बलिउडमा सौतनी परिवारको सम्बन्ध

Global IME
Norvic Hospital

एजेन्सी । बलिउडमा केही यस्ता सम्बन्धहरु छन् जसले तपाईलाई आश्चर्यमा पार्न सक्छ । सौतनी आमासँगको सम्बन्धलाई लिएर बेलाबेलमा बलिउडमा चर्चा हुनेगर्छ । कतिपय सेलिब्रिटीको राम्रो सम्बन्ध रहेको छ भने कतिपयले बुबालाई दोष दिर्दै नामबाट थर पनि हटाउने काम गरेका छन् । 

 

आउनुहोस् हेरौ केही यस्तै सम्बन्धहरु

१. प्रतिक र नादिरा बब्बर

प्रतिकलाई जन्म दिएको केही दिन पश्चात स्मिता पटेलको मृत्यु भएको थियो । स्मिता, राज बब्बरकी दोस्री श्रीमती थिइन् । प्रतिकलाई हुर्काउने काम हजुरबा–हजुरआमाले गरेका थिए । पितासँग सम्बन्ध बिग्रेकै कारण प्रतिकले थर हटाउने काम गरेका थिए । पिता तथा सौतनी आमाप्रति उनको कुनै चासो रहेको छैन । 

 

अर्जुन कपुर र श्रीदेवी

बलिउड स्टार अर्जुन कपुरकी सौतनी आमा थिइन् श्रीदेवी । पिता बोनी कपुरले श्रीदेवीसँग विवाह गरेपछि पहिलो श्रीमती मोनालाई छोडेका थिए । अर्जुनलाई लाग्छ बोनी कपुर र मोना कपुरको सम्बन्ध श्रीदेवीका कारण बिग्रिएको थियाे । उनले श्रीदेवीलाई आमाको दर्जा हालसम्म पनि नदेको एक अन्तर्वार्तामा बताएका थिए । श्रीदेवी मृत्यु भइसकेकाे छ । 

 

३. सलमान खान र हेलेन

बलिउड स्टार सलमान खान र हेलेनको सम्बन्ध निकै खास रहेको छ । सलमान खानका पिता सलिम खानले दुईवटा विवाह गरेका थिए । सलमान खान र हेलेन उनीहरुको नाम हो । हेलेन खान परिवारको महत्वुर्ण हिस्सा हुन् । हेलेनको कुरा गर्ने हो भने सलमान र उनका भाइहरुसँग निकै घुलमिल गरेर बसेकी छिन्, हरेक परिवारको समस्या आफ्नै उनले सोच्ने गर्छिन् । 

 

सारा खान र करिना कपुर

सेफ अली खानकी जेठी श्रीमतीकी छोरी सारा खानसँग करिना कपुरको सम्बन्ध राम्रो रहेको छ । आफ्नै पिताको विवाहमा साराले भाग लिएकी थिइन् । दुई सन्तानका पिता सेफ अली खानसँग जेठी श्रीमतिको सम्बन्ध नराम्रो रहे पनि बच्चाहरुसँग करिनाको सम्बन्ध भने राम्रो रहेको छ । 

 

सनी–बबी देवल र हेमा मालिनी

बलिउडकी चर्चीत अभिनेत्री हेमा मालिनी सनी र बबी देवलकी सौतनी आमा हुन् । धमेन्द्रको पहिलो विहे प्रकाश कौरसँग भएको थियो । तर, हेमा मालिनीलाई सनी र बबीले आमाको दर्जा नै दिएनन् । हेमा मालिनीबाट जन्मिएका आहाना र इशासँग पनि उनीहरुले कुनै सम्बन्ध राख्न चाहेनन् । बहिनीहरुसँग राखी समेत बाधेनन् । 

 

फरहान अख्तर र सबाना आज्मी

सिंगर एक्टर डाइरेक्टर फरहान अख्तर र शबाना आज्मीको सम्बन्ध निकै राम्रो रहेको छ । शबानालाई उनले कहिल्यै पनि सौतनी आमाको नजरले हेरेनन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो

  • 59 seconds ago
युरोकप छनोटः इंग्ल्यान्डले इटालीलाई हरायो

एजेन्सी। युरोकप छनोटमा इंग्ल्यान्डले इटालीलाई २-१ गोलले पराजित गरेको छ । इंग्ल्यान्डलाई जित दिलाउन डिक्लेन राइस र ह्यारी केनले एकएक गोल गरे ।

अर्जेन्टिनाको सहज जित

  • 15 minutes ago
अर्जेन्टिनाको सहज जित

एजेन्सी । शुक्रबार बिहान भएको अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले पनामालाई २-० गोलले पराजित गरेको छ ।

सुपारी र कुखुराको अवैध आयात रोक्न माग

  • 24 minutes ago
सुपारी र कुखुराको अवैध आयात रोक्न माग

झापा । अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।



पर्यटन

एकपटक पुग्नै पाथीभरा धाम

एकपटक पुग्नै पाथीभरा धाम

सन्तोष पुर्कुटी। देशकै प्रमुख शक्तिपीठमध्ये ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरले वार्षिक लाखौँ स्वदेशी तथा विदेशी तीर्थयात्रीलाई आकर्षण गरिरहेको छ। अलौकिक शक्तिको खानीका रुपमा लिइने पाथीभरामा पछिल्लो एक वर्षमा मात्रै झण्डै तीन लाख बढी स्वदेशी तथा विदेशी तीर्थयात्री आएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

जीवनशैली

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

खाली पेटमा काजू खाँदा यस्ता समस्या हुन सक्छन्

एजेन्सी । काजु मानिसहरुले सबैभन्दा बढी सेवन गर्ने सुक्खा फल हो । अधिकांश मानिसहरु काजू खान मन पराउँछन् । यो धेरै स्वस्थ नट मध्ये एक समावेश छ।