गृहपृष्ठ ∕
खेल ∕
नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द
काठमाडौँ । टी–२० विश्वकप क्रिकेटअन्तर्गत नेपाल र श्रीलंकाको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडामा लगातार वर्षा भएपछि खेल रद्द गरिएको हो ।
यो खेल रद्द भएसँगै नेपाल र श्रीलंका दुवै टोलीले एक एक अंक बाँडेका छन् । यो परिणामले दक्षिण अफ्रिकालाई सुपर आठमा पुग्ने पहिलो टोली बनाएको छ । समुह ‘डि’ मा तीन खेलबाट दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ । दुई खेलबाट बंगलादेश र नेदरल्याण्ड्सले दुई दुई अंक जोडेका छन् भने नेपाल र श्रीलंकाको एक एक अंक छ ।
समुहमा नेपाल, बंगलादेश र नेदरल्याण्ड्सले समान दुई खेल खेल्न बाँकी छ । दक्षिण अफ्रिका र श्रीलंकाको भने एक खेल बाँकी छ । विश्वकप क्रिकेटमा बाकी दुई खेल खेल्न नेपाल अब वेष्ट इडीजको सेन्ट भिन्सेन्टतर्फ लाग्नेछ । किंग्सटाउनमा नेपालले दक्षिण अफ्रिका र बंगलादेशको सामना गर्नेछ ।
विश्वकप अन्तर्गत गएराति भएको खेलमा पाकिस्तानले क्यानाडालाई ७ विकेटले हराएको छ । प्रतियोगितामा पहिलो जितसँगै पाकिस्तान समुह ‘ए’ को तेस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको भारत र दोस्रो स्थानको अमेरिकाको समान ४–४ अंक छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । नेपाल एक खेल अगावै साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भारतको उत्तर प्रदेशस्थित गोल्डेन जुब्ली
काठमाडौँ । ललितपुर सिटी एफसी लगातार दोस्रोपटक नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन बनेको छ । ललितपुर तेस्रो संस्करणको फाइनलमा शनिबार
काठमाडाैँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ
काठमाडौं । विश्वकप विजेता ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका
काठमाडाैँ । ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग
काठमाडाैँ । हङकङमा हुने चार देश सम्मिलित टी–२० क्रिकेट श्रृंखलाको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का