स्पेनको प्रतिनिधिमण्डल काठमाडौँ आइपुग्यो

Norvic Hospital
  • बिहीबार, ११ कार्तिक, २०७८
  • 4 weeks ago
  • नेपाल

काठमाडौँ । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा स्पेनका सभामुख ब्लान्का र्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज बिहीबार काठमाडौं आइपुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले टोलीलाई स्वागत गरेका छन्। प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, व्यापारीहरू सहभागी छन्। 

 

६ दिनको भ्रमणमा आएको स्पेनी प्रतिनिधिमण्डलले नेपालमा रहँदा विभिन्न विशिष्ट व्यक्तित्वसँग भेटवार्ताका साथै विभिन्न धार्मिकस्थल अवलोकन गर्ने  कार्यक्रम रहेको प्रदेशका सचिव कृष्णहरि खड्काले जानकारी दिए। 

 

उनका अनुसार स्पेनी प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथको अवलोकन भ्रमणका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने र बौद्धनाथमा भिक्षुहरूसहित दीपप्रज्वलन गर्ने कार्यक्रम छ।

 

भ्रमण टोलीले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नेछ।

 

यस्तै परराष्ट्रमन्त्री डा नारायण खड्का र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ। स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्वदेश प्रस्थान गर्नेछ। रासस


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुकुन्दले गरे झापाकी इन्दिरासँग 'इन्गेजमेन्ट'

  • 42 seconds ago
मुकुन्दले गरे झापाकी इन्दिरासँग 'इन्गेजमेन्ट'

काठमाडौं । सामाजिक सञ्जालमा चर्चित मुकुन्द घिमिरे अर्थात् 'मुकुन्दे'ले इन्गेजमेन्ट गरेका छन् ।

३६ मोडल एउटै र्‍याम्पमा

  • 5 minutes ago
३६ मोडल एउटै र्‍याम्पमा

काठमाडौँ । बिगतका बर्ष झै यस बर्ष पनि ‘आइसी डिजाइनर रनवे १०’ फेसन शो आयोजना हुने भएको छ। आइसी कलेजको आयोजनामा आगामी २४ डिसेम्बर (९ पुस) मा आयोजना हुने फेसन शोको नेक्स्ट मोडल्स नेपालले म्यानेजमेन्ट गर्

ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

  • 11 minutes ago
ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले बगरमा पुगेः ज्ञामनाथ गैरे

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समिती सदस्य ज्ञामनाथ गैरे अनिलले प्रतिगमनका मतियार केपी शर्मा ओली आफ्नै अहंकार, घमण्ड र गुटगत राजनीतीले सगरमाथाको शिर देखि अहिले बगरमा पु



जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।