मजबुत सपना नै सफलताको रहस्य

“म ज्ञानी बन्ने थिएं मलाई राम्रो शिक्षा लिने अवसरनै भएन !’’ म ठुलो धनी बन्ने थिएँ, तर मलाई समयले साथ दिएन ! म प्रथम हुने नै थिएँ तर निर्णायकहरूले सहि निर्णय दिएनन् । जब अङ्गुर टिप्न सकिंदैन तब, आफ्नो खुबिलाई भन्दा अङ्गुरलाई नै दोष लगाएर ‘‘अङ्गुर अमिलो छ’’ भन्ने यस्ता उक्त्तिहरूले मनलाई केहि बेर सान्त्वना दिए पनि यी स्थायि सन्तोष भने पक्कै होइन । अरूको नजरमा म कमसल होइन भनेर देखाउन केहि  राहत मिले पनि मनको गहिरो असन्तुष्टीलाई यसले बिराम दिन सक्दैन ।

 

अगाडि बढन रखुसि रहन चाहनेले सँधै असफलतमा आफ्नो  कमजोरी केलाएर अर्को पटक त्यसलाई नदोहोर्याउने प्रयास गर्छ, तर आफ्नो असफलताको कारण अरूमा खोज्नेहरू आँफै दुःखी त हुन्छन् नै तर अरूको पनि दुःखको कारण बन्छन् । यसैले होला भारतका पुर्व राष्ट्रपती ए पिजे अब्दुल कलामका  शब्दमा ‘वर्षा हुँदा सबै चराहरू, बादल  र प्रकृतिलाई दोष दिँदै कहि न कहि ओत खोज्छन् , तर चिल भने बादल भन्दा माथि उडेर पानी को वर्षा बाट जोगिन्छ ।’ हरेक मानिसमा  बुद्ध बन्ने क्षमता निहित हुन सक्छ, तर संयम जसले गुमाउँछ, त्योअदम्य उपलब्धी बाट टाढा रहन्छ । जसले संयम गुमाउँछ उसले आफै भित्रको बुद्धत्वपनी समाप्त पार्छ । धेरै जसो विज्ञहरू भन्छन् खुसी र सुखी  हुन अरू केहि चाहिन्न बरू चाहिन्छ , एउटा सुन्दर सपना ! डा विकासानन्द योगीको शब्दलाई सापट लिँदा देश र मानिसधनी बन्न एउटा मजबुत सपना चाहिन्छ । समस्या सपना नदेख्नू  होइन । समस्या त सपना देख्न नखोज्नु नै हो ।

 

यहाँंनेर सपनाको प्रसङ्गमा  एउटा सानो बालक  एकदमै गरीब झुपडीमा बस्थ्यो । एकदिन स्कुलमा टिचरले उसलाई लेख लेख्नको लागि भन्यो र त्यो लेखको शिर्षक  थियो “मेरो सपना’’ !!

 

बच्चा झुपडीमा बसेर बाबजुद पनि उनले यस्तो सपना लेख्यो, “म पचास वटा घोडा किन्ने छु अरब देशबाट, दश करोडको महल बनाउछु त्यसमा स्वीमिङ्ग पुल हुन्छ र घोडाहरुको लागि अलग स्वीमिङ्ग पुन हुनेछ । सात वटा विभागमा फ्याक्ट्री खोल्छु र यस्तै गरेरउनले सात आठ वटा सपनाको बारेमा लेख लेख्यो र टिचर भएको ठाउँमा गयो ।

 

टिचरले लेख देख्यो र भन्यो, “छोरा लेख त एकदमै राम्रो छ तर जुन माहोलमा, परिवारमा तिमी बस्छौ त्यो माहोलको हिसाबले यो सपना पूरा हुन सक्दैन बरु तिमी एउटा काम गर यो लेखलाई बदलिदेउ र यस्तो सपना लेख,“कि म एक सानो तिनो एउटा फ्लाट बनाउछु, एक टि भी लिनेछु जसमा एन्टिना घुमाइदै रहु, एउटा सानो पोखरी बनाउछु , यस्तै यस्तै पाँच दश वटा सपना बनाइहाल ।’’

 

तर, बच्चाको हिम्मत हेर्नुस ऊ आफ्नो घर गयो र त्यसको आमा जो भाडा माझ्ने काम गर्छिन् जो अर्काको घर घरमा गएर लुगा धुने काम गर्छिन् उनलाई भनिन्,“आमा मैले एउटा लेख बनाएको थिए, जसमा पचास वटा घोडा, दश करोडको महल, त्यसमा स्वीमिङ्गपुल अलग्गै, मेरो स्वीमिङ्ग पुल अलग्गै, घोडाको अलग्गै । एउटा बम प्रुफ कार चाहिन्छ तर टिचरले भन्नुभयो,‘ यो सपना बदलिदेउ र यो बनाउ । यो मेरो दिलले स्वीकार गरेन तपाइको के सल्लाह छ ? तपाइको के विचार छ ? यो सपनाको कथाले ती वालकलाई कसरिउसको सपनाले अब उसलाई कतातिर लैजाला त ’ ! ! 

 

अनपढ आमा, कपडा धुन्छिन्, भाडाकुडा साफ गर्छिन्, उसको आमाले भनिन्,“छोरा यदि तँलाई आफ्नो सपनामा विश्वास छ भने यो लेख कहिल्यै नबदल्नु । चाहे तलाई त्यो टिचरले मार्क्स दिओस न दिओस् । तँ आफ्नो सपनालाई कहिल्यै नबदल्नु ।

 

तर, आमा मैले आफ्नो लेख बदलिन भने टिचरले मार्क्स दिनुहुन्न । अनि आमाले भनिन्,“ तिम्रो टिचरलाई गएर भनिदेउ कि उ आफ्नो मार्क्स आफ्नो ठाउमा राखोस र मेरो आफ्नो सपना म आफ्नो ठाउमा राख्छु । अर्को दिन बच्चा स्कुलमा गयो र भन्यो,“ सर ! आमाले भन्नुभयो म लेख बदल्न सक्दिन । तर, टिचरले भन्यो, “म माक्र्स दिन्न ।’’ तब त्यो बच्चाले भन्यो,‘सर ! तपाइको माक्र्स आफ्नो ठाउँमा राख्नुस् र मेरो सपना म आफ्नो ठाउँमा राख्छु ।’

 

पच्चिस वर्षपछि त्यस बच्चाले अरबबाट पचासवटा घोडा किन्यो, दश करोडको महल बनायो, स्वीमिङ्ग पुल बनायो, बम प्रुफ कार किन्यो र सात वटा फ्याक्ट्री पनि खोल्यो अनि त्यो फ्याक्ट्रीको उदघाटनको लागि फिता काट्न त्यो बच्चाले त्यही टिचरलाई बोलायो, टिचरलाई यो कुरा थाहा थिएन कि यो युवक त्यही बच्चा थियो भनेर । जब टिचरले फिता काट्यो र हातमा माइक्रोफोने दियो अनि भन्यो,‘सर ! तपाईं केहि भनिदिनुस सपनाको बारेमा ।’

 

टिचरले भन्यो,“ हेर सपना देख्नु एकदम राम्रो कुरा हो, हरेकले सपना देख्नुपर्दछ । ठूलो ठूलो सपना देख्नुपर्दछ । म यो युवकलाई धन्यवाद दिन चाहन्छु । यसले ठूलो सपना देख्यो ।’

 

सबैले ताली बजाए र त्यो युवक (बच्चा ) माइक्रोफोन हातमा लियो र भन्यो,“ म आफ्नो परिचय त दि दिउ, म त्यही बच्चा हु जो पच्चिस साल पहिले जो तपाइको अगाडि लेख लिएर आएको थियो र तपाइले भन्नुभएको थियो यो सपना कहिल्यै पूरा हुन सक्दैन । फेरि तपाइले भन्नुभएको थियो,‘म माक्र्स दिन्न अनि मैले भनेको थिए कि तपाईं आफ्नो माक्र्स आफ्नो ठाउँमा राख्नुस र म आफ्नो सपना आफ्नो ठाउँमा राख्छु ।’

 

‘म त्यही युवक हुँ’ सर ! टिचरको आखाँमा आँसु आयो र माइक्रोफोन हातमा लिँदै भन्यो,“म आज केही भन्न चाहन्छु, मैले यस्तै हजारौ केटाकेटिहरुलाई डिमोटिभेटेड गरेको छु, उनिहरुको सपनालाई बर्बाद पारेको छु , एउटा मात्र हजारौ सवाल  छन् किनकी मेरो सपनापूरा भएन त्यसैले ।’

 

याद राख्नुहोला जो तपाइको सपना बर्बाद गर्न लागिरहेको छ त्यो एउटै व्यक्ति हो जो आफ्नो सपना पूरा गर्न सकेन ।  त्यसैले अरूले हिँड्न नसकेका  बाटाहरू उनिहरूका लागि असफल हुन  सक्लान तर तपाईंसँग त्यो बाटो पार गर्ने सपना छ भने आवश्य तपाईं तीबाटोको सफल यात्री बन्नु हुनेछ ।

 

थोमस एल्वा एडिसन कुनै दिन असलफलातका उदाहरण थिए, आइनस्टाइन लड्याउरा थिए । सन्त कविर सडक बालक थिए । रामतिर्थ स्वामि एक गरिब थिए । तर, अरूसँग जे छ त्यो जिहरूसँग थिएन तर अरूसँग जे थिएन त्यो मजवुत सपना उनीहरूसँग थियो र उनीहरू खु्सी र सफलता बटुले । आउँनुहोस, तपाईं जहाँं हुनुहुन्छ, नेपालको कुनै गाउँमा शहरमा, अरबको मरूभुमिमा अस्ट्रेलियामा, वा अमेरिकामा , तपाईंसँग केही छ वा केही छैन बरू एउटा सुन्दर सपना र त्यसलाई प्राप्त गर्ने समय र योजना साथ राख्नुहोस् । आत्मपहिचान, सपना, योजना र निरन्तरता को समिकरण नै सफलता हो । 

 

संस्कृतमा एउटा स्लोक छ, ‘अल्छिलाई विद्या, मुर्खलाई धन, निर्धनलाई मित्र र अमित्रलाई सुख हुँदैन ।’

 

अलसस्य कुतो विद्या, अविद्यस्य कुतो धनम्

अधनस्य कुतो मित्रम्, अमित्रस्य कुतः सुखम्

 

आउनुहोस, तपाईं जहाँं हुनुहुन्छ, नेपालको कुनै गाउँमा शहरमा, अरबको मरूभुमिमा  अस्ट्रेलियामा, वा अमेरिकामा, तपाईंसँग केही छ वा केही छैन बरू एउटा सुन्दर सपना र त्यसलाई प्राप्त गर्ने समय र योजना साथ राख्नुहोस् ।  आत्मपहिचान, सपना, योजना र निरन्तरताको समिकरण नै सफलता हो ।

 


थप समाचार

शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

  • 3 hours ago
शुक्रबार र शनिबार सानेपा क्षेत्रमा विद्युत् कटौती हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

  • 3 hours ago
श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसल

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

  • 3 hours ago
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

श्रीमानको के–के कुरा श्रीमतीलाई मन पर्दैन ?

पुरूषहरूले गर्ने केही व्यवहारले महिलालाई रिस उठ्ने र परिवारमा तनावको स्थिति आउने गर्छ । पति पत्नीबीच असझदारी हुँदा सम्बन्धमा ठुलो असर समेत पर्ने गर्छ । पुरुषहरुका केही यस्ता बानीहरु रहेका हुन्छन् जसले श्रीमतीलाई रिस उठाउन गर्छ । ती बानीहरु यस्ता रहेका छन् ।