दक्षिण अफ्रिकाः नाइट क्लबमा पार्टी गर्न गएका २२ जना युवाको मृत्यु
- सोमबार, १३ आषाढ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी लन्डन सहरमा एक नाइट क्लबमा कम्तीमा २२ युवा मृत फेला परेपछि सनसनी मच्चिएको छ ।
मिडिया रिपोर्टका अनुसार नाइटक्लबमा युवकहरुको शवबाहेक कैयौं घाइते भएका छन् । घटनापछि त्रासको वातावरण बनेको बताइएको छ । योसँगै मृत्युको कारण भने खुल्न सकेको छैन ।
आकस्मिक सेवामा संलग्न कर्मचारीहरु ठूलो संख्यामा घटनास्थल पुगेका छन् । पूर्वी केपका प्रहरी आयुक्त नोमाथेथेली लिलियन मेनेले घटनापछि नाइटक्लब बाहिर भागदौड भएको बताए।
नाइटक्लबबाट चार जनालाई अस्पताल लगिएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश १८ देखि २० वर्ष उमेर समूहका रहेको उनले बताए ।
मृत्युको वास्तविक कारण खुल्नका लागि शवको पोष्टमार्टम गर्ने प्रक्रिया छिटो अघि बढिरहेको अफ्रिकाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
घटनाबारे कुरा गर्दै देशका गृहमन्त्री भेकी केलाले घटनाबारे अनुसन्धान भइराखेको बताए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सीएनआई रोजगार तथा सीप मेला कात्तिक १७ गतेदेखि हुने
- 57 minutes ago

काठमाडौँ। नेपाल उद्योग परिसंघ (सीएनआई)रोजगार तथा सीप मेला २०७९ कात्तिक १७ गतेदेखि गर्ने भएको छ। मंगलबार सीएनआईले पत्रकार सम्मेलन गर्दै उक्त मेला गर्न लागेको जानकारी दिएको हो। उक्त कार्यक्रम काठमाडौँस्
देउवालाई भेट्न भट्टराई र यादव बालुवाटारमा
- 1 hour ago

काठमाडौँ। नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र महिन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। भट्टराई र यादवले मंगलबार देउवासँग बा
कांग्रेसले पार्टीका स्थानीय जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रम गर्ने
- 1 hour ago

काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि बधाईरशुभकामना तथा अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ ।
पर्यटन
‘जहाँ महादेव विराजमान रहन्छन्’

जलेश्वर । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित बाबा जलेश्वरनाथमा साउन महिनाभरि महादेव विराजमान रहन्छन् भन्ने विश्वासका साथ तीर्थयात्रीको भीडभाड हुने गर्दछ ।
जीवनशैली
दशावतार बालन अवलोकन गर्न रामपुर जाऔँ

“हो हो हो...शङ्खासुर दैत्यले वेद चोरी लग्यो, ब्रह्मा निदाए तहाँ । यी गीतका लय र शब्द सुनेपछि साथीभाइसँग नाच्ने र अभिनय गरेको अहिले ताजै छ तर उमेर ढल्क्यो, बालन नाच्न छाडेको पनि पाँच वर्ष भयो, नाच्न नसके पनि हेर्न भने विभिन्न ठाउँमा पुगेकै हुन्छु ।”
विचित्र विश्व
रुसका ८० हजार सैनिक हताहत भएको अनुमान, गोला–बारुद सकिँदै, त्यसो भए के युक्रेनसँगको युद्धमा हार्दैछन् पुटिन ?

एजेन्सी । युक्रेन र रुसबीच जारी युद्धमा ८० हजारभन्दा बढी रुसी सैनिक मारिएको वा घाइते भएको बताइएको छ । एपीको रिपोर्ट अनुसार पेन्टागनमा रहेका अमेरिकी अधिकारीहरूले सोमबार अनुमान गरेका छन् कि फेब्रुअरीमा सुरु भएको युद्धमा युक्रेनमा हालसम्म ८० हजार रुसी मारिएका वा घाइते भएका छन्।