमा दुई बर्षको उमेरमै विद्यालय जना पाएका सोनामले पछि मन्जुगोसा स्कूल टुशालमा पढे ।

 

६–७ बर्षको हुँदादेखि नै गुनगुनान थालेका सोनामले विद्यालयमा हुने स्टेज कार्यक्रमहरुमा दर्जनौं पटक प्रस्तुती दिएका छन् ।  प्रवेशिकामा ३.७० अंक ल्याएका सोनाम पढाईमा पनि उत्तिकै अब्बल छन् । शिक्षा विनाको जीवन अधुरो हुने बुझेका उनका परिवारले उनलाई गायन भन्दापनि उच्च शिक्षामै जोड दिन सुझाउँछन् । 

 

गायनमा प्रेरणा आफ्नो बुबा आमाबाट प्राप्त गरेको बताउने सोनामलाई गायकको रुपमा चिनाउनका लागि आमा डोल्माले अनलाईनबाटै राम्रो संगीतकारलाई भेटका थिए । गायक राजु लामालाई मन पराउने बताउने सोनामको स्वर परिक्षण रेडियो नेपालमै भयो । स्वर परीक्षा उत्तीर्ण भएपछि उनले गायनमा औपचारिक रुपमा कदम बढाउने मौका पाए ।  एक महिनाको स्वर कक्षासमेत लिएका सोनामले शेर्पा कलाकार संघले आयोजना गरेको कार्यक्रममा गाएर शेर्पा समुदायमा आफ्नो परिचय दिए ।

 

अनुशरणीय अभिभावकत्व

छोराको स्वरमा गीत सार्वजनिक भएपछि सोनामका बुबाले नै छोरालाई सञ्चारकर्मीहरुसँग भेट गराए । उनी आफ्नै छोरालाई साथमा लिएर अन्तर्वार्ता र प्रचारका लागि दौडिए । मिडिया प्रचारमा लागिपरे । उता आमा डोल्माले पनि अनलाईनमार्फत छोराको गीतको प्रचारप्रसारका लागि उत्तिकै भूमिका खेलिरहेकी छिन् ।  

 

सोनामका बुबा पेम्बाले भने, ‘हामीले जति सुकै दुःख गर्नु, पैसा कमाउनु यही सन्तानको खुसीको लागि हो । अहिले छोराले गायनमार्फत नाम चम्काउने रुची देखाएको छ । उनको सपना र रुची पूरा गर्नु हाम्रो दायित्व हो । त्यसैले म आफ्नै उनकालाई लिएर मिडियामाझ प्रस्तुत भएको छ  ।’

 

समुदायको भूमिका

शेर्पा समुदाय यतिबेला आफ्नो कला, संस्कृति, परम्परागत मान्यताहरुलाई संरक्षण गर्दै पहिचानलाई उच्चतम विन्दुबाट अनुसरण गर्ने पाटोमा लागिरहेका छन् । यही अभियानलाई सफल बनाउन शेर्पा युवाहरुले विभिन्न तौरतरिबाट भूमिका खेलिरहेका छन् । 

 

यसै मध्येमा एक अभियान्तका रुपमा यतिबेला कुसाङ सोनाम शेर्पा देखिए । उनले गायनको माध्यमबाट समुदायको श्रीबृद्धिका लागि अब भूमिका निर्वाह गर्न थालेका छन् । शेर्पा समुदायमै यस्तै नवप्रतिभाहरुलाई उचित स्थान दिने र ख्यातीमार्गमा डोहोर्याउन हिमालयन शेर्पा सांस्कृतीक केन्द्र, नेपाल शेर्पा संघ, शेर्पा कलाकार संघ लगायत बग्रयाल्ती संस्थाहरु स्थापना भएका छन् । 

 

सचेत समुदायले अब यीनै नभप्रतिभाहरुलाई साथमासाथ दिँदै उज्जवल भविष्य र समुदायको निधीको रुपमा आपनत्व ग्रहण गर्दै अघि बढाउन योजनाहरु बुन्नुपर्ने देखिन्छ । कुसाङ सोनामलाई शुभकामना, सन्तानका खुसीका लागि अभिभावकहरुको भूमिका र उत्कट चहनाप्रति नमन !

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

  • 10 minutes ago
सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

एजेन्सी । सन् २०२२ लाई बिदाइ गर्ने समय आएको छ । बलिउडको हिसाबले २०२२ संघर्षपूर्ण वर्ष रह्यो । जहाँ दिग्गज स्टारका फिल्मले समेत बक्स अफिसमा निकै नराम्रो घाटा सहनु पर्यो । कमजोर कथा, पुरानै ढाँचा, कमजोर

लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

  • 58 minutes ago
लुम्बिनीको प्रदेश राजधानी तत्काल नसार्न एमालेको माग

बुटवल । नेकपा एमाले रुपन्देहीले लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलबाट सार्ने निर्णय तत्काल रोक्न माग गरेको छ ।

'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

  • 1 hour ago
'राजमार्गमा १२ गुणस्तरीय रेस्ट एरिया बनाउदैछौँ'

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेले राजमार्गमा गुणस्तरीय शौचालय बनाउने जानकारी दिएका छन् ।



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।