सुडानमा सैन्य ‘कू’ विरुद्धमा व्यापक विरोध प्रदर्शन, सात जनाको मृत्यु, १४० जना घाइते

Norvic Hospital

एजेन्सी । सुडानमा सेनाले सोमबार गरेको कूका विरुद्धमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारी सुरक्षाकर्मीहरुले दमन गर्दा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अरु १४० जना घाइते भएका छन् । 

 

नागरिक अगुवा र सैनिक प्रतिनिधिहरु सामेल भएर बनाइएको सरकारलाई अपदस्त गर्दै सैनिक नेतृत्वले सैन्य शासन लागू भएको घोषणा गरेपछि विरोध प्रदर्शन सुरु भएको हो । 

 

प्रदर्शनका लागि हजारौ नागरिक सडकमा उत्रिएका छन भने प्रदर्शनलाई निस्तेज पार्न सुरक्षाकर्मीहरु पनि ठूलो संख्यामा परिचालन गरिएका छन् ।  अन्तरिम सरकारलाई बर्खास्त गरेको घोषणा गर्दै तत्कालिन प्रधानमन्त्री अब्दल्ला हम्डकसहित राजनीतिक दलका धेरै नेताहरुलाई सेनाले नियन्त्रणमा लिएको छ ।  

 

सैनिक सरकारले सङ्कटकालको घोषणा गरेपछि राजधानी खार्तुममा घरघरमा पुगेर प्रदर्शनका आयोजकहरूलाई पक्राउ गरेको छ ।

 

सैन्य कूको विश्वभरिबाट पनि विरोध भइरहेको छ । अमेरिकाले सैन्य कूप्रति आपत्ति जनाउदै सुडानलाई सहायता स्वरूप दिने भनेको ७० करोड डलर नदिने घोषणा पनि गरेको छ । तर कूको नेतृत्व गरेका सैन्य प्रमुख जनरल अब्देल फतह बुर्हानले भने दलहरूबीचको राजनीतिक झगडाका कारण सेनाले राजनीतिक जिम्मेवारी पनि लिनु परेको स्पष्ट पारेका छन् । 

 

सुडानमा लामो समय शासन गरेका ओमार अल बशिरलाई दुई वर्षअघि हटाइएपछि त्यसयता सेना र राजनीतिक दलका नेताहरूबीच द्वन्द्व चर्कँदै आएको छ । प्रदर्शनमा महिलाहरुको पनि उल्लेख्य सहभागीता देखिएको छ । प्रदर्शनकारी सवैले सैन्य शासन आफूहरुलाई अस्विकार्य रहेको बताउने गरेका छन् । 

 

उनीहरुले सैनिक मुख्यालय अगाडि नै प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले सडक अवरुद्ध गर्नुका साथै सडकमा डायर बाल्ने, नारा जुलुश गर्नेलगायतका विरोधका कार्यक्रमहरु गरिरहेका छन् । 

 

विमान सेवा, सञ्चार सेवा, इन्टरनेट सेवालगायतमा भने सरकारले नै अवरोध गरेको छ ।प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरुले गोली प्रहार गरी घाइते भएकाहरुलाई राजधानी खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार गराइएको छ । सैन्य कूको विरुद्धमा चिकित्सकहरु समेत आन्दोलित भएकाले चिकित्सकहरूले पनि आकस्मिक सेवामा बाहेक सेनाले चलाएको अस्पतालमा काम गर्न अस्वीकार गरेका छन् । त्यसैगरी केन्द्रीय बैङ्कका कर्मचारीसहित विभिन्न पेशा, व्यवसाय र रोजगारीमा रहेकाहरु पनि आन्दोलित भएका छन् । 

 

देशका विभिन्न ठाउँमा दर्जनौ प्रदर्शनकारीहरु भेला भएर सेनाको कदमको विरोध गरेका छन् । प्रदर्शनकारीहरुले सेनाले सैन्य कू गरेको बताएका छन् । उनीहरुले नागरिकसहितको सरकारलाई नै कार्यअधिकार दिन माग गरेका छन् । तत्कालीन राष्ट्रपति बशिरको विरोधमा संगठित भएको सुडानिज प्रफेसनल एसोसिएसन र फोर्सेस फर फ्रिडम एन्ड चेन्जले सैनिक विद्रोहको प्रतिरोध गर्न आम जनतासमक्ष अनुरोध गरेको छ ।

 

तत्कालिन सरकारले मूल्यबृद्धि त्यसका विरुद्धमा सन् २०१९ मा सुरु भएको आन्दोलनले त्यो सरकार ढलाएर नयाँ सरकार गठन गरेको थियो । प्रधानमन्त्री अब्दल्ला हम्डकको सरकार सुडानमा उत्पन्न राजनीतिक गतिरोध अन्त्यका लागि नागरिक स्तरको संक्रमणकालीन सरकारका रुपमा गठन भएको थियो ।

 

सर्वपक्षीय सहमतीमा बनेको नागरिक र सैन्य अधिकारीसहितको संयुक्त सरकारलाई समेत अहिले सेनाले अपदस्त गरेको हो ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बालुवाटार वार्ताः प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

  • 13 minutes ago
बालुवाटार वार्ताः प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच प्रधानमन्त्री निवास बालुव

देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छः भट्टराई

  • 30 minutes ago
देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छः भट्टराई

रुपन्देही । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छः गृहमन्त्री खाण

  • 43 minutes ago
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छः गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताएका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।