सूचना आयोग स्थापना दिवसको अवसरमा स्वागत समारोह

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले ‘सूचना हाम्रो अधिकारः सुशासन र विकासको आधार’ भन्ने मूल नाराका साथ आफ्नो ११औँ स्थापना दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । 

 

सोही उपलक्ष्यमा आयोगको भवन परिसरमा आयोजना गरिएको जलपान तथा स्वागत समारोहमा मन्त्रिगण, संवैधानिक निकायमा प्रमुख, नेपाल सरकारका पदस्थ अधिकृत, सुरक्षा निकायमा प्रवक्ता, अधिकारकर्मी, सञ्चारकर्मीको सहभागिता रह्यो । 

 

यसअघि आजै बिहान आयोगले प्रभात फेरी कार्यक्रमको आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष आजै आयोगले आफ्नो प्रतिवेदन बुझाउँदैछ । नेपालको संविधानको धारा २७ मा सूचनाको हकसम्बन्धी व्यवस्था छ । सूचनाको हक नागरिकको मौलिक अधिकारको रुपमा रहेको छ । 

 

सूचनाको हक भनेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक महत्वको सूचना माग्ने र पाउने नागरिकको अधिकार हो । असल शासनका लागि सूचनाको हकको उचित परिचालन हुनुपर्दछ भन्ने मान्यता राखिन्छ । आयोगले सूचना लिने र दिने संस्कृतिको विकासमा जोड दिँदै आएको छ । 

 

प्रत्येक सार्वजनिक निकायले आफ्नो सूचना तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था गरिएको छ । विसं २०६४ वैशाख २२ गते स्थापना भएको आयोगका वर्तमान प्रमुख आयुक्तमा कृष्णहरि बाँस्कोटा तथा आयुक्तद्वयमा किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिना छन् ।

–––


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

  • 17 minutes ago
पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

धादिङवेशी । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने एक बालक पक्राउ परेका छन् । पिङ खेल्न गएकी ४ वर्षीया बालिकालाई बलात्कार गर्ने १४ वर्षीय बालक पक्राउ परेका हुन् ।

धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

  • 22 minutes ago
धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते

धादिङवेशी । धादिङमा स्करपियो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । बुटवलबाट काठमाडौँ जाँदै गरेको स्करपियो पृथ्वीराजमार्गस्थित धादिङको सलाङघाटमा दुर्घटना भएको हो ।

राष्ट्रपति भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

  • 30 minutes ago
राष्ट्रपति भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद शीतल निवास पठाइने

भादगाउँ । राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैंको कोजाग्रत पूर्णिमाका दिन नवदुर्गा देवगणको दर्शन र प्रसाद ग्रहणका लागि यस वर्ष भक्तपुर नआउने भएपछि नवदुर्गाको प्रसाद राष्ट्रपति निवासमा पठाउने तयारी भएक



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।