श्रीलंकामा संकटकालको समय लम्ब्याइयो

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । श्रीलंकामा संकटकालीन अवस्थाको समयावधि लम्ब्याइएको छ । श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याएको प्राप्त समाचारमा जनाइएको छ ।

 

राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार एक निर्देशिका जारी गर्दै यहाँको संकटकालीन अवस्थाको समयावधि थप लम्ब्याइएको जानकारी दिएका हुन् ।

 

उनले यहाँका नागरिकको सुरक्षाको अवस्थालाई मध्यनजरगरी यो अवधि थप लम्ब्याइएको पनि सो निर्देशिकामा स्पष्ट गरेका छन् ।

 

गत अप्रिल महिनामा भएका आतंककारी हमलामा परी २५८ जनाको ज्यान गएको थियो । सो आक्रमण श्रृंखलाबद्ध रुपमा भएको थियो ।

 

त्यस हमलापछि श्रीलंकामा ठूलो आतंक फैलिएको थियो । त्यस हमलापछि त्यसमा संलग्नहरुको खोजीका क्रममा अहिले पनि कम्तीमा १०० जना व्यक्ति त्यहाँको जेलमा रहेका छन् ।

 

राजधानी कोलम्बोमा रहेका तीन ओटा चर्च र अरु तीन ओटा पाँचतारे होटलमा यस्तो हमला भएको थियो । हुन त मे महिनाको अन्तिम तिर श्रीलंकाली राष्ट्रपति सिरिसेनाले पश्चिमा देशहरुका कूटनीतिज्ञहरुसँग कुराकानी गर्दै देशको शान्ति सुरक्षाको अवस्था पहिलेकै अवस्थामा पुगेर सामान्य भइसकेको भन्दै यही जुन २२ मा सकिने संकटकालको अवस्थाको अवधि नबढाउने बताएका थिए ।

 

तर उनले आज संकटकालीन अवस्थाको समयावधि बढाएकोमा सबैले आश्चर्य मानेका राजधानी कोलम्बोबाट प्राप्त समाचारमा जनाइएको छ ।

 

सार्वजनिक सुरक्षाका लागि संकटकाल फलदायी भएको र आवश्यक पनि देखिएकाले म्याद थपिएको राष्ट्रपति सिरिसेनाले स्पष्ट पारेका छन् ।

 

उनले हस्ताक्षर गरेर विशेष राजपत्रमा प्रकाशित सूचनाका अनुसार सेवा प्रवाह र दैनिक जीवनमा सहजता आउने उल्लेख गरिएको छ ।  

 

आतङ्ककारीहरुले गत अप्रिल २१ तारिखका दिन आक्रमण गरेका थिए भने राष्ट्रपति सिरिसेनाले त्यसको भोलीपल्ट अप्रिल २२ मा संकटकाल घोषणा गरेका थिए ।

 

सुरुमा एक महिनाका लागि घोषणा गरिएको संकटकाल मे २२ मा एक महिना पुरा भएपछि फेरी एक महिनाका लागि थपिएको थियो । त्यसैलाई निरन्तरता दिदै शनिबार फेरी एक महिनाका लागि थपिएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

  • 4 hours ago
त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाउन नपाउने

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने

डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

  • 4 hours ago
डेंगु संक्रमणबाट एकैदिन ४ जनाको मृत्यु

काठमाडौँ। नेपालमा डेंगु संक्रमणबाट एकै दिन ४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको हो। यो सँगै साउन यता डेंगुबाट मृत्यु हु

चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

  • 4 hours ago
चीनको रेस्टुरेन्टमा आगलागी सत्रको मृत्यु

बेइजिङ। उत्तरपूर्वी चीनको एक रेस्टुरेन्टमा बुधबार आगलागी हुँदा १७ जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन्। स्थानीय सरकारले वेइबो सामाजिक सञ्जाल प्लेटफर्ममा पोष



पर्यटन

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

ऐतिहासिक एवं पर्यटकीय हर्सिङडाँडा

लमजुङ। लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ अवस्थित पर्यटकीय एवं ऐतिहासिक हर्सिङडाँडा। यस डाँडामा राष्ट्रिय विभूति भक्ति थापाले बालापनमा गाईवस्तु चराएको जानकारको भनाइ छ।

जीवनशैली

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।