दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

Norvic Hospital

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।

 

“दुःखको कुरा, हामीले एउटा नयाँ विविधता भएको भाइरस पत्ता लगायौँ र यो नै दक्षिण अफ्रिकामा सङ्क्रमण दर बढ्नुको चिन्ताको कारण हुनसक्छ,” भाइरलोजिस्ट टुलियो डे ओलिभेराले पत्रकार सम्मेलनमा बताए । 

 

बी.१.१.५२९ वंश संख्या मानेको यसद्य भेरिएन्टमा ‘धेरै संख्यामा उत्परिवर्तनहरू रहेको उनले बताए । 

 

दक्षिण अफ्रिकाबाट आएका यात्रुमाझ बोत्स्वाना र हङकङमा पनि यो पत्ता लागेको उनले बताए ।

 

स्वास्थ्य मन्त्री जो फाहल्लाका अनुसार विरामीमा देखिएको समस्याका पछाडि यो विविधता ‘गम्भीर चिन्ताको’ विषय भएको छ । दक्षिण अफ्रिकामा यस महिनाको सुरुतिर १०० जनाको दरमा दैनिक कोभिड सङ्क्रमित देखिएकोमा बुधबारको संक्रमण एक हजार २०० भन्दा बढी पाइएको छ । गत वर्ष दक्षिण अफ्रिकामा यो भाइरसको ‘बीटा’ भेरिउन्ट भेटिएको थियो यद्यपि अहिलेसम्म यहाँ संक्रमितहरूमा डेल्टा भेरिएन्ट नै बढी पाइएको थियो ।डेल्टा भेरिएन्ट सुरुमा भारतमा पत्ता लागेको थियो ।

 

अफ्रिका महादेशभरमा सबैभन्दा धेरै महामारीबाट प्रभावितको संख्या दक्षिण अफ्रिकामा छ, जहाँ लगभग २९ लाख ५० हजार सङ्क्रमित पुगेका छन् र त्यसमध्ये ८९ हजार ६५७ जनाको मृत्यु भएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा, ५५ मिनेटमै सर्भिस सेवा

  • 4 minutes ago
बजाजको नयाँ सर्भिस सेन्टर कुपण्डोलमा, ५५ मिनेटमै सर्भिस सेवा

काठमाडौँ। बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले कुपण्डोलमा नयाँ सर्भिस सेन्टर खोलेको छ। अझ बढि सुविधा सम्पन्न सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले कुपण्डोलम

'सामान्थाले नागा चैतन्यसँग डिभोर्स मागेकी थिइन्'

  • 8 minutes ago
'सामान्थाले नागा चैतन्यसँग डिभोर्स मागेकी थिइन्'

एजेन्सी । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता हुन् नागार्जुना अकिनेनी । आफ्नो जेठो छोरा नागा चैतन्यको डिभोर्सलाई लिएर उनले प्रतिक्रिया दिएका छन् ।

पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

  • 19 minutes ago
पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनुपर्छः चित्रबहादुर केसी

काठमाडौँ। राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्रता दिनुपर्ने बताएको छ। बुधबार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पनि विजयी भएपछि धन्यवाद दिन अध



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।