श्रीलङ्काः मन्त्रिमण्डल विस्तार, अर्थमन्त्रीको अझै टुङ्गो लागेन
- शनिबार, ७ जेष्ठ, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । आर्थिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा सङ्कटबाट मुक्त गराउने जिम्मेवारी पाएको ‘सर्वदलीय सरकार’ ले शुक्रबार मन्त्रीमण्डल बिस्तार गरेको छ ।
पछिल्लो मन्त्रीमण्डलमा अर्थमन्त्रीबाहेक नौ मन्त्रीहरूलाई नियुक्त गरिएको छ ।
राष्ट्रपति गोटबाय राजापाक्षका जेठा दाइ महिन्दा राजपाक्षले श्रीलङ्काको अर्थतन्त्रलाई सङ्कटको सँघारसम्म पुर्याएको आरोप लागेको छ । उहाँको प्रशासनलाई दोषी ठह¥याएपछि प्रधानमन्त्री रनिल विक्रेमासिङ्घेले यस महिनाको सुरुमा प्रधानमन्त्रीका रूपमा पदभार ग्रहण गरेका छन् ।
विक्रमासिङ्घेले अघिल्लो मन्त्रिमण्डल विघटन भएपछि गठबन्धन सरकार बनाउने प्रतिबद्धता जनाउँदै नेतृत्व सम्हालेका थिए ।
कोलम्बोमा उनको कडा सुरक्षा रहेको सरकारी निवासमा राष्ट्रपति गोटबाया राजपाक्ष सामु स्वास्थ्य, शिक्षा र न्यायका लागि नयाँ मन्त्रीहरूलाई शपथ खुवाइएको सरकारले जानकारी गराएको छ ।
मुख्य विपक्षी ‘समागी जन वालवेगया (एसजेबी) पार्टी’का दुई विधायकले नयाँ सरकारमा सामेल हुँन आफ्नो दलबाट राजिनामा दिएका छन् ।
अर्को विपक्षी दल ‘श्रीलङ्का फ्रिडम पार्टी’ले राष्ट्रपति राजपाक्षलाई समर्थन गर्न सहमति जनाएको छ र उसलाई नयाँ मन्त्रीमण्डलमा सामेल गरिएको छ ।
कर्जाका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग प्रमुख वार्ताका लागि जिम्मेवारीसहित आउने अपेक्षा गरिएको अर्थमन्त्रीको जिम्मेवारी भने नयाँ मन्त्रीमण्डल बिस्तार हुँदा पनि खाली राखिएको छ । प्रधानमन्त्रीको कार्यालयले एएफपीलाई जानकारी गराएअनुसार उक्त जिम्मेवारीका लागि अर्को हप्तासम्म लाग्नेछ ।
अर्थमन्त्रीको नियुक्तिमा ढिलाइ हुँदा आईएमएफसँग वार्ताका लागि बाधा पुग्नसक्ने श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले बिहीबार चेतावनी दिएका छन् ।
खाद्यान्न, इन्धन र औषधिजस्ता अत्यावश्यक आयातलाईसमेत धान्न नसक्ने अवस्थामा रहेको श्रीलङ्का सरकारले विदेशी मुद्राको अत्यधिक अभाव झेलिरहेको छ ।
दुई करोड २० लाख जनसङ्ख्या भएको यस एशियाली मुलुकले महिनौंदेखि गम्भीर आर्थिक कठिनाइ भोग्दै आएको छ ।
उपभोक्ताले पेट्रोल, डिजेल र खाना पकाउने ग्यास पाउन सकेका छैनन् भने चामल पीठोजस्ता आधारभूत खाद्यान्नजस्ता सामानसमेतको अभाब झेलिरहेका छन् । यस देशमा लामो समयदेखि मुद्रास्फीति र दैनिकरूपमा आवश्य बिजुलीको पनि अभाव हँुदा घण्टौं लामो लोडसेडिङ् पनि भइरहेको छ ।
पेट्रोल अभावले देशभर यातायात सेवामा समस्या भएकाले सरकारले साप्ताहिक विदाबाहेक शुक्रबार पनि कार्यालय र विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
अधिकारीहरूले भने सरकारले यस हप्ता कोलम्बो बन्दरगाहमा आइपुगेको पेट्रोल ढुवानीको लागि आवश्यक पाँच करोड ३० लाख अमेरिकी डलर जुटाएको दावी गरेका छन् । सप्ताहन्तमा खुद्रा रूपमा आधारभूत सामानहरूको आपूर्ति गर्न ९पम्पिङ स्टेसनहरू० खोल्न सकिने बताइएको छ ।
श्रीलङ्काको केन्द्रीय बैंकले बिहीबार मुलुकको ५१ अर्ब डलरको बाह्य कर्जा पुनर्संरचना ग्यारेन्टी नभएसम्म कम्तीमा अर्को छ महिनाका लागि वैदेशिक ऋण चुक्ता गर्न नपाउने घोषणा गरेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो
- 4 minutes ago

काठमाडौँ। नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ। आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति
आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही
- 10 minutes ago
काठमाडौँ। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई जवाफी कारबाही गरेका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सचिवालय
आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी क्लिनिकमा विशेष छुट
- 18 minutes ago

काठमाडौँ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ग्यालेक्सी स्पेसियालिटि क्लिनिक प्रा.लिसँग सम्झौता गरेको छ । इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटि क्लिनिकबिच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।