लघुकथा : पागलपन

 

-डा बच्चु कैलाश कैनी

 

राजेश र ममताको बिचमा एक्कासी फाटो आएको खुब हल्ला चल्यो । ममताले उसका सबै साथीहरुलाई भनिछ, 'राजेश पागल हो । आजकल उ मलाई अति नै गर्छ । त्यसैले अहिले म उ संगको यो सम्बन्धबाट टाढा हुँदैछु र नयाँ प्रकारले जीवन बाँच्ने सोचेको छु  ।'

 

म छक्क परें । मेरो लागि ममता र राजेश दुवै उत्तिकै मिल्ने साथीहरु हुन् । मलाई लाग्थ्यो दुबैको अतित र वर्तमानको म एक्लो साक्षी थिएँ र हुँ पनि । हामी तिनै जना स्कुल जीवनदेखि कलेजको उत्तरार्ध अर्थात मास्टर्स पढ्दासम्म संगै छौ । 

 

हामी तिनै जना मिल्ने साथी भएपनि राजेश र ममता अलि फरक थिए । उनीहरु एकार्कोलाई मन पराउँथें ।  अर्थात, ब्वाईफ्रेन्ड र गर्लफ्रेन्डको रुपमा एक अर्कोलाई हेर्थे, बुझ्थे र त्यस्तै ब्यबहार पनि गर्थे ।  यो कुरा हाम्रो समुहमा लुकेको थिएन ।

 

यी दुईको माया प्रिती धेरै जनाको लागि उदाहरण थियो । एकार्कोलाई माया गर्थे र सबै कुरामा सहयोग गर्थे । उनीहरु बीच अगाध माया, प्रेम र  बिस्वास थियो । एक अर्काको भावनाको कदर गर्थे र एक आपसमा आदर पनि । दुईको बिचमा कुनै कुरा लुक्दैनथ्यो । कतिसम्म भने एक अर्कोको मोबाइल निर्वाध हेर्थे र चलाउँथे ।

 

मैले राजेशलाई सम्पर्क गरें । उसले कुनै प्रतिक्रिया दिएन । केवल यति भन्यो, 'जे सोध्नु  छ उसैलाई सोध्नु ।'

 

अनि ममतालाई पनि सम्पर्क गरें, उसले पनि मलाई त्यही कुरा गरी, जुन अरु साथीहरुलाई सुनाएकी थिई । यी दुई बाट कुरा बुझ्ने प्रयत्न सफल भएन ।  किनकी यी दुवै जनाबाट केही कुरा खुस्केन ।

 

म छक्क परें । किन यस्तो भयो रु यी दुईको बिचमा किन यस्तो खाडल भयोरु थप कुरा बुझ्ने जमर्को गरें । मैले हाम्रै समूहका अरु मित्रहरुलाई पनि सम्पर्क गरें । सबैबाट उस्तै कुरा आयो । आजकल यी दुईको बीच फाटो आएकोछ । 

 

मलाई नरमाइलो लाग्यो । मेरो मनमा धेरै कुराहरु खेले । मैले सोचें, यो भाग्यको खेल हो । लेखेको मात्रै हुन्छ, देखेको हुँदैन । हुन सक्छ, जे हुन्छ ठिकै हुन्छ । आदी, इत्यादी  कुराहरु खेले । मनमनै दुबैलाई सान्त्वना दिएं ।

 

करिव एक हप्ता पछिको कुरा हो । मेरो घरमा एउटा खाम आएको रहेछ । हतारमा खोलें र पढें । ममता र राजेशको विवाहको निमन्त्रणा कार्ड आएको रहेछ । 

 

पहिला ममतालाई फोन गरें । उसले भनि,  बेवकुफ ! मैले साथीहरुलाई जे भनेको थिएँ, ठिकै भनेको थिएँ । राजेश र म एक अर्कोको मायामा अति नै पागल भयौ । त्यसैले हामी दुबैले नयाँ प्रकारले जीवन बाँच्ने  सोच्यौं । हाम्रो सम्बन्धलाई थप उचाई दिने सोचेर हामी प्रेमी प्रेमिकाबाट जीवन साथी बन्दैछौ । अनि हाम्रो विवाहको तयारीको लागि एक एर्कोलाई समय दिने मौका कहाँ मिल्यो र ? 

 

राजेशलाई फोन गरें । उसले भन्यो, 'मित्र, सस्पेन्समा त छ मज्जा' । म दिल खोलेर हाँसे ।

 

उफ म पनि ! बल्ल यी दुईको पागलपनलाई बुझें ।  म पनि यिनीहरुको चिन्ताले झन्डै पागल भएको । पागलपनमा कुरा बुझे पनि पागल, नबुझे पनि पागल । राजेश र ममता दुबैलाई बधाई र शुभकामना ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

  • 6 minutes ago
गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना संक्रमण

तनहुँ । गण्डकी प्रदेशमा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कस्तो रहला आज दिनभरको मौसम ?

  • 37 minutes ago
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल मनसुनको न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

अगुइरो २ महिना मैदान बाहिर

  • 44 minutes ago
अगुइरो २ महिना मैदान बाहिर

एजेन्सी । म्यानचेस्टर सिटीका स्ट्राइकर सर्जियो अगुइरो दुई महिना मैदान बाहिर रहने भएका छन् ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

शनिबार गर्नै नहुने यी कामहरु !

शनिबार गर्नै नहुने यी कामहरु !

काठमाडौं । शनिबार लाई धार्मिक दिन मानिन्छ । ब्रम्हाण्डमा अवस्थित ९ ग्रहको गुरु मानिने वृहस्पतिको दिन मानिने शनिबार धार्मिक दृष्टीले महत्वपूर्ण मानिन्छ ।