श्रीलंकामा पाँच शंकास्पद आतङ्कवादीका बैंक खातामा अवैध रकम

Global IME
Norvic Hospital

कोलम्बो । श्रीलंकामा पाँच जना शंकास्पद आतङ्ककारीका बैंक खातामा एक अर्ब भारतीय रुपैयाँ भेटिएको एकजना वरिष्ट प्रहरी अधिकारीले बताएका छन् । उनीहरु श्रीलंकामा सक्रिय इस्लामिक चरमपन्थी संगठन नेसनल थहिद जमाथ ९एनटीजे० सँग आबद्ध रहेको एक दिनअघि मात्र थाहा भएको थियो । 

 

एनटीजेसँग आबद्ध रहेको आशंकामा शुक्रबार ती पाँचै जनालाई होरोपाथानामा पक्राउ गरिएको थियो । डेली मिररका अनुसार श्रीलंकामा भएको पछिल्लो बम आक्रमणमा संलग्न जाहरान हासिमलाई पनि गिरफ्तार गरिएको छ ।

 

पक्राउ परेकाहरुमा एक जना होरोपथाना डिभिजनल सेक्रेटारिएटमा कार्यरत विकास अधिकृत, एक जना सरकारी स्कुलका शिक्षक, दुई जना किविलेकाडास्थित अरेबिक कलेजका शिक्षक तथा एक जना केबिथिगोल्लेवाका रहेका छन् ।

 

पक्राउ परेका व्यक्तिहरुले अनुराधापुरा र ट्रिन्कोमालीमा चरमपन्थी प्रशिक्षण दिएका थिए । प्रहरीका अनुसार उनीहरुले दुई वर्षअघि होरोपाथानाको जंगलमा शस्त्र चलाउने सम्बन्धी तालिम पनि लिएका थिए ।

 

गत अप्रिल २१ मा श्रीलंकाका गिर्जाघर र होटलहरुमा भएका बम आक्रमणमा २५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 54 minutes ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।

चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

  • 1 hour ago
चरित्रमा बाँच्ने अभिनेत्री सुरक्षाका नयाँ चलचित्र

चरित्रमा बाँच्ने अभिनेत्रीमा सुरक्षा पन्तको नाम अगाडि आउँछ । उनले अभिनय गरेको चलचित्र र भूमिकालाई हेर्ने हो भने अभिनयप्रतिको समर्पण देखिन्छ ।

महङ्गियो चलचित्र निर्माण

  • 2 hours ago
महङ्गियो चलचित्र निर्माण

नेपाली चलचित्रको अवस्था अहिले उस्तै छ । यो वर्ष हालसम्म प्रदर्शनमा आएका कबड्डी ४, प्रेम गीत ३, महापुरूष र छक्का पञ्जा ४ ले मात्र घरेलु बजारबाट मुनाफा आर्जन गरेको छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।